२८ मंसिर २०८२, शनिबार

राजनीति

बाँके क्षेत्र नम्बर एकको सभापतिमा पत्रकार नेता केसी विजयी

बाँके क्षेत्र नम्बर एकको सभापतिमा पत्रकार नेता केसी विजयी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १० मंसिर । नेपाली कांग्रेस बाँके संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा पत्रकारका युवा नेता पोषण केसी निर्वाचित हुनु भएको छ । निकै प्रतिष्पर्धात्मक रहेको सो निर्वाचनमा उहाँले सो क्षेत्रका पुर्व सभापति माधवराम खत्रीलाई ४७ मतले पराजित गर्नु भएको हो । शुरुमा केसीले झिनो अग्रता लिएपनि विचमा पछाडी पर्नु भएकोमा अन्तमा फेरी अग्रता लिएर ४७ मतले संघिय क्षेत्रको सभापति निर्वाचित हुनु भएको हो । खसेको ६०१ मतमा संस्थापन इतर पक्षका केसीले ३१६ र माधवराम खत्रीले २६९ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ । केसीको जितसंगै सो क्षेत्रमा नेपाली काँग्रेसको नयाँ नेताको उदय समेत भएको छ । सोही प्रकारले उक्त क्षेत्रको सचिवमा केसी प्यानलबाट खुम बहादुर बस्नेत र खत्री प्यानलबाट जयश्वर पौडेल तथा सहसचिवमा खत्री प्यानलबाट दिपेन्द्र उप्रेती र केसी प्यानलबाट रामबहादुर रावत निर्वाचित...
काँग्रेस बाँकेको निर्वाचन – क्षेत्र नम्बर २ मा मतदान शुरु, क्षेत्र नम्बर १ मा मतगणना शुरु

काँग्रेस बाँकेको निर्वाचन – क्षेत्र नम्बर २ मा मतदान शुरु, क्षेत्र नम्बर १ मा मतगणना शुरु

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज मंसिर १० । नेपाली कांग्रेस बाँकेको निर्वाचनको क्रममा विहिबार हुननसकेको क्षेत्र नम्बर १ र २ को मतगणना तथा मतदान शुक्रवार विहान शुरु भएको छ । मतदान सम्बन्धि विवाद हुँदा क्षेत्र नम्बर २ को मतदान हुन सकेको थिएन भने राती परेकोले क्षेत्र नम्बर १ को मतगणना हुन सकेको थिएन । क्षेत्र नम्बर २ को नयाँ नेतृत्व चुन्न मतदान विहिबार विहान केही बेर अघि सुरु भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार विहान ९ बजेदेखि मतदान सुरु भएको हो । दिउँसो ३ बजेसम्म मतदान चल्नेछ । विरेन्द्र शाह र रमेश गुप्ता नेतृत्वका दुई प्यानल चुनावी प्रतिष्पर्धामा रहेका छन् । यो क्षेत्रमा ४ सय ४८ मतदाता रहेका छन् । यसैगरि विहिबार शुरु हुननसकेको निर्वाचन क्षेत्र नम्बर १ को मतगणना पनि शुक्रवार विहान सुरु भएको निर्वाचन समिमतिले जनाएको छ । शुक्रवार विहान पौने ११ बजेदेखि मतगणना सुरु भएको मतदान अधिक...
बाँकेबाट एमाले केन्द्रिय सदस्यमा ६ जनाको उम्मेदवारी घोषणा

बाँकेबाट एमाले केन्द्रिय सदस्यमा ६ जनाको उम्मेदवारी घोषणा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ८ मङ्सिर । यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा आयोजना गरिने नेकपा एमालेको १० औं महाअधिवेशनमा बाँके जिल्लाबाट पनि ६ जनाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गरेर उनिहरुले निर्वाचनको तयारी समेत शुरु गरिसकेको जनाएका छन् । यसरी एमालेको केन्द्रिय सदस्यमा उम्मेदवारी दिनेहरुमा हालका केन्द्रिय सदस्य मोहम्मद हारुन, पुर्व केन्द्रिय सदस्य देबराज भार, पुर्व जिल्ला अध्यक्ष सुर्य ढकाल, पुजन बिश्वकर्मा, वसन्ती अधिकारी र बिजया धिताल रहनु भएको छ । मुस्लिम कोटाबाट केन्द्रिय सदस्य बन्नुभएका हारुनले फेरी केन्द्रिय सदस्यमा दोहरीने सोचका साथ उम्मेदवारी दिने घोषणा गरेको बताउनु हुन्छ । पत्रकार पृष्ठभुमि भएका उहाँ हाल नेकपा एमाले बाँकेका जिल्ला सह ईन्चार्ज समेत हुनुहुन्छ । नेकपा एमालेको  केन्द्रीय सदस्य रही सक्नु भएका देवराज भार एम...
मुस्लिम कोटाको महाधिवेसन प्रतिनिधिमा दुई सिद्दिकी र दुई अन्सारीविच प्रतिष्पर्धा

मुस्लिम कोटाको महाधिवेसन प्रतिनिधिमा दुई सिद्दिकी र दुई अन्सारीविच प्रतिष्पर्धा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
आन्तरिक विवादले पार्टीलाई कमजोर बनाउँछ–भोला, मोहम्मदीको योगदानको कदर हो मलाई मतदान–ईरफान सिराज खान नेपालगञ्ज, ७ मङ्सिर । नेपाली काँग्रेसको १४ औं महाधिवेसनमा सहभागि हुनका लागि महाधिवेसन प्रतिनिधिको निर्वाचन बाँकेमा विहिबार हुने भएको छ । त्यसका लागि बुधवार उम्मेदवारी दर्ता गरिने छ भने विहिबार मतदान गराउने कार्यक्रम निर्वाचन समितिले सार्वजनिक गरेको छ । महाधिवेसन प्रतिनिधिका लागि बाँकेमा दुई वटा मुस्लिम कोटाका सिट रहेका छन् । ती दुई स्थानका लागि हालसम्म दुई जना सिद्दिकी र दुई जना अन्सारी गरेर चार जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । अन्य उम्मेदवार थपिएनन् भने यी चार जना मध्येबाटै दुई जनाले महाधिवेसनमा प्रतिनिधिका हैसियतले सहभागि हुने अवसर पाउने छन् । मुस्लिम कोटाको दुई सिटका लागि प्रदेश सांसद मोहम्मद याकुब अन्सारी, निजामुद्दीन अन्सारी (छोटकउ), अब्दुल हमीद सिद्दिकी भोला र ईरफान सिद्...
नेपालगञ्ज उपमहानगरमा मानवबेचविखन विरुद्धको रणनिति तयार गरिंदै

नेपालगञ्ज उपमहानगरमा मानवबेचविखन विरुद्धको रणनिति तयार गरिंदै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगञ्ज, ७ मङ्सिर । बाँके युनेस्को क्लबले नेपालगञ्ज उपमहानगरमा मानवबेचविखन बिरुद्धको रणनिति तयार गरिरहेको छ । सो का लागि क्लबले गठन गरिएका मानव बेचविखन विरुद्धका स्थानीय समिति र बाल अधिकार समिति लाई दुई दिने सबलीकरण तालिमका् आयोजना गरेको छ । प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरिरहेको रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको हो । दुबै स्थानीय समितिका पदाधिकारी र सदस्यहरुको संस्थागत क्षमता अभिबृद्धि कार्ययोजना अनुसार काम गर्न उत्प्रेरित गर्ने तथा घट्ना व्यवस्थापन, राहात, उद्धार र पुनस्र्थापना लगायतका काममा क्षमता बढाउने उदेश्यले सवलिकरण कार्यक्रम सम्पन्न गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले मानव बेचविखन विरुद्ध नेपालगञ्ज उपमहानगरमा रणनितिक योजना निर्माण गर्नका लागि पनि सो...
नेकपा माओवादी केन्द्र र माओवादी क्रान्तिकारीविच एकता बारे छलफल

नेकपा माओवादी केन्द्र र माओवादी क्रान्तिकारीविच एकता बारे छलफल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाण्डौं । नेकपा माओवादी केन्द्र क्रान्तिकारी र सत्ताँरुढ नेकपा माओवादी केन्द्रबिच आज कम्युनिष्ट एकता र वर्तमान अवस्थाबारे छलफल भएको छ । नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दुई पार्टीका नेताहरुबिच तयस्तो छलफल भएको हो । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र क्रान्तकारीले माओवादी एकता अनिवार्यता, कम्युनिष्ट एकता आजको आवश्यकता’ को विषयमा चलाउँदै आएको वहस अभियानको अन्तर्गत आज सत्ताँरुढ नेकपा माओवादी केन्द्रसँग समेत छलफल भएको जनाएको छ । माओवादी केन्द्र क्रान्तिकारीले पार्टीको योजना अनुसार सबै माओवादी तथा कम्युनिष्ट र देशभक्त, प्रगतिशिल, परिवर्तनकारी राजनीतिक दल, समूह लगाएतसँग कम्युनिष्ट एकता र जनवाद स्थापनाबारे गम्भिर छलफल चलाउँदै आएको छ । उक्त छलफलको क्रममा नेकपा माओवादी केन्द्र क्रान्तिकारीका महासचिव लोकराज जैसीका साथै केन्द्रीय सदस्य तथा उक्त पार्टी निकटको प्...
बाँकेको खैरीखोलाको जंगलमा बम भेटियो, सेना घट्नास्थलमा पुग्यो

बाँकेको खैरीखोलाको जंगलमा बम भेटियो, सेना घट्नास्थलमा पुग्यो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ५ । बाँकेको पुर्व पश्चिम राजमार्गमा पर्ने खैरी खोलाको जंगलमा बेवारिसे बम फेला परेको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा पर्ने खैरीखोलाको जंगलमा बेवारिसे बम भेटिएको अगैया प्रहरी चौकीका प्रमुख असई खगेन्द्र केसीले बताउनुभयो । उहाँले सो बम द्धन्द्धकालको समयमा फािलएको हुनसक्ने जनाउँदै सुरक्षाकर्मीले गस्ती गर्ने क्रममा बम फेला पारेको बताउनुभयो । भेटिएको बम सकेट बम रहेको प्रहरीले जनाएको छ । बम भेटिएको स्थान अगैया प्रहरी चौकीबाट ती किलोमिटर पश्चिमतर्फ रहेको जनाउँदै असई केसीले सो बारेमा नेपाली सेनालाई जानकारी गराई सकेको र सेनाको टोलीले घटनास्टलमा पुगेर बम डिस्पोजल टोलीलाई जानकारी गराउने काम गरिरहेको बताउनुभयो । द्धनद्धको बेला फालिएका र गाडिएका बम र हतियारहरु विभिन्न स्थानमा फेला पर्दै आएका छन् ।...
समाजमा लायन्स क्लबको भूमिका अतुलनीय–पुर्वमन्त्री राई

समाजमा लायन्स क्लबको भूमिका अतुलनीय–पुर्वमन्त्री राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ४ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले समाजमा लायन्स क्लबहरुको भूमिका अतुलनीय रहेको बताउनु भएको छ । लायन्स क्लब डिस्टिक्ट ३२५ बी टु ले शनिवार नेपालगञ्जमा आयोजना गरेको विगत, वर्तमान र भविष्यमा समाजमा लायन्सको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सो कुरा बताउनु भएको हो । उहाँले भूकम्प, आगलागि, बढी पहिरो र दुर्घटना जस्ता आपत विपतमा लायन्स क्लबहरुले अग्रपंक्तिमा रहेर काम गर्दै आएको जनाउँदै सोही कारणले समाजमा लायन्सको महत्व बेग्लै प्रकारको रहेको बताउनुभयो । मानवीय र समाजसेवाको क्षेत्रमा लायन्सको योगदान सधैं अविस्मरणीय रहेको जनाउँदै कोरोना कहरमा पनि लायन्सले मानव सेवाका लागि अहम कार्य गरेको पुर्व मन्त्री राईले बताउनुभयो । स्वास्थ्य र शिक्षाको विकासका लागि लायन्स सधैं अगाडी रहने गरे...
बाँकेका अधिकांश वडामा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न

बाँकेका अधिकांश वडामा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
७० वटा वडामा सम्पन्न भएको जानकारी आयो –अध्यक्ष खरेल नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ४ । नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने मूल नाराका साथ नेकपा माओवादी केन्द्रले शनिवार बाँकेका अधिकांश वडाहरुमा वडा सम्मेलन गरेर वडा समितिहरु गठन गरेको छ । माओवादी केन्द्र बाँकेका अध्यक्ष आइपी खरेलले दिनु भएको जानकारी अनुसार जिल्लाका अधिकांश वडाहरुमा वडा सम्मेलन सम्पन्न भएको छ । जिल्लाका ७० वटा वडामा वडा सम्मेलन सम्पन्न भएको जानकारी आफुलाई आधिकारिक रुपमा आएको र बाँकी आउने क्रम जारी रहेको अध्यक्ष खरेलले बताउनुभयो । उहाँले कोहलपुरका १३ वटा वडामा, राप्तीसोनारी गाउँपालिकाका ७ वटा वडामा र नेपालगञ्जका २० वटा वडामा  वडा सम्मेलन सम्पन्न भएको बताउनुभयो । नेपालगञ्जपाटीलाई प्राप्त भएको जानकारी अनुसार राप्तिसोनारी गाउँपालिका अन्तर्गतका ९ वटा वडामध्ये ७ वटा वडामा अधिवेशन स...
खेलकुद मन्त्री अथकले आइतवार महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्ने

खेलकुद मन्त्री अथकले आइतवार महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्ने

खेलकुद, ताजा-अपडेट, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ३ । शनिवार र आइतवार जिल्लामा आयोजना हुने दुई वटा महत्वपुर्ण खेलसम्बन्धि कार्यक्रममा सहभागि हुन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) बाँके आउनु भएको छ । मन्त्री अथकले शनिवार विहान नेपालगन्जमा आयोजना गरिने नेपालगन्ज म्याराथनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने आइतवार बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानमा निर्माण भर्ने भनिएको महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक संगीन शर्माले बताउनुभयो । मन्त्रीको पदभार ग्रहण गरे लगत्तै उहाँले पहिलो निर्णय कोहलपुरमा महिला क्रिकेट एकेडेमीको निर्माण गर्ने निर्णय गर्नु भएको थियो । सोही एकेडेमीको सिलन्यास आईतबार बिहान ९ बजे गर्ने कार्यक्रम रहेको छ । तिन दिने जिल्ला भ्रमणका क्रममा मन्त्री अथकले कोहलपुर क्रिकेट मैदान, नेपालगन्ज रंगशालाका तथा जिल्लाभित्र रहेका खेलकुदका अन...