१८ जेष्ठ २०८३, सोमबार

मुख्य समाचार

एमाले बाँकेको अध्यक्षमा कक्षपतिको किस्मत खुल्यो, उपाध्यक्षमा बिसी र सचिवमा खत्री

एमाले बाँकेको अध्यक्षमा कक्षपतिको किस्मत खुल्यो, उपाध्यक्षमा बिसी र सचिवमा खत्री

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २५ । दुई दिनको अथक प्रयासपछि एमाले बाँकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति निर्विरोध निर्वाचित हुनुभएको छ। अध्यक्ष मण्डलले प्रस्ताव गरेका अक्षपति विरुद्ध उम्मेदवारी दिएका निरक गुरुंगले उम्मेदवारी फिर्ता लिएसँगै कक्षपति निर्विरोध निर्वाचित हुनुभएको हो । यसअघि आइतवार मध्यान्ह अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका अशोक कर्माचार्यले उम्मेदवारी फिर्ता लिनु भएको थियो । ‘निरक जीले उम्मेदवारी फिर्ता लिनु भयो, त्यसपछि बल्ल कक्षपति अध्यक्षमा निर्विरोध अध्यक्ष बन्नु भयो ।’ निर्वाचन समितिका सदस्य भेषराज बस्नेतले भन्नुभयो । शनिबार देखिनै सर्वसम्मत अध्यक्ष भन्दै समाजिक सञ्जालमा बधाई आएपनि कक्षपति आइतवार साँझ ४ः३० बजे मात्र सर्बसम्मत अध्यक्ष बन्नु भएको हो । उपाध्यक्षमा यसअघि नै डिल्ली बीसी निर्विरोध निर्वाचित भैसक्नु भएको छ भने सचिवमा रत्न खत्री पनि सर्वसम्मत निर्वाचि...
र्सावजनिक यातायातमा बाँकेका विद्यार्थि र जेष्ठ नागरिकले पनि भाडामा छुट पाउने सहमति

र्सावजनिक यातायातमा बाँकेका विद्यार्थि र जेष्ठ नागरिकले पनि भाडामा छुट पाउने सहमति

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २५ । नेपाल सरकार, यातायात व्यवस्थाविभागले विद्यार्थि, जेष्ठ नागरिक र अपांगता भएका नागरिकलाई यातायातमा ४५ प्रतिशत भन्दा बढी भाडामा छुट दिने भनि गरेको निर्णयलाई बाँकेमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको छ । सो निर्णय कार्यान्वयनका लागि नेकपा विप्लव निकट अखिल क्रान्तिकारी तथा जसपा निकट समाजवादी विद्यार्थी युनियन बाँकेले गत केही महिनादेखि आन्दोलन गर्दै आएको थियो । सोही आन्दोलनको फलस्वरुप आइतवार बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकमा भाडामा छुट दिने निर्णय कार्यान्वयन गर्ने सहमति भएको समाजवादी बिद्यार्थी यूनियन बाँकेका सह संयोजक इमरान जरगरले बताउनुभयो । उहाँले बैठकले यातायात क्षेत्रमा पाउनुपर्ने विद्यार्थीलाई ४५ प्रतिशत र जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकका लागि ५० प्रतिशत छुट कार्यान्वयन...
बाँके गनापुरबाट पेस्तोलसहित एक जना पक्राउ

बाँके गनापुरबाट पेस्तोलसहित एक जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २५ । बाँकेको गनापुरबाट कटुवा पेस्तोलसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज १३ बस्ने पंकज कुर्मीलाई कटुवा पेस्लतोसहित पक्राउ गरेको छ । इलाका इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले आइतवार दिउँसो साढे २ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं २० गनापुरबाट इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कुर्मीलाई पेस्तोलसहित पक्राउ गरेको बताउनुभयो। पेस्तोलसहित पक्राउ परेका कुर्मीलाई इप्रका कोहलपुरको हिरासतमा राखी थप अनुसन्धन भइरहेको डिएसपी खनालले बताउनु भएको छ । उहाँले सो पेस्तोल किन र कसरी ल्याईएको भन्ने बारेमा पनि अनुसन्धान भैरहेको बताउनुभयो ।...
एमसीसीमार्फत नेपाललाई अमेरिकाले प्रान्त बनाउन खोज्दैछ– नेकपा विप्लव नेता बास्तोला

एमसीसीमार्फत नेपाललाई अमेरिकाले प्रान्त बनाउन खोज्दैछ– नेकपा विप्लव नेता बास्तोला

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २५ । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धमेन्द्र बास्तोलाले अमेरिकाले एमसिसीमार्फत नेपाललाई आफ्नो प्रान्तको रुपमा कब्जा गर्न खोजेको बताउनुभएको छ । उहाँले एमसीसीकै कारण नेपालमा अत्यन्तै ठुलो खतरा पैदा भएको पनि प्रष्ट पार्नु भएको छ । जनपत्रकार संगठन बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता बास्तोलाले एमसिसी पास गर्न प्रतिपक्ष र सत्तापक्ष सहमत भइरहेको देखिएकोले देशमा ठुलो खतरा आउन लागेको बताउनुभयो । पार्टीका विदेश विभाग इन्चार्ज समेत रहनु भएका बास्तोलाले एमसीसीले नेपालको स्वतन्त्रता र सार्र्वभौमसत्तालाई समाप्त पार्ने बताउँदै यसबाट जोगिन सबै नेपालीले प्रतिकारका उत्रिनुपर्नेमा जोड दिनुभयो । सरकारसँग भएको सहमती अझै कार्यान्वयनमा नआएको गुनासो गर्दै उहाँले तत्कालिन सरकारसँग भएको तीन बुँदे सहमती मध्ये पार्टीमाथीको प्...
बाघ नियन्त्रण गर्न काठमाडौंबाट प्राविधिक टोली आउँदै, थप हात्ती परिचालन

बाघ नियन्त्रण गर्न काठमाडौंबाट प्राविधिक टोली आउँदै, थप हात्ती परिचालन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, पुस २५ गते । बाँकेको राप्तीसोनारीमा बाघको आतंक अत्याधिक बढेर दिनदिनै मानिस मार्न थालेपछि बाघ नियन्त्रणका लागि विभिन्न सरकारी निकायहरु एक भएर नियन्त्रण अभियानमा लागेका छन् । डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले बाघलाई नियन्त्रण तथा व्यवस्थापन गर्न विभिन्न निकायसँग समन्वय गरेर आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिनुभएको छ । उहाँले संघीय वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका निकायसँग समन्वय गरेर बाघ नियन्त्रणको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । बाघलाई नियन्त्रण गरिदिनु पर्यो भनेर यी सबै निकायमा अनुरोध गरिसकेकाले सोही अनुरुप आइतबार नै राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली नेपालगञ्ज आउने सहायक वन अधिकृत खड्काले बताउनुभयो । उहाँका ...
नेपाली सेनाद्धारा खजुरामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन, नौ सय जनाले उपचार गराए

नेपाली सेनाद्धारा खजुरामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन, नौ सय जनाले उपचार गराए

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २४ । ग्रामीण क्षेत्रका विपन्न जनतालाई सहज रुपमा स्वास्थ्य सेवा पुरयाउने उद्देश्यले नेपाली सेनाको भैरब प्रसाद गणले बाँकेको खजुरामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । लायन्स क्लब खजुरा र नेपालगन्ज मेडिकल कलेजसँग सहकार्य गरेर सेनाले सो स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गरिबी र पछौटेपनका कारण बिरामी भए पनि उपचार गराउन नसकेका समुदायलाई लक्षित गरेर स्वास्थ्य शिबिर सञ्चालन गरिएको नेपाली सेनाको भैरब प्रसाद गणका गणपति जनमत कार्कीले बताउनुभयो । उहाँले सो शिविरबाट करिब ९ सय स्थानीयले स्वास्थ्य परीक्षण गराएर लाभ पाएको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य शिबिरमा स्त्री तथा प्रसुती, बाल स्बास्थ्य, नाक, कान घाँटी, चर्म तथा यौनरोग, आँखा, तथा हाडजोर्नी लगायत बिभिन्न रोगका बिशेषज्ञ चिकित्सकहरुले बिरामीहरुको चेकजाँच गरेर निःशुल्क औषधीहरु बितरण गरिएको थियो ।...
जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा रोयल र नेपालगञ्ज ११ बिजयी

जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा रोयल र नेपालगञ्ज ११ बिजयी

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २४ । उमेस रेग्मीको ह्याट्रिकको सहयोगमा बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगितामा रोयल नेपालगन्जले सहज जित निकालेको छ । नेपालगन्ज रंगशालमा भएको प्रतियोगिताको पहिलो खेलमा शनिवार रोयल नेपालगन्जले सिटी युथ क्लबमाथि ७–० गोलको जित निकालेको हो । सिटी युथ क्लबलाई जित दिलाउन उमेस रेग्मीले ह्याट्रिकको गरे । त्यस्तै संजय थापाले दुई गोल गर्दा सरोज चौधरी र नरेन्द्र ठकुरीले समान एक–एक गोल गरे । शनिबार नै भएको दोस्रो खेलमा नेपालगन्ज–११ ले एफसी संघारीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । निर्धारित समय गोल रहित सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो । जसमा एफसी संघारीमाथि नेपालगन्ज–११ ले ४–३ गोलले बाजि मार्‍यो । नेपालगन्ज रंगशालामा भइरहेको प्रतियोगिता पुसको २७ गते सम्म चल्नेछ । प्रतियोगितामा बाँकेका ५ क्लबले प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघका अ...
बैतडीबाट अपहरणमा परेका शिक्षकको बाँकेको राप्ती नदी किनारबाट उद्धार

बैतडीबाट अपहरणमा परेका शिक्षकको बाँकेको राप्ती नदी किनारबाट उद्धार

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २४ । जिल्ला प्रहरी कार्यालय बाँकेले बैतडीबाट अपहरणमा परेका भनिएका एकजना शिक्षकको डुडुवा कम्दीको राप्ती नदी किनारबाट उद्धार गरेको छ । बैतडीको सुर्नया गाउँपालिकाका २३ वर्षीय शिक्षक हरिश अवस्थीलाई शुक्रबार बेलुका ८ बजे राप्ती किनारबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । अवस्थीले आफू अपहरणमा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेखेका थिए । त्यसपछि उनका आफन्तहरुले बाँके प्रहरीलाई खबर गरेका थिए । अवस्थीको खोजी गर्दा राप्ती नदी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । उहाँले खबर पाए लगत्तै अगैया र कम्दीस्थित नदी किनारमा प्रहरी परिचालन गरेर कम्दीको राप्ती बगरमा उहाँलाई भिजेको अवस्थामा भेटाएको बताउनुभयो । उद्धारपछि अवस्थीको भेरी अस्पतालमा उपचार गराएर उनलाई सुरिक्षत राखिएकोमा बैतडीबाट उनका आफ...
जमुनाहा नाकामा एकैदिन ३७ जनामा कोरोना संक्रमण पुष्टि, नाकामा थप कडाई आवश्यक

जमुनाहा नाकामा एकैदिन ३७ जनामा कोरोना संक्रमण पुष्टि, नाकामा थप कडाई आवश्यक

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २४ । नेपालगन्जको जमुनाहा नाकामा एकै दिन ३७ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार भारतका विभिन्न राज्यबाट आएका ३७ जनामा कोरोना पुष्टि भएको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताउनुभयो । एन्टिजिन विधिबाट कोरोना परीक्षण गर्दा शनिवार विहान ९ बजेसम्म १६ जना, बिहीबार २७, बुधबार र मंगलबार ५, ५ र सोमबार १० जनामा कोरोना पुष्टि भएको थियो । सोमबार यता भारतबाट आएका सय जनामा कोरोना संक्रमण पुष्टि भएको ज्ञवालीले जानकारी दिनुभयो । भारतबाट आउनेमा यसरी तिवै गतिमा संक्रमण देखिन थालेपछि नाकामा थप कडाई गर्न स्थानीयले माग गरेका छन् । नाकामा कडाई नगरिए उताबाट संक्रमण लिएर आउनेहरुले यता फैलाउने संभावना प्रवल रहेकोले कसैलाई पनि परीक्षण विना छिर्न नदिन स्थानीयको माग छ ।...
राप्तीसोनारीमा बाघको आक्रमणमा शनिवार पनि एक महिलाको मृत्यु, तीन दिनमा दुई जनाको मृत्यु

राप्तीसोनारीमा बाघको आक्रमणमा शनिवार पनि एक महिलाको मृत्यु, तीन दिनमा दुई जनाको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, पुस २४ । बाघको आक्रमणबाट बाँकेको राप्तीसोनारीमा गत तीन दिनको अवधीमा दुई जना महिलाको मृत्यु भएको छ । बाघले झम्टेर जंगलमा लगी विहिबार एक जना महिलाको मृत्यु भएको थियो भने शनिवार विहान पनि एक जना महिलालाई झम्टेर मारेको छ । गत केही समययता राप्तीसोनारीमा दैनिकजसो स्थानीयमाथि आक्रमण गरिरहेको बाघले बस्ती नजिकै पुगेर सर्वसाधारणलाई तानेर जंगलमा लगेर खाने गरेको पाईएको छ । शनिवार विहान राप्तीसोनारी ६ हब्रहवा घर भएकी ३० वर्षिया चाँदनी थारु नजिकै दाउरा लिन गएको बेला बाघले झम्टेर जंगलमा लगेको थियो । प्रहरीको सहयोगमा स्थानीयले खोजी गर्दा दिउँसो १२ बजे सिद्धेश्वर सामुदायीक वनमा महिलाको क्षतविक्षत शव फेला परेको वडा नम्बर ६ का वडा अध्यक्ष जनक बहादुर थारुले बताउनुभयो । उहाँले आफ्नो वडा लगायत समग्र पालिकाका जनता बाघले आतंकित बने पनि सम्बन्धित निकायले बाघ धपाउन वा नियन्त्रणमा लिन गम्भीर...