विचार

स्वायत्त संस्थाहरुको सम्मान कसरी जोगाउने अहिलेको प्रमुख प्रश्न हो

स्वायत्त संस्थाहरुको सम्मान कसरी जोगाउने अहिलेको प्रमुख प्रश्न हो

मुख्य समाचार, विचार
मोहना अन्सारी, अधिवक्ता दुई दिन म पनि सर्वोच्च अदालतमा गएर पालो आउँदैछ भनेर कुरेर बसेँ । आइतबारको दिन सर्वोच्च अदालतमा पेसीको लिस्ट प्रकाशित हुँदा त्यो नोटिस बोर्ड हेर्न मान्छेको भीड लागेको थियो । म साढे १० मा अदालत पुगेकी थिएँ । यतिधेरै मान्छे कहाँ–कहाँबाट आएका थिए । सायद ७७ जिल्लाका मान्छे आउनुहुन्छ सर्वोच्च अदालतको नोटिस बोर्ड हेर्न । यो न्यायको संरक्षण गर्ने निकाय हो । त्यो नोटिस बोर्ड हेरिसकेपछि साढे १२ पछि त मान्छे नै छैनन् । बस्दै बसेनन् । के सुन्ने हामीले भर्‍याङ उक्लिँदैछौँ, मान्छेले सोध्छन्, ‘तपाईंको मुद्दा कति नम्बरमा हो बेन्च नै नबसेपछि के हो, के हो भनेँ । सेवाग्राहीको त्यो किसिमको छटपटी न्यायालयमा देखियो । यो तपाईं–हामीलाई सामान्य लाग्ला । हामीले हेर्दाखेरि गाडी चढेर, भाडा तिरेर आए भन्ने लाग्ला । तर, उनीहरु सर्वोच्चसम्म आइपुग्दा कतिवटा तहहरू पार गरेर आए होला आम नागरिकको...