७ चैत्र २०८२, शनिबार

बाँके निर्वाचन क्षेत्र नं २ मा जेनजी युवासंग निरन्तर संवादमा दिपेन्द्र बिष्ट

बाँके निर्वाचन क्षेत्र नं २ मा जेनजी युवासंग निरन्तर संवादमा दिपेन्द्र बिष्ट

समाचारदाता
नेपालगन्ज, १२ माघ । बाँके निर्वाचन क्षेत्र नं २ मा चुनावी बहस नयाँ मोडमा प्रवेश गरेको छ। सामाजिक सञ्जालदेखि चोक–चौराहासम्म, कलेजदेखि समुदायसम्म जेनजी युवाहरूको संगठित समर्थन प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टतर्फ केन्द्रित हुँदै गएको देखिन्छ। युवाहरूले यो समर्थनलाई भावनामा होइन, विचार र भविष्यसँग जोडेर अघि बढाएको बताएका छन्।
जेनजी युवाहरूका मुख्य चासो—रोजगारी, सीप विकास, उद्यमशीलता, शिक्षा, प्रविधि र पारदर्शी शासन—माथि उम्मेदवार बिष्टले खुलेर संवाद गरेपछि युवाहरू विश्वस्त बन्दै गएको उनीहरूको भनाइ छ। “हामी नाराभन्दा समाधान खोज्छौँ,” युवाहरूको साझा धारणा छ, र यही अपेक्षासँग बिष्टको दृष्टिकोण मेल खाएको उनीहरूको ठम्याइ छ।


उम्मेदवार दिपेन्द्र बिष्टले युवासँगको छलफलमा राजनीतिलाई अवसर होइन, जिम्मेवारीको रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले स्थानीय स्तरमै रोजगारी सिर्जना, साना तथा नवप्रवर्तनमुखी व्यवसायको प्रवर्द्धन, सीपमूलक तालिम र डिजिटल अवसर विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो। “युवाको भविष्य सुरक्षित नभएसम्म देशको भविष्य सुरक्षित हुँदैन,” उहाँको भनाइ थियो।

बाँके निर्वाचन क्षेत्र नं २ मा देखिएको यो युवा लहर केवल चुनावी समर्थन मात्र नभई, राजनीति बदल्ने चाहनाको अभिव्यक्ति बनेको छ। विश्लेषकहरूका अनुसार जेनजीको सक्रिय सहभागिताले चुनावी परिणाममा मात्र होइन, भोलिको राजनीतिक संस्कारमा पनि गहिरो प्रभाव पार्ने संकेत देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *