नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १७ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–२ घरबारीटोलस्थित लुम्बिनी गार्मेन्ट उद्योगमा शुक्रवार राति आगलागी हुँदा चार करोडको क्षति भएको छ ।
आगलागीबाट उद्योग भित्र रहेका सबै मेशिन, कच्चापदार्थ तथा तयारी कपडा जलेर नष्ट भएको उद्योग सञ्चालक कालिमिया कस्मिरा खातुनले जानकारी दिनुभयो ।
राती एक बजे आगलागी भएको थाहा पाएपछि तुरुन्त नेपालगन्ज उपमहानगरपालिकाको दमकलाई खबर गरेपनि एक घण्टापछि आएर आगो नियन्त्रणमा लिएको खातुनले बताउनुभयो । के कारणले आगलागी भएको हो भन्ने जानकारी नभएपनि बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने गार्मेन्ट सञ्चालक खातुनको भनाई छ ।
उद्योगमा सुईटर लगायतका उलनका कपडा उत्पादन हुँदै आएको थियो । आगलागीबाट सुईटर उत्पादन गर्ने पाँच वटा अटोजाईका मेशिन र एउटा सर्कुलर ईन्टरलक मेशिन लगायत कच्चापदार्थ र तयारी कपडा गरि चार करोड बढी क्षति भएको उद्योग सञ्चालक...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १५ । नेपालगन्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखाको क्वार्टरमा निसास्सिएर बेहोस भएका तीन जना होसमा आएका छन् । तीन वर्षीय दिवश भट्टराई, २४ वर्षीया सुशीला भट्टराई र १८ वर्षीय नरेन्द्र भट्टराई होसमा आउनुभएको हो ।
भेरी अस्पतालमा उपचाररत उनीहरू होसमा आएको उपचारमा संलग्न डा सुवास जिसीले जानकारी दिनुभयो ।
सानो बच्चा र आमा होसमा हुनुहुन्छ उहाँले भन्नुभयो–‘बच्चालाई झोल खुवाउने भनिएको छ । भाइलाई भने भेन्टिलेटरमै राखिएको छ ।’ होसमा आए पनि शरीरमा कार्बनमोनोअक्साइड रहेकाले भेन्टिलेटरमा राखेर वास गर्ने काम भइरहेको उहाँको भनाइ छ ।
राति कोइला बालेर सुतेपछि निसास्सिएर मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी कालिकोटको खाँडाचक्र नगरपालिका–६ का २३ वर्षीयका धनप्रसाद भट्टराई, उहाँका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र दिदी ४० वर्षीया नन्द...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १५ । बाँकेको नेपालगञ्जबाट फलामलाई सुन बताएर ठगी गर्ने कार्यमा संलग्न दुई जनालाई १ किलो लेखिएको सुन जस्तो देखिने बिस्किट, करिब तीन लाख नगद तथा ४ लाखको चेकसहित प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नंवर २० राँझा चोक नजिक सुनको कारोबार भैरहेको सुचनाको आधारमा त्यहाँ पुगेको प्रहरीको टोलीले १ किलो लेखिएको सुनको बिस्कुट, २ लाख ७७ हजार रुपियाँ नगद तथा चार लाखको चेकसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले अवैध रुपमा सुनको कारोबार भैरहेको भन्ने गोप्य सुचनाको आधारमा राँझा चोकबाट नक्कलीे सुन र नगद तथा चेकसहित जाजरकोटको बारेकोट गाउँपालिका ६ का २२ बर्षीय राजु कार्की र सोही बारेकोट गाउँपालिका वडा नं– ८ का २९ वर्षीय पुर्ण बहादुर बिकलाई पक्राउ गरिएको बताउनुभयो...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १५ । विश्व वन्यजन्तु कोषका निर्देशक डा घन श्याम गुरुङ , विश्वजन्तु कोष नेपाल कि गुड विल एम्बेस्डर वरिष्ठ गायिका आनी छोईङ डोल्मा र आठ विलियन रुखका का हरित अभियन्ता हेमन्तराज काफ्लेले संयुक्त रुपमा विहिबार सितलचिनिको बिरुवा नेपालगन्जको सोल्टी होटल परिसरमा लगाउनु भएको छ ।
सितलचिनिको बारेमा गायिका आनिले आफू अफ़्रिका घुम्न गएको बेला थाहा पाएको र यो स्वास्थ्यका लागि निकै फाईदा जनक एक सुपर फुड भएको बताउनु भएको थियो र त्यही मोरिङ्गाको बिरुवा लोसार जस्तो सुभ दिनमा लगाउन पाउँदा निकै खुसी भएको बताउनुभयो । विश्वजन्तु कोषका निर्देशक डा गुरुंगले रुख नै जीवन हो यो रुखले हामिलाई नेपालगन्जलाई स्मरण गराई रहने छ भन्दै संरक्षणका क्षेत्रमा हामीले सबैलाई चेतना दिन निकै जरुरी रहेकोले बिरुवा लगाउनुपर्ने बताउनुभयो ।
बिरुवा लगाउन जुराएकोमा नेपालगञ्जका हरित अभियन्ता हेमन्तलाई अत...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १५ । नेपाली काँग्रेसका नवनिर्वाचित सह–महामन्त्री किशोरसिंह राठौरले पार्टीको १४ औं महाधिवेशनले पाटीलाई नयाँ उर्जा दिएको बताएका छन् ।
नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले महाधिवेशनले एकताको सन्देश दिएको बताए ।
राठौरले नेता कार्यकर्ताहरुलाई अब एक ढिक्का भएर लाग्न आह्वान पनि गरे । पार्टी सुदृढ ढंगले अघि बढ्ने उनको विश्वास छ । सह–महामन्त्री राठौरले बाँकेमा हुन लागेको निर्वाचनमा आफुले सर्वसम्मतको प्रयास गर्ने बताए ।
उनले भने बाँके काँग्रेसको अधिवेशन सर्वसम्मतबाटै चुनिनेछ । त्यो सम्भव नभए लोकतान्त्रिक मान्यताअनुरुप निर्वाचन गरिनेछ ।
पत्रकारको जिज्ञासामा उनले आगामी चुनावमा एक्लै वा गठबन्धनमा लड्ने भन्ने बारेमा समय अनुसार निर्णय हुने बताए ।
‘सभापति ज्युले प्रधानमन्त्रीका हैसियतले अवश्य पनि सबैलाई मिलाएर...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १५ । यहाँस्थित नेपाल भारत नाकाको सीमापारी रुपैडिहाबाट भैरहेको लागु औषधको ओसार पसार निरन्तर जारी नै रहेको पाईएको छ । प्रहरी सक्रियताका कारण दिनदिनै लागु औषध ओसार पसार गर्नेहरु पक्राउ पर्दै आएपनि ओसारपसार गर्न छोडेका छैनन् ।
सो क्रममा पछिल्लो पटक विहिबार विहान नेपालगञ्जको सिमा नाका जमुनाहबाट लागूऔषध ट्याब्लेटसहित एक जना १९ वर्षका युवक पक्राउ परेका छन् । लागु औषध ओसार पसार र सेवनमा अधिकांश युवानै रहेको पाईएको जमुनाहा प्रहरीले जनाएको छ ।
विहिबार विहान ९ बजेर ४५ मिनेट जाँदा सीमापारी रुपैडिहाबाट आइरहेको जुम्ला गोठीचौर गाउँपालिका १५ का १९ वर्षिय युवक दिनेश नेपालीलाई चेक जाँच गर्दा उनले लुकाएर ल्याईरहेको विभिन्न लागु औषधका १०१ वटा ट्याब्लेटसहित नियन्त्रणमा लिईएको जमुनाहा प्रहरीले जनाएको छ ।
नेपालीको चेकजाँच गर्दा प्रहरीले नाइट्रोभेट ५१ ट्याब्लेट, एनटी १० नाम...
सिराज खान
नेपालगञ्ज, पुस १५ गते । भेरी अस्पतालको हाताभित्र रहेको कर्णाली क्षेत्रीय मेडिकल स्टोरको क्वाटरमा बस्दै आएका एकै परिवारका चार जना सुतेकै अवस्थामा विहिबार विहान मृत भेटिएका छन् भने तीन जना बेहोस अवस्थामा फेला परेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले दिनु भएको जानकारी अनुसार उनिहरुले आगो बालेर झ्याल ढोका बन्द गरि सुतेको देखिएकोले निसासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
उहाँले भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उहाँको ३ महिनाको छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको पाईएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकार...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १४ पुस । शितलहर तथा चिसो अत्याधिक वढ्दै गएपछि नेपाल रेडक्रस सोसाईटी बाकेले जिल्ला विपद व्यवस्थापन समिति बाँकेमार्फत बाँके कारागारका कैदी बन्दीका लागि ३० थान कम्मल वितरण गरेको छ ।
विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी सुर्य वहादुर खत्री, जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारी र रेडक्रस बाँकेका कोषाध्यक्ष राकेश वहादुर श्रीवास्तवले संयुक्त रुपमा कारागारका जेलर राम कुमार सोनकरलाई सो कम्मल हस्तान्तरण गर्नुभयो ।
त्यसैगरि सोही अवसरमाकैदी बन्दीकै लागि १५ थान पि फर्म पनि हस्तान्तरण गरिएको रेडक्रस बाँकेले जनाएको छ । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले चिसोको बेला अति विपन्न र आवश्यकता महसुस भएकालाई कम्मल लगायतका न्यानो कपडा वितरण गर्न जिल्लाका सबै गैर सरकारी संघसंस्थासंग आग्रह पनि गर्नुभयो ।
चिसो अत्याध...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १४ पुस । गैर सरकारी संस्था महासंघ बाँकेले अन्तरािष्टय पुरस्कार र सम्मान पाउनु हुने तथा केन्द्रिय पदमा निर्वाचित हुनुहुने विभिन्न व्यक्तित्वहरुको स्वागत सम्मान गरेको छ ।
महासंघको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित गैससकर्मी धर्मलाल रोकाय, भारतमा ‘डा अम्बेडकर विशिष्ट सेवा पुरस्कार–२०२१’ बाट सम्मानित सामाजिक अभियन्ता मिना पराजुली, ‘डा अम्बेडकर सेवा पुरस्कार–२०२१ बाट सम्मानित सामाजिक अभियन्ता रवि तुलाधार र डा अम्बेडकर कलाश्री सेवा पुरस्कार–२०२१ बाट सम्मानित सामाजिक अभियन्ता बेद प्रकाश शर्मालाई महासंघले स्वागत, सम्मान गरेको हो ।
महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गैसस महासंघ नेपालका नव निर्वाचित केन्द्रीय सदस्य धर्मलाल रोकायले सामाजिक मुद्धामा कटिबद्ध भएर अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १३ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले लुम्बिनी प्रदेशस्तरीय “चालकसँग ट्राफिक प्रहरी” सचेतना कार्यक्रमलाई निरन्तर जारी राखेको छ ।
सो सचेतना कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा तैनाथ रहेका ट्राफिक प्रहरीहरुले विभिन्न सवारी साधनका चालकहरुलाई रोकेर उनिहरुलाई सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेत पार्दै आएका छन् ।
सो क्रममा मंगलवार नेपालगञ्ज उप महानगरपालिका २० राझाँस्थित प्रहरी नायब निरिक्षक ओम प्रसाद पौडेलको टोलिले मोटरसाइकल, ई रिक्सा, अटो र अन्य गाडीका सवारी चालक र सह चालकहरु लाई जम्मा गरेर, रोकेर सवारी दुर्घटनाबाट बच्ने उपाय, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, ओभरटेक कसरी गर्ने, दाँया बायाँ कसरी मोड्ने, सवारीको गति, लेन अनुशासन, दुर्घटना न्यूनिकरण, जाडोको समयमा हुस्सु कुहिरो लागेको बेला सवारी साधन चलाउदा अपनाउनु पर्ने सजकता स...