सिराज खान
नेपालगञ्ज, मङ्सिर २७ गते । केही समय पहिलेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि घरघरमा गएर अनुनय विनय गर्नुपर्ने अवस्था रहेकोमा अहिले खोप केन्द्रमा थामिनसक्नु भीड देखिएको छ । ओमिक्रोन भाइरसको त्रासपछि बाँकेमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड खोप केन्द्रमा बढेको हो ।
घातक भाइरस ओमिक्रोन नेपालमा पनि भेटिएको थाहा पाएर सोबाट जोगिन जिल्लाका विभिन्न वडाहरुमा रहेका खोप केन्द्रमा खोप लगाउनेको थामिनसक्नु भीड लागेको बाँकेका खोप फोकल पर्सन स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताउनुभयो ।
उहाँले केही समयअघिसम्म खोप केन्द्रमा दिनभर मानिस कुरेर समय बिताउनुपर्ने अवस्था रहेकोमा अहिले खोप लगाउनेको चाप अत्याधिक बढेको बताउनुभयो । कतिपय खोप केन्द्रमा त विहानैदेखि मानिसहरु लाममा लागेको र रातिसम्म पनि खोपका लागि तछाडमछाड गरिरहेको पाइएको खोप फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले यो निकै र...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २६ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले दाङमा रहेका खेल पुर्वाधारको निरिक्षण गर्नुभएको छ । दुई दिने जिल्ला भ्रमणकालागि दाङ पुग्नुभएका मन्त्री अथकले बेलझुण्डि र रामपुरमा रहेका खेल पुर्वाधारहरूको निरिक्षण गर्नुभएको हो ।
राष्ट्रिय खेलकुद परिषदको प्रतिनिधि सहित बेलझुण्डि रंगशालाको निरिक्षणमा पुग्नुभएका मन्त्री अथकले निर्माणाधिन अवस्थामा रहेका तथा निर्माण सम्पन्न भईसकेका खेल संरचनाको संरक्षण गर्नुपर्ने बताउनुभयो । राज्यको करोडौं लगानिमा तयार भएका खेल संरचना संरक्षण अभावमा जिर्ण हुने अवस्थामा पुग्नु दुखद भएको बताउँदै मन्त्री अथकले सम्बन्धि स्थानियले नै संरक्षणकालागि अपनत्व लिनुपर्नेमा जोड दिनुभयो ।
निर्धारित समयमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्न आवश्यक तयारी सुरू भईसकेको बताउँदै मन्त्री अथकले आठौं राष्ट्रिय खेलकुद प्रतियोगि...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २६ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान निर्वाचन प्रणाली अतिनै खर्चिलो हुँदै गएकोले यसले भ्रष्टाचारलाई प्रोत्साहन दिईरहेकोले परिवर्तन गर्नु आवश्यक भएको बताउनुभएको छ ।
आइतवार नेपालगञ्जमा आयोजना गरिएको बृहत अगुवा कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले लाखौं करोड खर्च गरेर निर्वाचन जित्ने प्रणालीलेनै भ्रष्टाचारलाई आमन्त्रण गरिरहेको बताउनुभयो ।
जुनसुकै जनताले पनि सहज रुपमा निर्वाचनमा प्रतिष्पर्धा गर्न पाउने प्रणाली आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले नेपालकै ईतिहासमा अहिले नेपाली जनताले सबैभन्दा बढी अधिकार पाएको उल्लेख गर्दै यो अधिकार मधेश आन्दोलनको देन भएको बताउनुभयो ।
हालसम्म देशमा भएका सबै आन्दोलनले सत्ता र शक्ति मात्रै परिवर्तन गरेको जनाउँदै पुर्व उपप्रधानमन्त्री स...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २६ । समाजसेवाको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याए वापत बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक र अर्थ निर्देशकलाई भारतको राजधानी नयाँ दिल्लीमा भारतीय दलित साहित्य अकादमी दिल्लीले डाक्टर अम्बेडकर विशिष्ट सेवा राष्ट्रिय पुरस्कारवाट सम्मान गरेको छ ।
भारतीय दलित साहित्य अकादमीले आफ्नो बार्षिकोत्सवको अवसर पारेर भारत र भारत बाहिरका विभिन्न देशका व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर र अर्थ निर्देशक वेद पंगालीलाई सम्मानित गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले कार्यकारी निर्देशक तुलाधरलाई डा.अम्बेडकर एक्सीलेन्सी सर्विस नेसनल अवार्ड २०२१ र अर्थ निर्देशक पंगालीलाई डा.अम्बेडकर कलाश्री नेसनल अवार्ड २०२१ बाट सम्मानित गरेको बताउनुभयो ।
नयाँ दिल्लीमा शनिवार आयोजित एक भव्य समारोहम...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २५ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बाँकेमा दुई जना ईश्तियाक रहेसम्म बिकासले तिब्रता पाइरहने बताउनुभएको छ।
उहाँले जबसम्म नेपालगञ्जमा मोहम्मद ईश्तियाक राई र नरैनापुरमा ईश्तियाक अहमद शाह जनताका प्रतिनिधि रहनेछन् तबसम्म बिकास निर्माणको गतिलाई कसैले रोक्न नसक्ने बताउनुभयो।
जिल्लाको दुर्गम मानिने नरैनापुरमा शनिबार आयोजना गरिएको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले फेरि पनि दुवै ईश्तियाकलाई जिताउन आग्रह गर्नुभयो।
केही वर्ष पहिले आफु नरैनापुरमा आएको बेला आउन ८ घण्टा लागेको स्मरण गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका यादवले यस पटक ४५ मिनेटमा पुग्दा बिकास आफैले आफ्नो परिचय गराएको बताउनुभयो। जसपाका उम्मेदवार विजयी भएपछि विकासको क्रान्ति भएको उहाँले जनाउनुभयो ।
मधेस आन्दोलन कै परिणाम स्वरूप आ...
समाचारदाता
नेपालगञ्ज, २५ मङ्सिर । बाँके जिल्लाका चार वटा पालिकाका मानवबेच विखन बिरुद्धका समिति र बालअधिकार समितिका पदाधिकारी तथा सदस्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको प्राटेक्ट परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, खजुरा तथा बैजनाथ गाउँपालिकामा गठन गरिएका मानव बेचविखन विरुद्धका समिति र बालअधिकार समितिका पदाधिकारीका लागि सो अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरिएको हो ।
सो संवाद कार्यक्रमको अध्यक्षता गर्दै खजुरा गाउँपालिकाका उपमेयर एकमाया विकले मानव बेचबिखन नियन्त्रण र बालअधिकार बहालका लागि यस्ता संवाद कार्यक्रमहरु निकै फलदायी हुने बताउनुभयो ।
कार्यक्रममा खजुराका महिला तथा बालबालिका शाखाका प्रमुख शुसिला न्यौपाने, जिल्ला प्रहरी कार्यालय महिला सेलका प्रहरी सहायक निरिक्षक दिलस...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २५ मङ्सिर । बर्दिया जिल्लाको मधुवन नगरपालिकालाई दुई वर्षभित्र बालविवाहमुक्त नगरपालिका बनाउने प्रतिवद्धता सबै सरोकारवालाहरुले गरेका छन् ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको बाल संरक्षण परियोजना अन्तर्गत संस्थाद्धारा नगरपालिकाको समन्वयमा आयोजना गरिएको तीन दिने बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका निर्माण कार्यशालामा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।
मधुवन नगरपालिकाका मेयर गणेश बहादुर क्षेत्रीको अध्यक्षतामा आयोजना गरिएको सो कार्यशालामा उक्त पालिकालाई बालविवाहमुक्त घोषणा गर्नका लागि निर्देशिका निर्माण गर्ने उदेश्यले पालिकाभित्र बालविवाहको अवस्था, चुनौती र घोषणा गर्नका लागि चाहिने आवश्यक मापदण्ड र सुचकहरुबारे व्यापक छलफल गरिएको थियो ।
कार्यशालामा मेयर क्षेत्रीले पालिकालाई विक्रम संवत २०८० साल भित्र बालविवाहमुक्त घोषणा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २४ मंसिर । धान बिक्रिका लागि कुपन लिन कृषि ज्ञान केन्द्र बाँकेमा पुगेका कृषकले छिटो कुपन पाउनका लागि तछाड मछाड गर्दै ज्ञान केन्द्रको मुख्य गेटको ढोका तोडफोड गरेका छन । कुपन लिन विहानै कार्यालयमा पुगेपनि ११ बजेसम्म कुपन वितरढा नगरिएपछि आक्रोशित भएका उनिहरुले ढोका तोडफोड गरेर भित्र छिरेका थिए ।
धान विक्रिका लागि कृषि ज्ञान केन्द्रको सिफारीस अनिवार्य गरिएपछि कुपन लिन चाहने किसानको संख्या धेरै भएकोले आफ्नो पालो नआउला भन्ने डरले अधिकांश किसानले पहिलेनै पालो खोजीरहेका छन् । खाद्य व्यवस्था कम्पनीमा धान खरिद कार्य सहज बनाउन प्राथमिक खरिद समितिको बैठकले कृषि ज्ञान केन्द्र बाँकेको सिफारीस कुपन गर्दै धान बेच्न चाहने कृषकलाई शुक्रबार देखि कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको थियो । कुपन वितरण हुने सूचना पाएका किसानहरु शुक्रबार बिहान ५ बजेदेखि कृषि ज्ञान केन्द्र बाँकेम...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २४ मंसिर । स्थापनाको २१ बर्ष पुरा भएको अवसरमा शुक्रवार बासले संस्थाको २१औं बार्षिकोत्सब नेपालगन्जमा भब्य रुपमा सम्पन्न गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्सेर राणाको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सब कार्यक्रममा बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिना, सल्लाहकार पूर्णलाल चुके लगायतले सुशासन र पारदर्शिता कायम गर्न बास सक्रिय रहेको बताउदै आगामी दिनमा थप सशक्तरुपमा अगाडी बड्न सफल होस भन्ने शुभकामना ब्यक्त गरे ।
बासका केन्द्रीय महासचिब शिव कुमार बर्माले सञ्चालन गरेको कार्यक्रममा बासले उत्कृष्ट ३ शाखालाई नगद सहित सम्मान गरेको छ । यसैगरी बासमा कार्यरत ४ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी २०७८ को रुपमा सम्मान गरेको छ । कोभिड १९ न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा कोभिड हिरोको रुपमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका नरेश बाबु...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २४ मंसिर । बाँकेको डुडुवा गाउँपालिका २ स्थित जाफरपुरुवाबाट १ लाख मूल्य बराबरको अवैध सालको काठ नेपाल प्रहरी, सशस्त्र प्रहरी, झोरा सामुदायीक वन उपभोक्ता समुह र वन कर्मचारीहरुको टोलिले बरामद गरेको छ ।
नेपाल प्रहरी, शशस्त्र प्रहरी, झोरा सामुदायीक वनकापदाधिकारी र डिभिजन वन कार्यालय बाँकेको सयुक्त टोलीले डुडुवा गाउँपालिका २ जाफरपुरुवा बस्ने कमाल खाँको घरबाट ३१.६७ क्युविक फिट अवैध रुपमा काटी ल्याई लुकाई राखिएको सालको काठ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सो टोलिले स्थानीय व्यक्तिहरूको रोहवरमा अवैध काठ बरामद गरेको हो । अवैध रूपमा सालको काठ घरमा लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाको आधारमा सो टोलिले अपरेसन सुरु गर्ने क्रममा सालको काठ बरामद गरेको जिल्ला बव डिभिजन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले जानकारी दिनुभयो । प्रमुख कडेलका अनुसार दोषी कमाल खाँ...