नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तागठबन्धनका दलबीच सहमति गरेर मात्र एमसीसीको भविष्य निर्धारण गरिने बताउनु भएको छ ।
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसीसीबारे के गर्ने भन्ने विषयमा सत्तामा रहेका ५ दलका बीचमा छलफल शुरु भैसकेको बताउनुभयो । नेपालको हितमा छ भने कुनै पनि सहयोग स्वीकार्य र नेपालको हितमा छैन भने त्यस्तो सहयोग स्वीकार्य नहुने आफ्नो अडान रहेको उहाँले बताउनुभयो । त्यहाँ लेखिएका कुरामा कहीँ कमजोरी छन् भने त्यसमा सुधार ल्याउनु आवश्यक रहेको पनि नेता नेपालले बताउनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धन फुटाएमा एमसीसीमा समर्थन जनाउने अभिव्यक्तिलाई लक्षित गर्दै उहाँले सत्तागठबन्धनका पाँच दलको सहमतिमा मात्र एम...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १ पुस । यसअघि दिनदिनै तस्करी गरेर भित्रयाईएको सामान नियन्त्रणमा लिंदै आएको शसस्त्र प्रहरीले भन्सार राजस्व छलेर नेपालगञ्ज भित्र्याइएको ठुलो परिमाणको सामान फेरी बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक भुपेन्द्र बहादुर रोकायाको टोलीले ठूलो परिमाणमा अवैध भन्सार छलीको सामानसहित मिनि ट्रक बरामद गरेको हो ।
भारतबाट भन्सार छलेर भे १ च १९४१ नम्बरको मिनि ट्रकमा ल्याउँदै गरेको ५९० पिस लेडिज सुट बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीका गणपती सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले जानकारी दिनुभयो ।
बाँकेको खजुरा गाउँपालिका–७ सोनापुर नजिकैबाट बरामद गरिएको १९ लाख ८ हजार मूल्य बराबरको सामानसहित ट्रक थप कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो।
प्रहरीले गत तीन दिन...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १ पुस । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल चयन हुनुभएको छ । दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो ।
त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बरालको नाम टुंगो लगाएको माओवादी केन्द्रका नेताले जानकारी दिएका छन । माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा बराल सर्वसम्मत अध्यक्ष बन्नुभएको हो ।
प्रदेश अध्यक्षमा रोल्पाका दीपेन्द्र पुन र दाङका होमराज शर्माले पनि दावी गर्दै आउनुभएको थियो । तर दुवै जना २ सय १७ सदस्यीय प्रदेश समितिमै नपरेपछि बराल सर्वसम्मत अध्यक्ष हुनुभएको हो ।
प्रदेश समितिका अरु पदाधिकारी भने टुंगो लागेको छैन । बराल लुम्बिनी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री समेत रहनुभएको छ ।
माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २८ । यहाँस्थित नेपाल भारत सीमानामा रहेको जमुनाह प्रहरी र लागु औषध व्युरोको टोलीले भारतबाट पेन्टी र जुत्ताभित्र लुकाएर भारतबाट ल्याउँदै गरेको ५५ ग्राम लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
मंगलवार बेलुकी साढे ६ बजे नेपालगञ्ज १५ जमुनाह चेकपोष्टबाट भारतबाट नेपाल छिरि रहेका दांग जिल्ला तुलसीपुर १५ बस्ने गौरव बुढाथोकी र बाँके राप्तीसोनारी १ बस्ने सुवास विकको खान तलाशी गर्दा बुढाथोकीले पेन्टीभित्र लुकाई राखेको २ पोका भित्रको ४८ ग्राम र विकले जुत्ताभित्र लुकाई राखेको ७ ग्राम गरि ५५ ग्राम लागु औषधसहित दुबैजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसअघि पनि प्रहरीले पटक पटक सो नाकाबाट ब्राउन सुगर नियन्त्रणमा लिंदै आएको छ । लागु पदार्थको कारोबार गर्नेहरुले नयाँ नयाँ तरिकाको प्रयोग गरेर भित्रयाउँदै आएका छन् ।
...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २८ । भारतबाट नेपालस्थित दैलेख घर आउँदै गर्दा एकजना नेपाली बाटोमै बेपत्ता भएका छन् ।
दैलेख जिल्ला गुरास गाउँपालिका २ का ४२ वर्षिय मानबहादुर सुनाखरी मगर भारतको राजकोटबाट छोरासंगै रुपैडिया आउने क्रममा बाटोमा बेपत्ता भएका हुन । छोरा प्रकाशका अनुसार मानसिक बिरामी भएका उनका बुवा बाटोमै कहाँबाट बेपत्ता भए भन्ने अत्तोपत्तो छैन ।
तीन दिन अघि मंसिर २६ गते उनीहरु नेपालगञ्ज आउँदै थिए । बुवाको खोजिका लागि प्रकाशले जिल्ला प्रहरी कार्यालय बाँके र भारतीय प्रहरीसंग अनुरोध गरेका छन् ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २७ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद एवं जनता समाजवादी पार्टीका प्रभावशाली नेता मोहम्मद ईश्तियाक राईले बाँकेका चारवटा पालिकामा पार्टीको अवस्था निकै बलियो रहेकोले विजयी हुने दावी गर्दै पालिका प्रमुखका उम्मेदवारको नाम पनि घोषणा गर्नु भएको छ ।
उहाँले केही महिनापछि हुने स्थानीय तहको निर्वाचनमा बाँकेको नेपालगञ्ज उपमहानगर, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र जानकी गाउँपालिकाबाट जनता समाजवादी पार्टीका उम्मेदवार विजयी हुने दावी गर्दै ती पालिकाका प्रमुख पदका उम्मेदवारको नाम पनि घोषणा गर्नु भएको छ ।
जसपाको केन्द्रिय कार्यकारीणी सदस्य समेत रहनु भएका नेता राईका अनुसार नेपालगञ्ज उपमहानगरको मेयरमा पार्टी जिल्ला अध्यक्ष कमरुद्दीन राई, नरैनापुरबाट वर्तमान अध्यक्ष ईश्तियाक अहमद शाह, डुडुवा गाउँपालिकाबाट भण्डारीलाल यादव र जानकी गाउँपालिकाबा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २६ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान निर्वाचन प्रणाली अतिनै खर्चिलो हुँदै गएकोले यसले भ्रष्टाचारलाई प्रोत्साहन दिईरहेकोले परिवर्तन गर्नु आवश्यक भएको बताउनुभएको छ ।
आइतवार नेपालगञ्जमा आयोजना गरिएको बृहत अगुवा कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले लाखौं करोड खर्च गरेर निर्वाचन जित्ने प्रणालीलेनै भ्रष्टाचारलाई आमन्त्रण गरिरहेको बताउनुभयो ।
जुनसुकै जनताले पनि सहज रुपमा निर्वाचनमा प्रतिष्पर्धा गर्न पाउने प्रणाली आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले नेपालकै ईतिहासमा अहिले नेपाली जनताले सबैभन्दा बढी अधिकार पाएको उल्लेख गर्दै यो अधिकार मधेश आन्दोलनको देन भएको बताउनुभयो ।
हालसम्म देशमा भएका सबै आन्दोलनले सत्ता र शक्ति मात्रै परिवर्तन गरेको जनाउँदै पुर्व उपप्रधानमन्त्री स...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २६ । समाजसेवाको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याए वापत बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक र अर्थ निर्देशकलाई भारतको राजधानी नयाँ दिल्लीमा भारतीय दलित साहित्य अकादमी दिल्लीले डाक्टर अम्बेडकर विशिष्ट सेवा राष्ट्रिय पुरस्कारवाट सम्मान गरेको छ ।
भारतीय दलित साहित्य अकादमीले आफ्नो बार्षिकोत्सवको अवसर पारेर भारत र भारत बाहिरका विभिन्न देशका व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर र अर्थ निर्देशक वेद पंगालीलाई सम्मानित गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले कार्यकारी निर्देशक तुलाधरलाई डा.अम्बेडकर एक्सीलेन्सी सर्विस नेसनल अवार्ड २०२१ र अर्थ निर्देशक पंगालीलाई डा.अम्बेडकर कलाश्री नेसनल अवार्ड २०२१ बाट सम्मानित गरेको बताउनुभयो ।
नयाँ दिल्लीमा शनिवार आयोजित एक भव्य समारोहम...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २५ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बाँकेमा दुई जना ईश्तियाक रहेसम्म बिकासले तिब्रता पाइरहने बताउनुभएको छ।
उहाँले जबसम्म नेपालगञ्जमा मोहम्मद ईश्तियाक राई र नरैनापुरमा ईश्तियाक अहमद शाह जनताका प्रतिनिधि रहनेछन् तबसम्म बिकास निर्माणको गतिलाई कसैले रोक्न नसक्ने बताउनुभयो।
जिल्लाको दुर्गम मानिने नरैनापुरमा शनिबार आयोजना गरिएको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले फेरि पनि दुवै ईश्तियाकलाई जिताउन आग्रह गर्नुभयो।
केही वर्ष पहिले आफु नरैनापुरमा आएको बेला आउन ८ घण्टा लागेको स्मरण गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका यादवले यस पटक ४५ मिनेटमा पुग्दा बिकास आफैले आफ्नो परिचय गराएको बताउनुभयो। जसपाका उम्मेदवार विजयी भएपछि विकासको क्रान्ति भएको उहाँले जनाउनुभयो ।
मधेस आन्दोलन कै परिणाम स्वरूप आ...
समाचारदाता
नेपालगञ्ज, २५ मङ्सिर । बाँके जिल्लाका चार वटा पालिकाका मानवबेच विखन बिरुद्धका समिति र बालअधिकार समितिका पदाधिकारी तथा सदस्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको प्राटेक्ट परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, खजुरा तथा बैजनाथ गाउँपालिकामा गठन गरिएका मानव बेचविखन विरुद्धका समिति र बालअधिकार समितिका पदाधिकारीका लागि सो अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरिएको हो ।
सो संवाद कार्यक्रमको अध्यक्षता गर्दै खजुरा गाउँपालिकाका उपमेयर एकमाया विकले मानव बेचबिखन नियन्त्रण र बालअधिकार बहालका लागि यस्ता संवाद कार्यक्रमहरु निकै फलदायी हुने बताउनुभयो ।
कार्यक्रममा खजुराका महिला तथा बालबालिका शाखाका प्रमुख शुसिला न्यौपाने, जिल्ला प्रहरी कार्यालय महिला सेलका प्रहरी सहायक निरिक्षक दिलस...