२३ मंसिर २०८२, सोमबार

युनेस्को बाँकेद्धारा राजापुरको भेरी माविमा शौचालय र कक्षा कोठा हस्तान्तरण

युनेस्को बाँकेद्धारा राजापुरको भेरी माविमा शौचालय र कक्षा कोठा हस्तान्तरण

समाचारदाता
नेपालगन्ज, कात्तिक २७ । बर्दियाको राजापुर नगरपालिका ८ भेरी माध्यामिक बिद्यालयमा नवनिर्मित अपांगमैत्री शौचालय र पुनः निर्माण गरिएका चार वटा कक्षा कोठालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।
“सुरक्षा परियोजना” अन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा नवनिर्माण र पुनः निर्माण गरिएका शौचालय तथा चारवटा कक्षा कोठा भेरी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको हो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको हस्तान्तरण कार्यक्रममा नवनिर्मित संरचना बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले विद्यालयका प्रधानाध्यापक शिवप्रसाद कोइराला र विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममका मुख्यअतिथि तथा राजापुर–८ का वडा अध्यक्ष राजेश थारूले समावेशी र बालमैत्री शिक्षालाई प्रवद्र्धन गर्ने यस महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गर्दै उक्त पहलले विद्यालयमा सबैकालागि पहुँचयोग्य वातावरण सिर्जना गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि वडाको निरन्तर सहकार्य रहने प्रतिबद्धता जनाउनुभयो ।


विद्यालयका प्रधानाध्यापक शिवप्रसाद कोइरालाले प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको निरन्तर सहयोगप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै विद्यालयले शौचालय र कक्षा कोठाको नियमित सरसफाइ, मर्मत–सम्भार र अनुगमन सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विद्यालयले वार्षिक बजेटमा यसका लागि विशेष कोष विनियोजन गर्ने जानकारी समेत दिनुभयो ।


कार्यक्रममा बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, कार्यकारी निर्देशक रविकुमार तुलाधर, परियोजना संयोजक ईश्वर बिके र फील्ड सुपरभाइजर प्रमिशा थारू लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापनमा वडा, विद्यालय तथा परियोजना टिमबीच नयाँ संरचनाको प्रभावकारी प्रयोग, निरन्तरता र दीगो सञ्चालन सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता पनि व्यक्त गरिएको थियो ।


यस सहयोगले विद्यालयमा बालमैत्री, सुरक्षित र प्रेरणादायी सिकाइ वातावरण निर्माणमा टेवा पु¥याउने विश्वास लिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *