नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३० कात्तिक । यही मंसिर २ गते हुने नेपाली कांग्रेसको नेपालगञ्ज उपमहानगरपालिका सभापति पदको निर्वाचनका लागि तीन जनाविच प्रतिष्पर्धा हुने भएको छ। बिहीबार हुने नगर अधिवेशनमा नेपालगञ्ज उपमहानगरका उमा थापामगर, प्रशान्त विष्ट र विनोद रिजालले उम्मेदवारी दिने घोषणा गरेपछि उहाँहरुविचनै भिडन्त हुने भएको छ ।
थापामगर संस्थापन इतरबाट नगर सभापतिमा उम्मेदवार बन्नु भएको छ भने विष्ट र रिजाल पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेको बताईएको छ ।
नगर सभापतिका लागि उम्मेदवार बनेका तीनै जना अहिले विभिन्न महत्वपुर्ण पदहरुमा रहनु भएको छ । थापा मगर उपमेयर हुनुहुन्छ भने विष्ट नेपालगञ्ज नगर समितिका सभापति हुनुहुन्छ र रिजाल तरण दलको जिल्ला सचिव हुनुहुन्छ । उहाँहरु सबैको पार्टीमा राम्रो पकड रहेको बताईएको छ ।
संस्थापन पक्षका दुई जना प्रतिस्पर्धामा भिड्दा त्यसको लाभ गैर संस्थापन पक्षकी...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३० कात्तिक । गत प्रतिनिधिसभाको निर्वाचनमा एमालेको सुर्य चिन्हबाट उम्मेदवार बन्नु भएका पशुपति दयाल मिश्रसहितको नेता कार्यकर्ताहरुको टोलीले औपचारिक रुपमा एमालेमा प्रवेश गर्न थालेको छ ।
उहाँहरुको पार्टी प्रवेश कार्यक्रम मंसिर १ गते तय गरिएको र सो कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली रहनु हुने एमाले बाँकेले जनाएको छ ।
मिश्र स्वयंले दुई साता पहिलेदेखिनै पार्टी प्रवेशको तयारी भैरहेको तथा पार्टी प्रवेश गर्नेहरुको सुचि तयार भैरहेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आउनु भएको छ ।
उहाँले तीन हजार नेता कार्यकर्ताहरुसहित एमालेमा प्रवेश गर्ने कुरा पनि आफै सार्वजनिक गर्नुभएको छ ।
मंसिर १ गते पार्टी अध्यक्ष ओलीले नेपालगञ्जस्थित मिश्रकै मेरो प्लानेटमा नवप्रवेशीलाई सदस्यता दिने कार्यक्रम तय भएको एमाले बाँकेका अ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३० कात्तिक । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेत्र विप्लव चन्द ुबिप्लबु नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव बाँकेमा पनि परेको छ ।
बन्दका कारण मंगलवार विहानैदेखि सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् भने स्कुल कलेजहरु पनि बन्द रहेका छन् ।
नेपालगन्ज बजार क्षेत्रमा मोटरसाइकल, अटो रिक्सा, इलेक्ट्रोनिक रिक्सा चलेपनि छोटो तथा लामो दुरीका यातायतका साधन भने ठप्प छन् । बन्दको प्रभाव पसल व्यवसायमा पनि केही परेको छ । तर, बजारका अधिकांश पसल व्यवसाय भने सञ्चालनमै रहेका छन् ।
बन्दको क्रममा कुनै अप्रिय घट्ना नहोस भनेर ठाउँ ठाउँमा ठूलो संख्यमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले हालसम्म जिल्लामा अवस्था सामान्य रहेको जनाएको छ ।
यसैविच बन्दलाई सफल पार्न सडकमा निस्किएका नेकपा विप्लवका एक कार्यकर्तालाई प्रहरीले नेपालगञ्जमा पक्राउ गरेक...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २९ कात्तिक । नेपाल बार एशोसिएशनको अगुवाइमा बाँकेका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सोमवार पनि नेपालगञ्जमा प्रर्दशन गरेका छन् । उनिहरुले आइतवार पनि यहाँ विरोध प्रदर्शन गरेका थिए । जबराको राजीनामा मागेर गएको १४ गतेदेखि बारले निरन्तर आन्दोलन गर्दै आएको छ ।
नेपाल बार एशोसिएशन उच्च अदालत बार नेपालगञ्ज र जिल्ला अदालत बारको संयुक्त आयोजनामा बाँके जिल्ला अदालत परिसरमा हातमा कालो पट्टी बाँधेर सोमवार एक घन्टा धर्ना दिएको नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले बताउनुभयो ।
उहाँले आनदोलनलाई मत्थर पार्न प्रधानन्यायाधिश जबराले वार्ताको नौटंकी गरेकोले बारले वार्तामा नजाने निर्णय गरेको पनि बताउनुभयो ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले मंगलवारसम्म अदालतमा धर्ना दिने कार्यक्रम रहेको जनाउँदै उहा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २९ कात्तिक । शान्ति पुर्नस्थापना गृह नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जमुनाह बाँकेको आयोजना तथा जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको सहकार्यमा सोमवार यहाँस्थित नेपाल भारत नाकाको जमुनाहमा मानव बेचबिखन बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
सो कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले मानवबेचविखनको लागि नेपाल भारत नाकाको सबैभन्दा बढी प्रयोग भैरहेकोले सुरक्षाकर्मी लगायत अन्य निकायले पनि चनाखो भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यो समस्या गाउँ समाजसम्मै फैलिएको हुँदा यसलाई रोकथामका लागि विभिन्न प्रकारका सचेतना अभियान बढी भन्दा बढी सञ्चालन गर्नु पर्ने बताउनुभयो ।
नेपालगञ्ज उप महानगरपालिका महिला सेवा केन्द्रको प्रमुख लगायत स्थानिय जनप्रतिनिधि, समाजसेवी, पत्रकार र अन...
किरण पोखरेल
केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि राम जन्मभूमिबारे विवादास्पद अभिव्यक्ति दिएका छन् । राजधानीमा आयोजित एउटा कार्यक्रममा उनले भने– ‘‘फैजावादलाई अयोध्या भनियो, त्यो होइन, रामजन्मभूमि नेपालमा पर्छ ।’’ गत साल तीनै तत्कालीन नेकपाका अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका ओलीले रामजन्मभूमिबारे यस्तै अभिव्यक्ति दिएर चर्को विवादमा परेका थिए । उनले त्यसबेला कोरोना सङ्क्रमणको ठूलो जोखिम रहेका बेला बालुवाटारमा ठूलो उत्सव आयोजना गर्दै राम र सीताको मूर्ति (यालीसहित ठोरी पठाउँंदा ठूलो आलोचना भएको थियो ।
पशुपतिनाथ हिन्दुहरूका आराध्य देव मानिन्छन् । नेपाल मात्र होइन, भारतलगायत विश्वका हरेक हिन्दुका लागि पशुपतिनाथप्रतिको आस्था उच्चकोटिको छ । त्यस्तै भगवान् राम र सीता तथा रामको जन्मभूमि अयोध्या पनि विश्वका सबै हिन्दुको आस्थाको केन्द्र हो । यस्ता आस्था केन्द्रबारे कुनै धर्मभि...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २९ कात्तिक । नेपालगञ्जस्थित स्प्रिङडेल एकेडेमीका विद्यार्थी अमित रावलले राष्ट्रव्यापी विद्यालय स्तरीय प्रथम एलटीके पौडी प्रतियोगितामा ३ वटा स्वर्ण पदक हात पारेका छन् । सोही विद्यालयका विशेष सिंह र सुबाङ बोहराले पनि दुई दुई स्वर्ण जितेका छन् ।
११–१२ वर्ष उमेर समूहबाट अमितले ५० मिटर ब्याक स्ट्रोक, ५० मिटर फ्री स्टाइल र ५० मिटर फ्लाइमा स्वर्ण पदक जितेका हुन् । रावलले तीनवटा स्वर्ण जितेर आफुलँई अव्वल साबित गर्न सफल भएको र अन्य विद्यार्थिले पनि दुई दुई वटा स्वर्ण पदक जितेर नेपालगञ्जकै इज्जत बढाएको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा स्प्रिङ डेल स्कुलकै दिवस रेग्मीले तीन रजत, ५ वर्ष माथिको ब्याक स्ट्रोकमा अजय परियारले एक रजत, सुमन न्यौपानेले एक रजत र २ कास्य, दिवस रेग्मीले एक रजत, सुशान्त बोहोराले एक रजत र एक कास्य, अनन्त प्याकुरेलले २ कास्य पदक जितेका छन् ...
नेपालगञ्ज, २८ कात्तिक । नेकपा एमालेको आसन्न १०औ महाधिवेशनका लागि बाँकेबाट जातिय र भौगोलिक समावेशितालाई किनारा लगाउदै सर्वसम्मत प्रतिनिधि छनौट गरिएको छ । पार्टीको जिल्ला कमिटीले पालिका कमिटी, वडा कमिटी र जिल्ला कमिटी सचिवालय सदस्यहरुको म्यान्डेटको आधारमा सर्वसम्मत प्रतिनिधि छानेको जनाएका छ ।
एमाले बाँकेका उपसचिव प्रमोद धितालले दिएको जानकारी अनुसार क्षेत्र नम्बर १ बाट कोहलपुर नरपालिकामा मात्र प्रतिनिधि केन्द्रीत बनाईएको छ । राप्तीसोनारी र नरैनापु्र जहाँ थारु समुदाय र मधेशी समुदायको बर्चश्व रहेको दुबै पालिकालाई प्रतिनिधि शुन्य बनाउदै थारु र मधेशीलाई किनारा लगाउदै क्षेत्रनं। १ बाट देबराज भार, सुर्य ढकाल, प्रेम भुसाल, बसन्ती अधिकारी र भारती खनाल छनौट भएका छन् ।
यसैगरी क्षेत्र नम्बर २ बाट पार्टी जिल्ला अध्यक्ष निरक गुरुङ, अशोक कर्माचार्य, हलिम शाह, बिजया धिताल छानौट भएका छन । क्षेत्रनं २ मा सम...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २८ कात्तिक । नेपाली कांग्रेस बाँकेको १४ औं महाधिवेशन अन्तर्गतको कार्यक्रम अनुसार बाँकेका ८० वटा वडामा वडा अधिवेशन आइतवार विधिपुर्वक रुपमा सम्पन्न भएको र एक वडामा सोमबार मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
क्रियाशिल सदस्यता बिबादका कारण पटक–पटक पछि सर्दै आएको वडा अधिवेशन पुन फर्जी सदस्यता थपिएको भन्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएपछि एकदिन ढिलोगरी सुरु भएको थियो ।
निर्वाचन कार्यक्रम अनुसार शनिबार बाँकेका ८१ वटै वडामा सुरु भएको मध्ये ५७ वडामा शनिबार नै वडा कार्यसमिति निर्बिरोध निर्बाचित भएको थियो । आइतबार २४ वटा वडामा निर्वाचन सम्पन्न भएको र बैजनाथ गाउपालिकाको वडानं ८ मा लेबि विबादले निर्वाचन एकदिन स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत रेवती रमण भट्टराइले जानकारी दिनुभयो । उहाँले रोकिएको वडामा सोमबार बिहनैदेखि मतदान हुने गरी तयारी गरिएको जनाउ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २८ कात्तिक । लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ । पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ ।
अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुँगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चक्र बहादुर चन्दले बताए । यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तब्य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन रारा म्याराथन महत्वपुर्ण हुनेछ, संयोजक चन्दले भने, खेलकुद विकास त मुख्य उद्देश्य हो । यसले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरुलाई आफनैं ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ ।’
अन्तराल इभेन्ट व्यवस्थापनमा मोफसलकै अग्रणी संस्था हो । १५ वर्ष देखी अन्तरालले खेलकुद, गीत ...