ठाकुरबाबा नगरपालिकामा आफ्नै वडा कार्यालय निर्माण गर्ने पहिलो वडा बन्यो वडा नम्बर चार
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ५ । स्थानिय तहमा जनप्रतिनिधि आएपछि स्थानिय निकायमा रहेका वडाहरुको विकास निर्माण कार्यले गति लिएको स्थानियहरुले बताएका छन् । ठाकुरबाबा नगरपालिका वडा नं ४ बर्दियाका स्थानिय जनताले स्थानिय तहमा जनप्रतिनिधि आएपछि गाउँ टोलमा धेरै सुधार आएको बताउँछन् ।
वडामा भएको विकासले स्थानियवासीमा खुसी छाएको स्थानिय टेक बहादुर साउदले बताउनुभयो । वडामा जनप्रतिनिधि आएपछि वडामा झिलिमिली भएको जनाउँदै उहाँले सोचे र चाहे अनुसारको काम पनि समयमै हुने गरेको बताउनुभयो ।
पहिले सानो सानो कामको लागि पनि सदरमुकाम धाउनुपर्ने हुन्थ्यो अहिले आफ्नै वडामा सुविधा उपलब्ध भएकोले समयको समेत बचत भएको अर्का स्थानिय पदम जैसीले बताउनुभयो ।
ठाकुरबाबा नगरपालिका वडा नं ४ बर्दियाका वडा अध्यक्ष शेर बहादुर चौधरी नगरकै पहिलो वडा कार्यालय निर्माण गर्न सफल हुनुभएको छ । करिब ५५ लाखको लागतमा वडा नं ४ को वड...








