नेकपा एकिकृत समाजवादी बाँकेमा कार्यविभाजन
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ५ पुस । नेकपा एकीकृत समाजवादी बाँकेको सोमबार भएको पूर्ण बैठकले कार्यविभाजन गरेको छ । पार्टी अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षतामा बसेको जिल्ला कमिटिको पूर्ण बैठकले पार्टी नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ ।
बैठकले १ सय १२ सदस्यीय पार्टी सचिवालय निर्माण गरेको छ । त्यस्तै, भुगोलमा भगवति अधिकारीलाई क्षेत्र नं. १, क्षेत्र नं. २ मा सम्सुद्दिन सिद्दिकी, क्षेत्र नं. ३ मा भद्रप्रसाद देवकोटा र प्रदेश क्षेत्र नं. १ क मा राज बहादुर बुढा, ख मा कुश्माखर बस्याल, क्षेत्र नं. २ क मा भुवन गौतम, ख मा करिश्मा योगी, क्षेत्र नं. ३ क मा विष्णुकान्त आचार्य, ख मा ऋषि पोखरेललाई जिम्मेवारी दिइएको छ ।
पालिकास्तरीय इन्चार्जको जिम्मेवारी कोहलपुरमा मञ्जु कोइराला, राप्तीसोनारीमा दशरथ ओली, नरैनापुरमा पेशकार सिंह, नेपालगन्जमा विनोद मैनाली, डुडुवामा कप्तान पाठक, बैजनाथमा टंकर नाथ य...








