नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २३ कात्तिक । बाँकेको कोहलपुर–१४ हवल्दारपुरमा पैदल रहेका विनोद अधिकारीलाई ठक्कर दिएर फरार भएको बा ०१–०२५ च ८८–३९ नम्बरको स्कोडा कारलाई दुर्घटनाको १२ घण्टापछि प्रहरीले फेला पारेपनि सो कार चलाउने चालक भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालले दिनु भएको जानकारी अनुसार अधिकारीलाई ठक्कर दिने कारका मालिक सरोज हमाल रहनु भएको र दुर्घटनाको समयमा उक्त कारलाई उहाँको छोरा अनिश हमालले चलाउनु भएको बुझिएको बताउनुभयो ।
तर, विजय ढुंगेल भन्ने एकजनाले आफुलाई सो कारको चालक बताउँदै प्रहरी कार्यालयमा आएको जनाउँदै डीएसपी खनालले ढुंगेल नक्कली चालक रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउनुभयो । उहाँले गाडी चलाउने हमालको खोजी भैरहेको पनि बताउनुभयो ।
अधिकारीलाई ठक्कर दिएर बेपत्ता भएको कारलाई १२ घण्टाको मिहिनेतपछि राप्तीस...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २२ कात्तिक । निर्मला कुर्मीको अपहरण काण्डलाई लिएर अन्तत प्रहरीले एक्सन लिएको छ । प्रहरीले सो काण्डमा संलग्न ६ जनालाई सोमवार पक्राउ गरेको जनाएको छ ।
नेपालगञ्ज–१७ परस्पुरकी निर्मला अपहरण गरी हत्या गरेको आरोपमा रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ६ जनालाई सोमबार पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो ।
उनिहरुमाथि कुर्मीलाई बेपत्ता पारी करोडौं मूल्यको जग्गा हडपेको आरोप छ । ‘अदालतले सात दिनको म्याद थप गरेकाले पक्राउ गरिएका ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्छौं,’ डीएसपी न्यौपानेले भन्नुभयो,‘सादा तारेखमा छुटेका दुई जनामाथि पनि मुद्दा परेकाले उनीहरुमाथि पनि अनुसन्धान गर्छौं ।’
आरोपीत कुवर बब्बन सिंहलाई ८० वर्ष भएकाले अदालतले उमेर हदम्यादका कारण साधारण तारेखमा छोडेको...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २१ कात्तिक । सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १० महिला र २ पुरुष छन् ।
सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान ११ बजे कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको थियो । बस सडकबाट २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा मृत्यु भएकामध्ये आठ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृत्यु हुनेमा सल्यान छत्रेश्चरी गाउँपालिका २ का २९ वर्षीय तिलक ओली, घोराही उपमहानगरपालिकाका ६५ वर्षीय इन्द्रा अधिकारी, दाङ बबई गाउँपालिका ६ पञ्चकुलेका ७० वर्षीया कलावती बुढाथोकी छन् ।
त्यस्तै शारदा नगरपालिका– की ५३ वर्षीया प्रभा चलाउने, सोही गरपालिका– २ की ६१ वर्षीया मिना डाँगी, ३ नं वडाकी ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी–१ की २४ वर्षीया मिना शाही र बबई–४ की ६० वर्षी...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २१ कात्तिक । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको हो।
दुर्घटनामा ५ जनाको घटनास्थलमै र ३ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन। बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ।
बस सडकदेखि २०० मिटर तल खोलामा खसेको हो। अहिले प्रहरी टोली घटनास्थल पुगेर उद्दार गरिरहेको बताइएको छ।...
नरेन्द्रसिंह कार्की, रासस
दार्चुला, २१ कात्तिक । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायालेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ ।
स्थानीयवासी बसाइँ नसरी प्रहरी चिसो छल्न छांगरु झरेको हो । कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै तिंकरको छायालेकस्थित प्रहरीहरू छांगरु झरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।
हिमपातका कारण अत्यधिक जाडो बढेर पानीसमेत खान नसकिने अवस्था भएपछि प्रहरी अहिले छांगरुमा बसेको जनाइएको छ । अहिले छांगरु र तिंकर प्रहरी नीतिकुण्डमै बसेका छन् । त्यहाँका स्थानीयवासी आगामी मङ्सिर पहिलो सातामात्रै सदरमुकाम खलङ्गा बसाइसराइ ९कुञ्चा०सर्ने तयारी भएको व्याँस गाउँपालिका(१ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए । “बढी हिमपात भयो भने यो महिनाभित्रै कुञ्चा ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २१ कात्तिक । कोहलपुर नगरपालिका वडा नं १४ मा रहेका युवाले समाज सेवा संस्था नेपाल मार्फत एम्बुलेन्स खरिदका लागि खेलेको देउसी र भैलोबाट हालसम्म साढे सात लाख रुपियाँ संकलन भएको छ ।
समाज सेवा संस्था नेपालले आफनो नेपाली संस्कृति जर्गेणा गर्दै एम्बुलेन्सको लागि यस पटक देउसी भैलो खेलेको छ । एम्बुुलेन्स खरिदका लागि खेलेको भैलो टिमले तीन दिनमै ७ लाख ५४ हजार ८९५ रुपियाँ संकलन गरिसकेको छ । विभिन्न व्यवसायीक तथा औद्योगिक प्रतिष्ठानहरुले त्यसका लागि ठुलो सहयोग गर्नु भएको संस्थाले जनाएको छ ।
देउसी भैलो खेलेर पिकनिक मनाउने तथा अन्य रमाइलो काममा खर्च गर्ने परम्परालाई तोडेर सो संस्थाले मानवीय सेवाका लागि देउसी भैलो खेलेको जनाईएको छ ।
संस्थाको पाचौ अधिवेशनमा घाटिको क्यान्सर पीडित मोतिलाल परियारलाई सो संस्थाले ६० हजार बढी आर्थिक सहयोग हस्तान्तरण पनि गरि सकेको छ । त्यसै गरि ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २१ कात्तिक । नेपाली काँग्रेस बाँकेका पुराना नेता ओम जङ राणाको आइतवार विहान निधन भएको छ । नेपालगन्ज २२ पुरैनी निवासी ७६ वर्षिय राणाको निधन काठमाण्डौमा भएको नेपाली काँग्रेस बाँकेले जनाएको छ ।
जिल्ला बिकास समिति बाकेका पुर्ब सभापति रहनु भएका काङ्ग्रेस नेता राणाले प्रजातन्त्रका लागि भएका विभिन्न आन्दोलनमा सक्रिय सहभागिता देखाउनु भएको थियो ।
जिल्लाको भूगोल लगायत समग्र अवस्था बारे राम्रो दखल राख्ने राणा असल, बिकासप्रेमी नेताका रुपमा परिचित हुनु हुन्थ्यो ।
उहाँको निधनमा विभिन्न व्यक्ति र संघसंस्थाले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपालगञ्जपाटी परिवार पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २० कात्तिक । धार्मिक सदभावको नमुनाको रुपमा स्थापित भएको बाँके जिल्लामा हिन्दु मुस्लिम धर्मावलम्बीहरु विचको एकता र सदभाव फेरी एक पटक उजागर भएको छ ।
बाँके जिल्लाको डुडुवा गाउँपालिका ३ रमपुर्वामा आयोजित श्री लक्ष्मी गणेश पुजन एंव गायत्री महायज्ञ संगीत प्रवचन कार्यक्रममा आयोजकले पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईलाई प्रमुख अतिथि बनाएर धार्मिक सदभाव र एकताको परिचय दिए ।
श्री लक्ष्मी गणेश पुजन एंव गायत्री महायज्ञ संगीत प्रवचन कार्यक्रममा प्रमुख अतिथि बनाइनु भएका पुर्वमन्त्री राईले हाम्रा चाडपर्वहरु एक आपसमा प्रेम, सदभाव र सौहर्द बढाउने माध्यम भएको बताउनुभयो ।
उहाँले बाँकेमा सबै धर्म समुदायले एक अर्काको चाडपर्वमा सहभागिता जनाउने तथा आपसमा शुभकामना र बधाई साटासाट गर्ने अतिनै उत्कृष्ट मान्यता स्थापित भएको बताउनुभयो ।
प्रवचन ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २० कात्तिक । तिहारको बेला नेपालगञ्ज र सो वरिपरि हुने गरेको लाखौं लाखको हारजितको जुवा नियन्त्रण अभियानमा लागेको बाँके प्रहरीले एकै रात ४८ जना जुवाडेलाई पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले शुक्रबार राती नेपालगञ्जको बाबु गाउँबाट ४८ जना जुवाडेलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उनीहरुबाट ४ लाख ६६ हजार नगद बरामद गरेको पनि उहाँले बताउनुभयो ।
करोडौंको जुवा भइरहेपनि प्रहरी मुकदर्शक बनेको जनगुनासो बारम्बार आएपछि प्रहरीले शुक्रवार रातीदेखि जुवा अपरेशन शुरु गरेको छ ।
एक्रै रातमा ४८ जना जुवाडेलाई पक्राउ गरिएपनि नगरका नाम कहलिएका जुवाडेलाई भने प्रहरीले अझैपनि पक्राउ गर्न नसकेको स्थानीयको गुनासो छ । तर, बाँकेका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले भने प्रहरीले साना ठुला नभनेर सबै जुवाडेलाई खोजी रहेको र पत्ता लाग्...
रासस
जाजरकोट, १९ कात्तिक । ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपत्ता भएका छन् । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । सात जना घाइते भएका छन् ।
दश जना सवारी उक्त गाडीमा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एक शव र एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । घाइते धनबहादुर चालक रहेका छन् । राति भएका कारण अझै ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ । रासस...