३ माघ २०८२, शुक्रबार

मुख्य समाचार

सुन व्यवसायी हेमकार परिवारका पाँच जनाको हत्या आरोपीलाई जिल्ला अदालतद्धारा सफाई

सुन व्यवसायी हेमकार परिवारका पाँच जनाको हत्या आरोपीलाई जिल्ला अदालतद्धारा सफाई

Uncategorized, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २४ मंसिर । १६ वर्षअघि नेपालगञ्जका सुन व्यापारी हेमकारपरिवारको सामुहिक हत्या काण्डका आरेपीलाई बाँके जिल्ला अदालतले सफाइ दिएको छ । नेपालगञ्जका सुन व्यापारी दीपक हेमकारको परिवारका ५ सदस्यको हत्याका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई प्रमाण नपुग्ने र शङ्काको सुविधा पाउने भन्दै बाँके जिल्ला अदालतले सफाइ दिएको हो । जिल्ला अदालतका न्यायाधीश पूर्ण  बास्तोलाको इजलासले हत्याका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई सफाइ दिने फैसला गरेको छ। गत कात्तिक ७ गते भएको फैसलाको पूर्णपाठ केही दिनअघि मात्रै प्रमाणीकरण भएको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टले जानकारी दिनुभयो । जिल्ला न्यायाधीश बास्तोलाले शङ्काको भरमा जाहेरी आएको र त्यसलाई पुष्टि गर्ने प्रमाण अभियोजकले पेस गर्न नसकेको भन्दै शङ्का रहेपनि शङ्काको सुविधा आरोपीले पाउने भन्दै सफाइ दिनु भएएको हो । २०६२ साल...
नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध बृहत्त पैदल मार्च, सयौंको प्रतिवद्धता

नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध बृहत्त पैदल मार्च, सयौंको प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, २३ मंसिर । भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपालगञ्जमा बृहत्त पैदल मार्चको आयोजना गरिएको छ । भ्रष्टाचार विरुद्ध संगै हिंडौ भन्ने मुख्य सन्देशका साथ आयोजना गरिएको सो पैदल मार्चमा सयौंको सहभागिता रहेको थियो । मार्चमा सहभागि सबैले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता समेत जनाएका थिए । भ्रष्टाचार विरुद्ध लामो समयदेखि अभियान चलाउँदै आएको बागेश्वरी असल शासन क्लबको आयोजना र अन्तराल नेपालगञ्जको व्यवस्थापनमा विहिबार विहान सो पैदल मार्चको आयोजना गरेर सचेतना अभियान सञ्चालन गरिएको आयोजकले जनाएका छन् । विभिन्न प्लेकार्डहरु बोकेर स्थानीय विपि चोकबाट शुरु गरिएको सो पैदल मार्च धम्बोझी चोक हुँदै सेतु विक चोक पुगेर बौद्ध गुम्बा नजिक पुगेर समापन भएको थियो । पश्चिम नेपालमै पहिलो पटक यस्तो प्रकारको बृहत्त पैदल मार्चको आयोजना गर्नुको मूख्य उद्देश्य भ्...
खजुराका प्रशासकीय प्रमुख लगायत कर्मचारीमाथि भएको कुटपिट छानविन गर्न दलहरुको माग

खजुराका प्रशासकीय प्रमुख लगायत कर्मचारीमाथि भएको कुटपिट छानविन गर्न दलहरुको माग

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २३ । खजुरा गांउपालिकामा कर्मचारी माथि कार्यालय भित्र गरिएको कुटपिट र दुव्र्यवहार बारे छानविन गर्न राजनीतिक दलहरुले माग गरेका छन् । विहीबार राजनितिक दलहरुले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै खजुरा गापामा भएको पिकनिक काण्ड पछि उत्पन्न घटनाक्रमका बारेमा छानबिन गरि दोषीलाई कानुनको दायरामा ल्याउन खजुरास्थीत राजनैतिक दलहरुले विज्ञप्ती मार्फत माग गरेका हुन । खजुरा गाउँपालिकास्थित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीले निकालेको सयुक्त प्रेश बिज्ञप्तीमा पिकनिकका क्रममा भएको भएको भनिएको यौन दुव्यवहारको बिषयमा कुनै पनि निकायमा उजुरी नहुनु र कार्यलाय भित्र कर्मचारी लाई कुटपिट र दुव्यवहार हुनु दुखद भएको उल्लेख गरिएको छ । यौन दुव्र्यवहारका बिषयमा पिडीत भनिएकी महिलाले सम्बन्धित निकायमा उजुरी दिने र सोही अनुसार अनुषन्धान पछि कारवाहीको प्...
नेपालगञ्जमा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु

नेपालगञ्जमा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २३ । नेपालगञ्जमा विहिबारदेखि जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघ बाँकेको आयोजना तथा नेपाली सेनाको भैरवप्रसाद गण र कर्मचारी मिलन केन्द्र बाँकेको सह–आयोजनामा नेपालगञ्ज रंगशालाको कभर्डहलमा सो खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको नेपाली सेनाको श्री ४ नम्बर अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उदघाटन गर्नुभयो । मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो प्रतियोतिामा ६ वटा विधामा प्रतिष्पर्धा हुनेछ । एकल स्पर्धातर्फ महिला र पुरुष, पुरुष युगल, भेट्रान्स युगल र यु–१९ उमेर समूह अन्तर्गत पुरुष एकल र महिला एकलमा प्रतिष्पर्धा भैरहेको छ । प्रतियोगितामा करिब डेढ सय जना खेलाडीले भाग लिएको जिल्ला ब्याडमिन्टन संघ बाँकेले जनाएको छ ।...
विभिन्न राहात पाएर धेरै सहज भयो– बर्दियाका बाढीपिडित र जनप्रतिनिधि

विभिन्न राहात पाएर धेरै सहज भयो– बर्दियाका बाढीपिडित र जनप्रतिनिधि

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, स्वस्थ्य
युनेस्कोद्धारा राजापुर र गेरुवाका ८६५ बाढीपिडित परिवारलाई ४५ लाखको राहात वितरण नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २३ । कात्तिकको पहिलो सातामा आएको बाढीले गर्दा अति प्रभावित बर्दियाको राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकाका पिडित परिवारले राहात सहयोग पाएपछि त्यसबाट निकै राहात मिलेको प्रभावित वडाका पिडित र जनप्रतिनिधिले बताएका छन् । गेरुवा वडा नम्बर ३ का वडा अध्यक्ष पुनाराम थारुले क्लबले गरेको राहात वितरणबाट अतिनै पिडित भएका महिला तथा बालबालिकालाई ठुलो सहयोग मिलेको बताउनुभयो । पोषणयुक्त खाद्यान्न, अन्य खाद्यान्न तथा विउ वितरणले पिडितलाई धेरै सहयोग पुगेको उहाँले बताउनुभयो । यसैगरि राजापुर १ का वडा अध्यक्ष खुशीराम थारुले पनि बेमौसमी बाढीबाट पिडित भएकालाई तत्काल राहात दिने काम क्लबले गरेकोमा त्यसबाट आफ्नो वडाका पिडितलाई धेरै सहज भएको बताउनुभयो । उहाँले तत्काल मिलेको यो सहयोगले ज...
विकास निर्माणका काममा ढिला सुस्ती नगर्न मन्त्री अथकको निर्देशन

विकास निर्माणका काममा ढिला सुस्ती नगर्न मन्त्री अथकको निर्देशन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर २२ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बिकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तिब्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिदै सबै बजेट तदारुकताका साथ कार्यन्वयन गर्न जोड दिनु भएको छ । बिकास निर्माणको अवस्था र आईपरेका समस्या र समाधानको उपाय खोजी गर्ने उद्धेश्यले आयोजना गरिएको बैठकमा मन्त्री अथकले बिकास निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरुले ठेक्का पाई सकेपछी काम नगर्ने र ढिलासुस्ती गर्ने प्रचलनले बिकासको गति पछि धकेलिएकोले त्यसमा कडाई गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । करिब एक दर्जन बढि कार्यालय प्रमुखहरुको उपस्थिति रहेको बैठकमा मन्त्री अथकले कुनैपनि कार्यालयलाई काम गर्न समस्या भएको खण्डमा आफुले सहजीकरण गर्ने प्रतिबद्...
विप्लव माओवादीको युवा संगठनद्धारा लाखौंको अवैध गिट्टी, बालुवा र ढुंगा कब्जा

विप्लव माओवादीको युवा संगठनद्धारा लाखौंको अवैध गिट्टी, बालुवा र ढुंगा कब्जा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर २२ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको युवा संगठन नेपालले बाँकेमा अवैध रुपमा उत्खनन गरी भण्डारण गरिएका गिट्टी, बालुवा र ढुंगालाई कब्जा गरेको घोषणा गरेको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकास्थित विभिन्न ३ स्थानमा डम्पिङ गरिएको उक्त सामाग्रीलाई विप्लव समुहको युवा संगठन नेपालले कब्जा गरेको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्वर २ को टीकुलीपुर र वडा नम्बर ६ फत्तेपुरस्थित खल्लाटेपरी, ढलैयामा डम्पिङ गरेर राखिएको करोडौं मुल्यको नदीजन्य सामाग्री सो संगठनले कब्जा गरेको जनाएको छ । अवैध रुपमा गिट्ट, बालुवा संकलन गरेर सामुदायिक वन क्षेत्रमा लुकाइ राखिएको अवस्थामा कब्जा गरिएको विप्लव निकट युवा संगठन नेपाल बाँकेले जनाएको छ । चोरी तस्करी गरेर राखिएका गिट्टी र बालुवा जनताको सम्पत्तिका रुपमा राज्यले लिनुपर्ने उक्त संगठनले जनाएको छ । विप्लव निकट अख...
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत यौन दुव्र्यवहारको आरोपमा पक्राउ

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत यौन दुव्र्यवहारको आरोपमा पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर २२ । यौन दुर्व्यवहार गरेको आरोपमा बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल र लेखा अधिकृत प्रदिप सुनारलाई आफ्नै कार्यालयका कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछिपक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले यौन दुर्व्यवहार गरेको आरोपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई बुधबार नियन्त्रणमा लिइएको जनाउँदै दुबै आरोपीलाई ईलाका प्रहरी कार्यालय खजुरा धनौलीमा राखिएको बताउनुभयो । उक्त गाउँपालिकाका कर्मचारीहरु गत शुक्रबार कैलालीको टिकापुर वनभोजका लागि गएका थिए। अधिकांश कर्मचारीहरु मदिराले लठ्ठ परेका थिए। वनभोज गएको समयमा आफूमाथि प्रमुख प्रशासकीय...
नेपालगन्जमा शाइन रेसुङ्गा बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपालगन्जमा शाइन रेसुङ्गा बैंकको वित्तीय साक्षरता कार्यक्रम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर २२ । शाइन रेसुङ्गा बैंकले नेपालगञ्जमा रहेको कलेज अफ मेनेजमेण्टमा विविएसमा अध्ययनरत विद्यार्थीहरुका लागि वित्तीय एवं डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम गरेको छ । बैंकका शाखा प्रबन्धक तेज बहादुर रावलले वित्तीय साक्षरताको आवश्यता, महत्व एवं वित्तीय समावेशीकरण, बैंकिङ्ग विकास र शाइन रेसुङ्गा बैंकको संक्षिप्त जानकारीका साथै बैंकले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा विद्यार्थिहरुलाई जानकारी गराउनु भएको थियो । करीब ५० जना भन्दा बढी विद्यार्थीहरु रहेको सो साषरता कार्यक्रममा कलेजका प्राध्यापकसहित अध्यापकहरको समेत सहभागिता रहेको थियो ।...
नेपाली काँग्रेसमा देउवाको विकल्प खोज्नेहरू आफैँ छिन्नभिन्न

नेपाली काँग्रेसमा देउवाको विकल्प खोज्नेहरू आफैँ छिन्नभिन्न

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विचार
विष्णु सेवेदी काँग्रेसको १३ औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धाको जुन खालको चित्र र चुनौती थियो, यस पटक त्यस्तो प्रतिस्पर्धाको सम्भावना कमजोर देखिएको छ । महाधिवेशनको औपचारिक उद्घाटन हुन दुई दिन मात्रै बाँकी रहदा पनि संस्थापन इतर समूह निकै अलमलमा देखिन्छ । त्यो समूहभित्र आन्तरिक कलह एवं विभाजन चर्किएको छ र साझा उम्मेदवार चयन गर्ने प्रयास असम्भव जस्तै देखिएको छ । विकल्प खोज्नेहरू झन् छिन्नभिन्न अवस्थामा देखिन्छन् । त्यहाँ गौँडागौँडामा गुटबन्दी छ । रामचन्द्र पौडेल, डा शशाङ्क कोइराला, प्रकाशमान सिंह, डा शेखर कोइराला, अर्जुननरसिंह केसी, डा रामशरण महत सबैले आफूलाई सभापतिको आकाङ्क्षीका रूपमा प्रस्तुत र दाबी गर्नुभएको छ । तर कसैले पनि अहिलेसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेको अवस्था भने छैन । यो अवस्थाले पनि संस्थापन इतरबाट साझा उम्मेदवार बन्ने सम्भावना निकै कमजोर देखिन्छ । पौडेललाई अघि ब...