बर्दियाकी जुवेदा खातुन– काँग्रेस केन्द्रिय सदस्यसम्मको गर्विलो राजनीतिक यात्रा
प्रकाश धौलाकोटी
बर्दियाको मुस्लिम समुदाय, जहाँका महिलालाई अहिले पनि ‘नकाब’ उतार्न अनुमति छैन । संघसंस्था, सामाजिक काम गर्ने वा राजनीतिमा लाग्ने होइन, गाउँ नजिकका हाटबजारसमेत खुल्ला रुपमा हेर्न पाएका छैनन् यहाँका मुस्लिम महिलाले ।
छोरीलाई स्कुल पठाउनु हुँदैन भन्ने मान्यता अझै जीवित छ । कसैले छोरी पढाउने हिम्मत गरे उसले समाजमा विकृति फैलाएको आरोप खेप्नुपर्छ, जसकारण यहाँ धेरै छोरीले अहिले पनि पढ्न पाएका छैनन् ।
त्यही मुस्लिम समुदायकी एउटी छोरी र बुहारी हुन्— जुवेदा खातुन । जसले समाज र अन्धविश्वासले पहिर्याएको नकाब खोलेर गर्विलो राजनीतिक यात्रा तय गरेकी छिन् । कांग्रेसको भर्खरै सकिएको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी खातुन आफूले नसोचेको सफलता पाएको बताउँछिन् । कांग्रेसमा मुस्लिम समुदायबाट निर्वाचित भएर केन्द्रीय सदस्य बन्ने पहिलो महिला हुन् उनी ।
न राजनीतिक घराना, न गहिरो राजनीतिक चेत ।...









