३ माघ २०८२, शुक्रबार

मुख्य समाचार

भन्सार राजस्व छलेर भित्रयाईएको १९ लाख बढीको सामान शसस्त्र प्रहरीद्धारा बरामद

भन्सार राजस्व छलेर भित्रयाईएको १९ लाख बढीको सामान शसस्त्र प्रहरीद्धारा बरामद

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १ पुस । यसअघि दिनदिनै तस्करी गरेर भित्रयाईएको सामान नियन्त्रणमा लिंदै आएको शसस्त्र प्रहरीले भन्सार राजस्व छलेर नेपालगञ्ज भित्र्याइएको ठुलो परिमाणको सामान फेरी बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक भुपेन्द्र बहादुर रोकायाको टोलीले ठूलो परिमाणमा अवैध भन्सार छलीको सामानसहित मिनि ट्रक बरामद गरेको हो । भारतबाट भन्सार छलेर भे १ च १९४१ नम्बरको मिनि ट्रकमा ल्याउँदै गरेको ५९० पिस लेडिज सुट बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीका गणपती सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले जानकारी दिनुभयो । बाँकेको खजुरा गाउँपालिका–७ सोनापुर नजिकैबाट बरामद गरिएको १९ लाख ८ हजार मूल्य बराबरको सामानसहित ट्रक थप कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो। प्रहरीले गत तीन दिन...
नेकपा माओवादी केन्द्र लुम्बिनीको अध्यक्षमा सुदर्शन बराल चयन

नेकपा माओवादी केन्द्र लुम्बिनीको अध्यक्षमा सुदर्शन बराल चयन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १ पुस । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल चयन हुनुभएको छ । दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो । त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बरालको नाम टुंगो लगाएको माओवादी केन्द्रका नेताले जानकारी दिएका छन । माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा बराल सर्वसम्मत अध्यक्ष बन्नुभएको हो । प्रदेश अध्यक्षमा रोल्पाका दीपेन्द्र पुन र दाङका होमराज शर्माले पनि दावी गर्दै आउनुभएको थियो । तर दुवै जना २ सय १७ सदस्यीय प्रदेश समितिमै नपरेपछि बराल सर्वसम्मत अध्यक्ष हुनुभएको हो । प्रदेश समितिका अरु पदाधिकारी भने टुंगो लागेको छैन । बराल लुम्बिनी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री समेत रहनुभएको छ । माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, ...
क्रिकेट संघले मल्ल र ऐरीलाई बर्खास्त गरेर लामिछानेलाई कप्तान बनायो

क्रिकेट संघले मल्ल र ऐरीलाई बर्खास्त गरेर लामिछानेलाई कप्तान बनायो

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज, मंसिर २९ । नेपाल क्रिकेट संघ क्यान ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरेको छ। क्यानको बुधबार बसेको बोर्ड बैठकले दुवैलाई पदमुक्त गर्दै नयाँ कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको छ। क्यानले अनुशासन उल्लंघनबारे गठन गरेको छानबिन समितिको सिफारिस अनुसार उनीहरुलाई कारबाही गरिएको क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लले जनाएका छन्। अनुशासन उल्लंघन आरोपमा उनीहरु सहित सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्दै २०२२ को सेन्ट्रल कम्ट्रयाक्टमा ६ महिना सहभागी नगराउने निर्णय पनि क्यानले गरेको छ। (नेपाल खबर अनलाइनबाट साभार)  ...
राजस्व छलेर ल्याईएको तीन लाखका कपडा, चिनी र हाडवेयरका सामान प्रहरीद्धारा बरामद

राजस्व छलेर ल्याईएको तीन लाखका कपडा, चिनी र हाडवेयरका सामान प्रहरीद्धारा बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २९ मंसिर । भारतबाट राजस्व छलेर लयाएको तीन लाख रुपियाँको लत्ता कपडा, चिनी र हाडवेयरका सामान प्रहरीले बरामद गरेको छ । प्रहरीले सक्रियता देखाउँदै दिनदिनै सामान पक्राउ गर्दै आएपनि तस्करहरुले आफ्नो काम छाडेका छैनन् । भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको तीन लाख रुपियाँको लत्ता कपडा, चिनी र हाडवेयरका सामान प्रहरीले नेपालगञ्ज वडा नम्बर १६ बाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो बारेमा थप अनुसन्धान भैरहेको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो । उहाँले राजस्व छलेर सामान भित्रयाउन सक्रिय तस्करलाई प्रहरीले कुनै पनि हालतमा सफल हुन नदिने जनाउँदै सीमानामा निगरानी र गस्ती दुबै बढाईएको बताउनुभयो । यहाँस्थित नेपाल भारत सीमानामा रहेको जमुनाह प्रहरी कार्यालय, सीमा प्रहरी कार्यालय र शसस्त्र प्रहरीका विभिन्न चेकपोष्टले तस्करी र अवै...
सामुदायिक वनको १५ लाख रुपियाँ पदाधिकारीद्धारानै हिनामिना

सामुदायिक वनको १५ लाख रुपियाँ पदाधिकारीद्धारानै हिनामिना

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २९ मंसिर । बाँकेको रााप्तीसोनारी गाँउपालिका वडा नम्वर ४ माहुको श्री रामजानकी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीले मिलेर १५ लाख रुपियाँ हिनामिना गरेको आरोप सोही समुहका उपभाक्ताले लगाएका छन् । सिक्टाको नहर निमार्ण गर्ने क्रममा सामुदायिक वनको रुखहरु काटेर विक्रि गर्दा भएको २७ लाख आम्दानी मध्ये १२ लाखमा कार्यालय भवन निर्माण गरेको देखाइए पनि अरु १५ लाख हिनामिना गरिएको पाईएको उपभोक्ताको भनाई छ । उपभोक्ता समुहकी अध्यक्ष कृष्णि चौधरी, सचिव बासुु चौधरी र कोषध्यक्ष सरिता चोधरीको मिलोमतोमा सो हिनामिना भएको तिनै जनाले स्विकार गरेको जनाईएको छ । रुखबाट प्राप्त रकम सामुदायिक वनको सिभिल बैंकको खातामा जम्म गरिएको थियो । जस मध्य १२ लाख भवन निर्माण र बाँकी रकम अध्यक्ष, कोषध्यक्ष र सचिवले हिनामिना गरेको उपभोक्ता डिल्ली चौधरीले बताउनुभयो । चौधरीका अनुसार आफनो घरमा काम प...
जमुनाह प्रहरीद्धारा पेन्टी र जुत्तामा लुकाइएको ५५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

जमुनाह प्रहरीद्धारा पेन्टी र जुत्तामा लुकाइएको ५५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर २८ । यहाँस्थित नेपाल भारत सीमानामा रहेको जमुनाह प्रहरी र लागु औषध व्युरोको टोलीले भारतबाट पेन्टी र जुत्ताभित्र लुकाएर भारतबाट ल्याउँदै गरेको ५५ ग्राम लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलवार बेलुकी साढे ६ बजे नेपालगञ्ज १५ जमुनाह चेकपोष्टबाट भारतबाट नेपाल छिरि रहेका दांग जिल्ला तुलसीपुर १५ बस्ने गौरव बुढाथोकी र बाँके राप्तीसोनारी १ बस्ने सुवास विकको खान तलाशी गर्दा बुढाथोकीले पेन्टीभित्र लुकाई राखेको २ पोका भित्रको ४८ ग्राम र विकले जुत्ताभित्र लुकाई राखेको ७ ग्राम गरि ५५ ग्राम लागु औषधसहित दुबैजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसअघि पनि प्रहरीले पटक पटक सो नाकाबाट ब्राउन सुगर नियन्त्रणमा लिंदै आएको छ । लागु पदार्थको कारोबार गर्नेहरुले नयाँ नयाँ तरिकाको प्रयोग गरेर भित्रयाउँदै आएका छन् ।  ...
नेपालगञ्ज विमानस्थलमा सुधारका लागि बासको एक महिने अल्टिमेटम

नेपालगञ्ज विमानस्थलमा सुधारका लागि बासको एक महिने अल्टिमेटम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर २८ । नेपालगन्ज विमानस्थलमा देखिएकोअस्तव्यस्तता र जंगली जनावर धापनमार्गमा छिर्ने घट्नामा सुधार ल्याउन बासले विमानस्थल व्यवस्थापनलाई एक महिनाको अल्टिमेटम दिएको छ । एक महिनाभित्र सुधार नगरिए चरणवद्ध आन्दोलनमा जाने चेतावनी समेत बासले मंगलवार नागरिक उड्डयन कार्यालय नेपालगञ्जलाई बुझाएको ज्ञापनपत्रमा दिर्ईएको छ । विमानस्थलको अस्तव्यस्तता विरुद्ध मंगलवार विमानस्थलको मूल गेटमा एक घण्टा शान्तिपूर्ण प्रदर्शन गरिएको थियो। विमानस्थलको मुल गेटमा बिहान १० बजेदेखि ११ बजे सम्म विभिन्न प्लेकार्ड बोकेर जम्मा भएका बास नेपालका युवाले सो प्रदर्शन गरेको थियो । शान्तिपुर्ण प्रर्दशनको क्रममा नेपालगन्ज विमानस्थल भित्रका समस्याहरु लेखिएका प्लेकार्ड सहभागिहरुले टाँस गरेका थिए । एक घण्टाको शान्तिपुर्ण प्रर्दशनपछि बासले विमानस्थलका समस्याहरु समाधानका लागि नेपालगन्ज विमान स्थलका...
भारतबाट फर्किने क्रममा एकजना नेपाली बाटोमै बेपत्ता, खोजी गरिदिन आग्रह

भारतबाट फर्किने क्रममा एकजना नेपाली बाटोमै बेपत्ता, खोजी गरिदिन आग्रह

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर २८ । भारतबाट नेपालस्थित दैलेख घर आउँदै गर्दा एकजना नेपाली बाटोमै बेपत्ता भएका छन् । दैलेख जिल्ला गुरास गाउँपालिका २ का ४२ वर्षिय मानबहादुर सुनाखरी मगर भारतको राजकोटबाट छोरासंगै रुपैडिया आउने क्रममा बाटोमा बेपत्ता भएका हुन । छोरा प्रकाशका अनुसार मानसिक बिरामी भएका उनका बुवा बाटोमै कहाँबाट बेपत्ता भए भन्ने अत्तोपत्तो छैन । तीन दिन अघि मंसिर २६ गते उनीहरु नेपालगञ्ज आउँदै थिए । बुवाको खोजिका लागि प्रकाशले जिल्ला प्रहरी कार्यालय बाँके र भारतीय प्रहरीसंग अनुरोध गरेका छन् ।...
जनता समाजवादी पार्टीका चार पालिका प्रमुख पदका उम्मेदवारको नाम घोषणा

जनता समाजवादी पार्टीका चार पालिका प्रमुख पदका उम्मेदवारको नाम घोषणा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर २७ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद एवं जनता समाजवादी पार्टीका प्रभावशाली नेता मोहम्मद ईश्तियाक राईले बाँकेका चारवटा पालिकामा पार्टीको अवस्था निकै बलियो रहेकोले विजयी हुने दावी गर्दै पालिका प्रमुखका उम्मेदवारको नाम पनि घोषणा गर्नु भएको छ । उहाँले केही महिनापछि हुने स्थानीय तहको निर्वाचनमा बाँकेको नेपालगञ्ज उपमहानगर, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र जानकी गाउँपालिकाबाट जनता समाजवादी पार्टीका उम्मेदवार विजयी हुने दावी गर्दै ती पालिकाका प्रमुख पदका उम्मेदवारको नाम पनि घोषणा गर्नु भएको छ । जसपाको केन्द्रिय कार्यकारीणी सदस्य समेत रहनु भएका नेता राईका अनुसार नेपालगञ्ज उपमहानगरको मेयरमा पार्टी जिल्ला अध्यक्ष कमरुद्दीन राई, नरैनापुरबाट वर्तमान अध्यक्ष ईश्तियाक अहमद शाह, डुडुवा गाउँपालिकाबाट भण्डारीलाल यादव र जानकी गाउँपालिकाबा...
भारतबाट हुने अवैध आयात निरन्तर जारी, फेरी १३ लाखको सामान बरामद

भारतबाट हुने अवैध आयात निरन्तर जारी, फेरी १३ लाखको सामान बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर २७ । भारतबाट हुँदै आएको अवैध आयात र चोरी तस्करी निरन्तर जारी रहेको छ । सोही क्रममा सशस्त्र प्रहरीको टोलीले बाँकेबाट एउटा भ्यानसहित ठुलो परिमाणमा भारतबाट अवैध रपमा भित्रयाईएको लेडिज ब्रा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भुपेन्द्र रोकायको कमान्डमा खटिएको टोलीले बाँकेको जानकी गाउँपालिकास्थित खजुरा खुर्दबाट सोमवार बिहान ४ बजे भे १ च २६३९ नम्बरको भ्यानसहित १६६९ दर्जन लेडिज ब्रा बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले बताउनुभयो। गस्तीमा रहेको नायब निरीक्षक रोकायको टोलीले बर्दियाबाट आइरहेको उक्त भ्यान खजुरा खुर्दमा रोकिराखेको अवस्थामा चेकजाँचका क्रम ती अवैध सामाग्री फेला परेको एसपी बमले बताउनुभयो । एसपी बमका अनुसार बरामद गरिएको ब्रा को मूल्य ८ लाख १ हजार ...