२४ मंसिर २०८२, मंगलवार

बिद्यालय पोशाक पनि सीमापारीबाट ल्याउँदा व्यवसाय धराशायी भयो – सिलाई व्यवसायी

बिद्यालय पोशाक पनि सीमापारीबाट ल्याउँदा व्यवसाय धराशायी भयो – सिलाई व्यवसायी

सिराज खान
नेपालगन्ज, असार २६ गते । विद्यार्थिको पोशाक समेत भारतबाट ल्याउने कार्य भइरहेकोले आफुहरुको पेशामा ठुलो प्रभाव परेको जनाउँदै नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेले सो तत्काल रोक्नुपर्ने माग गरेको छ ।
सीमापारीबाट कमिशन लिएर विद्यार्थिको पोशाक झिकाउने कार्य भइरहेकोले व्वयसायनै धराशायी भएकोले तत्काल सो कार्य रोक्नुपर्ने लगायतका माग गरेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाईएको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेका अध्यक्ष कल्पना पुनले बताउनुभयो ।
उहाँले विद्यालय पोशाक पनि भारतबाटै सिलाएर ल्याउने कार्य हुन थालेको जनाउँदै सो को बिरोधमा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको बताउनुभयो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघद्धारा बाँकेका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको १४ बुँदे ज्ञापन पत्रमा बाँकेका सरकारी विद्यालय तथा क्याम्पस साथै निजी विद्यालय तथा कलेजहरूले पोशाक समेत सीमापारी वा निश्चित तोकिएको ठाउँमा गोप्य सम्झौता एवं कमिशनको आधारमा तयार गराउँदा सम्पुर्ण सिलाई व्यवसायीहरू धरासायी भई बन्द हुने अवस्था सिर्जना भएकोले उक्त कार्यलाई तत्काल रोक्न माग गरिएको छ ।


यसैगरी, उपभोक्ता (अभिभावक र विद्यार्थी) ले आफुखुशी ठाउँमा सिलाउन नपाएको, उनिहरु ठगिने गरेकोले खुल्ला रुपमा उपभोक्ताले मनपरेको ठाउँमा सिलाउन पाइने व्यवस्था हुनुपर्ने माग पनि ज्ञापनपत्रमा गरिएको छ ।
गोप्य सम्झौताको आधारमा पोशाक तयार गर्दा वा भारतबाट तयारी पोशाक ल्याउँदा कपडा तथा सिलाईको गुणस्तरमा कमी आएको कारणले तत्काल सो रोकिनुपर्ने, विद्यालय तथा कलेजले प्रत्येक वर्ष पोशाकको रङ्ग परिवर्तन गरिरहने हुँदा पोशाकको नमुना सबैले देख्ने गरी सुचना पाटीमा राखिदिनु पर्ने, विद्यालय तथा कलेजले पोशाक (ड्रेस) परिवर्तन गर्नु परेमा बार्षिक अन्तिम परिक्षा अगावै अभिभावक र विद्यार्थीलाई जानकारी गराउनुपर्ने माग पनि ज्ञापन पत्रमा गरिएको छ ।
नगरपालिका तथा वडा कार्यालयहरूमा नेपाल सरकारबाट आउने सिलाई कटाई, फेसन डिजाईनिङ् तथा हाते कडाई सम्बन्धी तालिमहरु आउदा अनिवार्य रुपमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ सँग सहकार्य गरि सञ्चालन गर्नु पर्ने माग पनि ज्ञापनपत्रमार्फत गरिएको संघका अध्यक्ष पुनले बताउनुभयो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जोशीले सिलाई व्यवसायीहरुका मागको बारेमा अध्ययन गरेर आवश्यक कदम चालिने प्रतिवद्धता जनाउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *