काठमाण्डौं । नेकपा माओवादी केन्द्र क्रान्तिकारी र सत्ताँरुढ नेकपा माओवादी केन्द्रबिच आज कम्युनिष्ट एकता र वर्तमान अवस्थाबारे छलफल भएको छ । नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दुई पार्टीका नेताहरुबिच तयस्तो छलफल भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र क्रान्तकारीले माओवादी एकता अनिवार्यता, कम्युनिष्ट एकता आजको आवश्यकता’ को विषयमा चलाउँदै आएको वहस अभियानको अन्तर्गत आज सत्ताँरुढ नेकपा माओवादी केन्द्रसँग समेत छलफल भएको जनाएको छ ।
माओवादी केन्द्र क्रान्तिकारीले पार्टीको योजना अनुसार सबै माओवादी तथा कम्युनिष्ट र देशभक्त, प्रगतिशिल, परिवर्तनकारी राजनीतिक दल, समूह लगाएतसँग कम्युनिष्ट एकता र जनवाद स्थापनाबारे गम्भिर छलफल चलाउँदै आएको छ ।
उक्त छलफलको क्रममा नेकपा माओवादी केन्द्र क्रान्तिकारीका महासचिव लोकराज जैसीका साथै केन्द्रीय सदस्य तथा उक्त पार्टी निकटको प्...
नेपालगञ्ज, मंसिर ७ । नेपाल एयरलाइन्सको ट्विन अटर विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुकुमको सल्ले उडान भर्ने अनुमति पाइसकेको थियो ।
दिउँसो ३ बजे उड्नुपूर्व यात्रु विमानमा बसिसकेका थिए ।
विमानका पाइलट ककपिट छिरेपछि एयरहोस्टेजको मधुर आवाज निस्कियो– अब हामी गन्तव्यतर्फ उड्दैछौं । कृपया सुरक्षाका लागि सबैले बेल्ट बाँधिदिनुहोला ।
ट्विन अटर विमानका आठमध्ये एक यात्रुले आफन्तलाई फोन गरे– विमानस्थलबाट प्लेन उड्नै लाग्यो । सल्ले आउँदै गर्नुहोला ।’
प्लेनले निर्धारित समयमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्यो । अनि आकाशमा एक फन्का मारेर गन्तव्य सोझ्यायो ।
यात्रुलाई लागेको थियो– प्लेन केही समयमा नै सल्ले विमानस्थलमा अवतरण होला र आफन्त भेटिएलान् । तर त्यसो भएन । बीच बाटोमै नेपालगञ्ज विमानस्थलमा प्लेन अवतरण भयो ।
धेरैलाई लाग्न सक्छ– जहाजमा कुनै प्राविधिक समस्या आएकाले...
प्रकाश अधिकारी, रासस
कर्णाली, मङ्सिर ७ गते । रुख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम प्रभावित भएको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान नहुँदा टावर निर्माणको कार्य प्रभावित भएको हो ।
आयोजनाले बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रअन्तर्गतका १३ हजार ११९ रुख कटान गर्न प्रस्ताव गरेको छ । आयोजना प्रमुख रविकुमार चौधरीले रुख कटानसम्बन्धी प्रस्ताव स्वीकृतिमा भएको ढिलाइले निर्माण प्रभावित हुने बताउनुभयो । “आयोजना र नेपाल विद्युत् प्राधिकरणबाट सबै तयारी पूरा भइसकेको छ, मन्त्रिपरिषद्मा रुख कटानसम्बन्धी प्रस्ताव लैजाने काम वन तथा वातावरण मन्त्रालयको हो”, उहाँले भन्नुभयो । निकुञ्ज क्षेत्रका रुख कटान गर्नुपर्ने भएकाले वन मन्त्रालयलाई समय लागेको हुनसक्ने उहाँको भनाइ थियो ।
आयोजना र भारतीय ठेकेदार कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ६ मंसिर । बिश्व मत्स्य दिवसको अवसर पारेर बाँकेमा राप्ती नदीको अगैयामा एक हजार माछाका भुरा हालिएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँके नेपालञ्जले एक कार्यक्रमको आयोजना गरी राप्ती नदीमा १ हजार माछाका भुरा छाडेको हो ।
जलचर संरक्षण हाम्रो प्रतिबद्धता खाद्य पोषण तथा दिगो विकासको सुनिश्चितता भन्ने नारा सहित मनाइएको विश्व मत्स्य दिवसमा रौ र नैनी जातका माछाका भुरा अगैयास्थित राँप्ती नदीमा छाडिएको विज्ञ केन्द्र नेपालञ्जका प्रमुख तथा वरिष्ठ मत्स्य बिकास अधिकृत कमला अधिकारीले जानकारी दिनुभयो ।
राप्ती नदीमा माछा छाड्ने कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका उप प्रमुख धनी कुमारी खत्रीले विशेष उपस्थिति रहेको विज्ञ केन्द्रले जनाएको छ ।
कार्यक्रममा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत बसिर अहमद, प्राबिधिक अधिकृत सुदन भट्टराई लगायतको उपस्थिति रहेको थिय...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ६ मंसिर । यहाँस्थित सीमापारी भारतबाट नेपालतर्फ हुने अवैध आयात र तस्करी निरन्तर जारी नै रहेको छ ।
प्रहरीले जतिसुकै सक्रियता देखाएपनि र जतिसुकै सामान पक्राउ गरेपनि लामो समयदेखि हुँदै आएको अवैध आयात र तस्करी भने रोकिएको छैन ।
मुख्य नाकामा धेरै ठाउँमा चेकजाँच हुने गरेपनि तथा अन्य नाकाहरुमा समेत शसस्त्र र जनपथ प्रहरीको उल्लेख्य उपस्थिति रहँदै आएपनि कसरी दैनिक लाखौं लाख रुपियाँको अवैध सामान नेपाल भित्रिन्छ भन्ने प्रश्न चारै तिर उठीरहेको छ ।
भन्सार राजस्व छलेर भारतीय सामानलाई दैनिक रुपमा नेपालमा भित्रयाउने काम निरन्तर भैरहेपनि सुरक्षाकर्मीले त्यसलाई किन रोक्दैनन् वा किन देख्दैनन् भन्ने प्रश्न पनि जनमानसमा सर्वत्र उठिरहेको छ ।
यसरी राजस्व छलेर सामान ल्याउँदा देशलाई ठुलो नोक्सानी भएपनि यो सबै किन रोकिंदैन ? यही नै सबैभन्दा अहम प्रश्न हो ।
उता, प्रहरीले भने दिनद...
मन्त्री अथकद्धारा भव्य समारोहमा एकेडेमीको शिलान्यास
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर ५ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले आइतवार बाँकेको कोहलपुरमा ‘राष्ट्रिय क्रिकेट महिला एकेडेमी’को शिलान्यास गर्नु भएको छ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री गहतराजले महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्नु भएको हो ।
मन्त्री नियुक्त भएलगत्तै उहाँले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने निर्णय गर्नु भएको थियो ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री गहतराजले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो । एकेडेमी निर्माणकालागि फास्ट ट्रयाकमा डिपिआर तयार भईसकेको जानकारी दिदैं उहाँले केही दिनमै पुर्वाधार निर्माणको प्रक्रिया सुरु...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर ५ । बाँकेको पुर्व पश्चिम राजमार्गमा पर्ने खैरी खोलाको जंगलमा बेवारिसे बम फेला परेको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा पर्ने खैरीखोलाको जंगलमा बेवारिसे बम भेटिएको अगैया प्रहरी चौकीका प्रमुख असई खगेन्द्र केसीले बताउनुभयो ।
उहाँले सो बम द्धन्द्धकालको समयमा फािलएको हुनसक्ने जनाउँदै सुरक्षाकर्मीले गस्ती गर्ने क्रममा बम फेला पारेको बताउनुभयो । भेटिएको बम सकेट बम रहेको प्रहरीले जनाएको छ ।
बम भेटिएको स्थान अगैया प्रहरी चौकीबाट ती किलोमिटर पश्चिमतर्फ रहेको जनाउँदै असई केसीले सो बारेमा नेपाली सेनालाई जानकारी गराई सकेको र सेनाको टोलीले घटनास्टलमा पुगेर बम डिस्पोजल टोलीलाई जानकारी गराउने काम गरिरहेको बताउनुभयो ।
द्धनद्धको बेला फालिएका र गाडिएका बम र हतियारहरु विभिन्न स्थानमा फेला पर्दै आएका छन् ।...
दुई दिनमा थप तीन जना संक्रमितको भेरी अस्पतालमा मृत्यु
सिराज खान
नेपालगञ्ज, मंसिर ५ । पछिल्लो समयमा आएर कोरोना संक्रमण निकै घट्दै गएको पाईएपनि जोखिम र खतरा अझै पुर्ण रुपमा नटरेको स्वास्थ्यकर्मीले जनाएका छन् । चिसो मौसम शुरु भैसकेको र कोरोना विरुद्धको सावधानी समेत निकै कम भैसकेकोले अझै पनि सो रोगबाट हानी हुने जोखिम र खतरा कायमै रहेको भेरी अस्पतालका निवर्तमान प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।
उहाँले केही दिनयता संक्रमित भेटिने क्रम निकै कम भएपनि युरोप लगायतका विदेशी मुलुकमा फेरी बढी रहेको पाईएको तथा नेपालमै पनि पुर्ण रुपमा शुन्यमा नझरी सकेकोले अझै सावधानी अपनाउनु पर्नेमा जोड दिनुभयो ।
पहिलो र दोस्रो चरणको महामारीमा निकै राम्रो स्वास्थ्य व्यवस्थापन गर्नु भएका डा. थापाले अझै केही समय निकै सचेत रहनुपर्ने र सावधानी पनि अपनाउनु पर्ने बताउनु भएको छ । विशेष गरेर भिडभाडमा जाँदा वा आफ्ना बालबाल...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर ४ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले समाजमा लायन्स क्लबहरुको भूमिका अतुलनीय रहेको बताउनु भएको छ ।
लायन्स क्लब डिस्टिक्ट ३२५ बी टु ले शनिवार नेपालगञ्जमा आयोजना गरेको विगत, वर्तमान र भविष्यमा समाजमा लायन्सको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सो कुरा बताउनु भएको हो ।
उहाँले भूकम्प, आगलागि, बढी पहिरो र दुर्घटना जस्ता आपत विपतमा लायन्स क्लबहरुले अग्रपंक्तिमा रहेर काम गर्दै आएको जनाउँदै सोही कारणले समाजमा लायन्सको महत्व बेग्लै प्रकारको रहेको बताउनुभयो ।
मानवीय र समाजसेवाको क्षेत्रमा लायन्सको योगदान सधैं अविस्मरणीय रहेको जनाउँदै कोरोना कहरमा पनि लायन्सले मानव सेवाका लागि अहम कार्य गरेको पुर्व मन्त्री राईले बताउनुभयो । स्वास्थ्य र शिक्षाको विकासका लागि लायन्स सधैं अगाडी रहने गरे...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर ४ । नेपालगन्ज प्याब्सनले शनिवार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकलाई स्वागत तथा सम्मान गरेको छ ।
प्याब्सन नगर अध्यक्ष बिकास बज्राचार्यको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी खेलकुद मन्त्री विशेष अतिथिमा हिसान केन्द्रिय उपाध्यक्ष ईस्वर पोख्रेल, त्रिभुवन बिश्वबिद्धालय सह परिक्षा नियन्त्रक सुमन गौतम एन प्याब्सनका कुसुम रानाभाट रहनु भएको थियो ।
प्रमुख अतिथि मन्त्री अथकले सरकारले निजि क्षेत्रबाट सञ्चालित विद्यालयलाई प्रोत्साहन गर्ने निति ल्याउने बताउनु भयो । उहाँले शिक्षालाई व्यापार मात्र नबनाई विद्यालयलाई देश र असल नागरिक बनाउने थलो बनाउनु पर्नेमा जोड दिनुभयो ।
मन्त्रीले युवाहरूले जागिर खोज्दै हिड्नु भन्दा स्वरोजगार बन्ने सम्भावना खोज्नु पर्ने र हाम्रो देशमै थुप्रै संभावना भएको र तिनको पहल गर्नु पर्ने तथा नेपाल स्काउटलाई सरकार...