७ चैत्र २०८२, शनिबार

विकास र सदभावको मुद्दा लिएर पुर्वमन्त्री राइ जनताको घरदैलोमा पुग्दैछन्

विकास र सदभावको मुद्दा लिएर पुर्वमन्त्री राइ जनताको घरदैलोमा पुग्दैछन्

समाचारदाता
नेपालगन्ज, माघ १८ । नेकपा एमालेका बाँके निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार पुर्वमन्त्री मोहम्मद इस्तियाक राईले विकास र सदभावको मुद्दालाई मुख्य चुनावी मुद्दा बनाएर मतदाताहरूसँग भेटघाट र छलफल गरिरहेका छन् । उम्मेदवारी मनोनयन दर्तासँग बाँके क्षेत्र नं २ का विभिन्न स्थानमा अगुवा कार्यकर्ताहरुसंगै मतदाताको घर दैलोमा पुगेर विकास र सदभावको मुद्दामा सहयोग गर्न आग्रह गरिरहेका छन् ।

पुर्वमन्त्री राईले उम्मेदवारी मनोनयन गरे लगत्तै यस क्षेत्रका विभिन्न वडाका टोलमा पुगेर जनतासंग विकास गर्न बाँकी रहेका कामहरुबारे सुझाव लिुनुका साथै आफु विजयी भएपछि गर्ने कामहरुका बारेमा पनि जानकारी गराउने गरेका छन् । उनले जनताको घर आँगनमा पुगेर हालसम्म गरेको विकासका फाइदाहरुका बारेमा जानकारी गराउँदै थप विकासका लागि जिताउन अनुरोध गरेको स्थानीयले बताएका छन् ।
सोही क्रममा शनिबार वडा नम्बर १९ र नेपालगन्ज २० का मतदातासँग प्रत्येक्ष भेटघाट गरेर पुर्वमन्त्री राईले उनिहरुको आकांक्षा बुझेका छन्। उनले सो अवसरमा जनतासंग मतमात्रै मागेनन् आफुले विगतका गरेका कामहरूबारे बिस्तृत रुपमा जानकारी गराउँदै तीन वर्ष आफु नहुँदा के कस्तो अवस्था भयो सो बारेमा पनि प्रष्ट पारिरहेका छन् ।


उम्मेदवार राई पछिल्लो निर्वाचनमा पराजित भएका थिए । उनले तीन बर्षको अवधीमा बाँके क्षेत्र नं २ मा निर्वाचित सांसदले कुनै काम नगरेको उल्लेख गर्दै आफु निर्वाचित भएपछि द्रुत रूपमा विकासको काम अगाडि बढाउने बताए । ‘मैले जति काम गर्न सक्नु त्यतिमात्रै प्रतिबद्धता जनाउँछु, र जे भन्ुछ त्यो भन्दा बढी गरेर देखाउछु, मतदाता माझ उम्मेरदवार राईले भने ।


भेटघाटका क्रममा नेकपा एमालेका उम्मेदवार राईले स्थानीय बासिन्दाका समस्या, आवश्यकता र सुझाव सुन्दै विकास, सुशासन, रोजगारी र जनजीवनसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले सदभाव र विकासनै जनताको समृद्धिको बाटो भएको बताएका छन् ।
यस पटकको निर्वाचनमा आफुलाई विगतको भन्दा धेरै बढी जनताको माया र साथ प्राप्त भइरहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *