१३ फाल्गुन २०८२, बुधबार

शक्ति प्रदर्शनबाट हौसिएका विष्टले विहानै फेरी शुरु गरे घरदैलो र मतदाता संवाद अभियान

शक्ति प्रदर्शनबाट हौसिएका विष्टले विहानै फेरी शुरु गरे घरदैलो र मतदाता संवाद अभियान

समाचारदाता
नेपालगन्ज, फागुन १३ । मंगलवार शक्ति प्रदर्शन गरेर सबैलाई झस्काउन सफल भएका बाँके २ का उम्मेदवार दिपेन्द्र विष्ट फेरी बुधवार विहानैबाट मतदाता भेटघाट र घरदैलोमा कस्सिएका छन् । उनले बिहानको शीतल हावासँगै नेपालगन्ज–१४ का टोलहरूमा पुगेर चुनावी चहलपहललाई बढाउनुका साथै जनतासंग आत्मियता समेत बढाएका छन्। बुधबारबाट बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिष्ट बिहानैदेखि फेरी घरदैलो अभियानमा सक्रिय भएका हुन् ।


घर–घरमा पुगेर उनले मतदातासँग आत्मीय संवाद गर्दै वृद्धवृद्धा, महिला र युवासँग बसेर स्थानीय समस्या सुन्नुका साथै मतदान कसरी गर्ने भन्ने व्यावहारिक जानकारी पनि दिएका छन्। मतपत्रमा सही चिन्ह लगाउने तरिका सम्झाउँदै उनले सही मत नै सशक्त आवाज भएको जनाउँदै मतलाई मदर नहुने गरि मतदान गर्न अनुरोध गरे ।


आफ्नो प्रमुख एजेन्डा ‘भ्रष्टाचार शून्य बाँके–२’ लाई पुनः दोहोर्याउँदै उनले पारदर्शी विकास र जवाफदेहितालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “जनताको कर र विश्वास दुवैको रक्षा गर्नुपर्छ,” उनले भने।स्थानीय बासिन्दाले बिहानै उम्मेदवार दैलोमा पुगेकोप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। एक ज्येष्ठ नागरिकले भने, “मतदान गर्न सिकाउनु र समस्या सुन्नु दुवै काम सँगै गरेको देख्दा भरोसा बढेको छ।”


आज बुधबार बिहानको यो घरदैलो अभियानले नेपालगन्ज–१४ मा चुनावी माहोल थप तातिएको स्थान्ीयको प्रतिक्रिया छ। प्रत्यक्ष संवाद र सचेतना अभियानसँगै बिष्टको सक्रियता मतदाताको ध्यान तानिरहेको देखिन्छ।
यसअघि मंगलवार विष्टले नेपालगन्जमा एक बृहत्त चुनावी रयालीको प्रदर्शन गरेका थिए । धेरै ठुलो संख्यामा सहभागि मतदाता, स्थानीय जनता कार्यकर्ता र ठुला नेताहरुसम्म सहभागि सो रयालीले नगर परिक्रमा गरेको थियो । ठाउँ ठाउँमा रयालीलाई भव्य स्वागत गर्नुका साथै मतदाताले आशिर्वाद र समर्थन समेत दिएको रयालीमा रहेका वरिष्ठ पत्रकार डा.डक्ट प्रसाद धितालले बताए । उनले दिनदिनै जनताको सहयोग र समर्थन विष्टको पक्षमा बढ्दै गएको आफुले पाएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *