२७ असार २०८३, शनिबार

इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीको हब ः नेपालगन्जको ‘डिजिटल नेपाल’

इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीको हब ः नेपालगन्जको ‘डिजिटल नेपाल’

समाचारदाता
नेपालगन्ज, असार २७ । बाँके जिल्ला लगायत पश्चिम नेपालमै पछिल्लो समयमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीको माग बढ्दै गएपछि सोही मागलाई सुलभ मूल्यमा पुरा गर्ने उदेश्यका साथ इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीको हबका रुपमा नेपालगन्जमा ‘डिजिटल नेपाल’ को शुभारम्भ गरिएको छ ।
नेपालगन्जको सुर्खेतरोडमा सञ्चालनमा आएको ‘डिजिटल नेपाल’ को नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शनिबार उदघाटन गर्नुभयो । उहाँले सो अवसरमा बोल्दै नेपालगन्जलाई प्रदेशको आर्थिक हब बनाउने उदेश्यलाई यस्ता ठुला व्यवसायिक प्रतिष्ठानले निकै सहयोग गर्ने जनाउदै हाल बढ्दै गएको आर्थिक गतिविधिले सो कार्य सकारात्मक गतिमा अगाडि बढिरहेको बताउनुभयो । नगर प्रमुख विष्टले यसखालका ठूला लगानीमा शोरुमहरुका कारण नेपालगन्ज बाहिरका उपभोक्ताहरुलाई पनि आकर्षित गर्नुका साथै स्थानीय उपभोक्तालाई कतै जानु नपर्ने सुविधा उपलब्ध हुने बताउनुभयो ।


वरिष्ठ समाजसेवी तथा अडानका वरिष्ठ केन्द्रीय उपाध्यक्ष अब्दुल करिम खानको अभिभावकत्वमा युवा उद्यमी जरिफ खानले सञ्चालनमा ल्याएको सो डिजिटल नेपालमा ग्राहकले खोजेको जुनसुकै इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्री उपलब्ध हुने जानकारी डिजिटल नेपालका प्रबन्ध निर्देशक जरिफ खानले दिनुभयो । उहाँका अनुसार ५ सय देखि ५ लाखसम्मका इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्री सो शोरुममा निकै सुलभ मूल्यमा उपलब्ध रहेको बताउनुभयो ।


सो अवसरमा वरिष्ठ समाजसेवी तथा अडानका वरिष्ठ केन्द्रीय उपाध्यक्ष अब्दुल करिम खानले देशको आर्थिक विकासमा टेवा पुरयाउनुका साथै सर्वसाधारणलाई सहज र सरल एवं सुपथ मुल्यमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्री उपलब्ध गराउन यो व्यवसाय शुरु गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *