नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ५ । बाँकेको नेपालगञ्जमा एमसिसि विरुद्ध राप्रपाले विरोध र्याली निकालेको छ । एमसीसी विरुद्ध सघर्ष समिति निर्माण गरी एमसीसी विरुद्ध विभिन्न नाराबाजी गर्दै र्याली निकालिएको थियो ।
सो विरोध र्यालीमा नेपाली जनतालाई धोका हो, एमसीसी चाहिँदैन, देश बेच्न पाइदैन भन्दै ठुलो स्वरमा नारबाजीहरु गरिएका थिए ।
एमसिसि नेपालमा कुनै पनि हातलमा नल्याउनका लागि नेपालगञ्ज देखि देशभरी ने एमसीसीका संघर्षका कार्यक्रमहरु राप्रापाले गरिरहेको छ भने नेपालगञ्जबाट राप्रपाका सचिव रवि वर्माको नेतृत्वमा संघर्ष समिति निर्माण गरी आन्दोलन तथा संघर्षका कार्यक्रम शुरु गरिएका छन् ।
विरोधसभामा बोल्दै किशोर लामा, रबि संकर बर्मा, हाम्रो नेपाल हामि नेपालीका केन्द्रिय महा सचिव भिम बहादुर शाही, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँकेका अध्यक्ष हुकुम केसिले कुनै पनि हालतमा एमसीसी लागु गर्न नदिइने बताएका थिए ।
राप्रपा क्षेत्र नम्बर २ का अध्यक्ष मो सफिक बेहनाले उपस्थिति सम्पुर्ण लाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा सम्पुर्ण राष्ट्रवादी युवा राष्ट्रिय प्रजातन्त्र पार्टी बाँके क्षेत्र नम्बर २ का अध्यक्ष मो सफिक बेहना ,राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेको अध्यक्ष इन्द्रिरा शाहि ,नगर अध्यक्ष आशा बिष्ट ,प्रदेश अध्यक्ष विष्णु सिहं ठकुरी लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
1
+1