प्रदीप वाग्ले
नेपालगञ्ज, २४ कात्तिक । बाँके जिल्लाको कर्णाली प्रदेशका रुपमा चिनिने राप्ती सोनारी र नरैनापुरबासीले उज्यालो पर्व तिहारका अवसरमा पहिलो पटक बिजुली उपभोग गर्न पाएकोमा खुशि व्यक्त गरेका छन ।
तिहार लगतै सो क्षेत्रमा समग्र बिकासको सम्भावना बारे अन्र्तक्रिया गर्न पुगेको लुम्बिनी प्रदेशका आन्तरीक मामला तथा सञ्चार मन्त्री तिलक शर्मा हिमाल, सोही क्षेत्रकी प्रदेश सांसद कृष्णा केसी नमुना संग उनिहरुले यस पटकको तिहार आफुहरुका लागी ऐतिहासीक भएको सुनाए ।
तेलको बत्ति दियोको भरमा दिपावली गरेका उनिहरुले यसपटक बिजुली बत्तिको सहयोगले घर नै उज्यालो बनाउन पाउदा निकै खुसी भएको बताएको प्रदेश सांसद कृष्णा केसी नमुनाले जानकारी दिनुभयो ।
बिजुलीको पोल गाडेको झण्डै दुई दशक पछि राप्ती सोनारी र नरैनापुर क्षेत्रमा बिद्युत सेवा पुरयाउन सफल भएको सांसद केसीले जानकारी दिनुभयो । पछिल्लो २ बर्षमा कोरोनाको कहरक...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २३ कात्तिक । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक शर्मा हिमालले मंगलवार बाँकेको नरैनापुरको नेपाल भारत सीमानाको सुईया नाका क्षेत्रको निरीक्षण भ्रमण गर्नु भएको छ । उहाँले नाकामै पुगेर त्यहाँको सुरक्षा अवस्था बुझ्नुका साथै सुरक्षाकर्मीहरुसंग छलफल समेत गर्नु भएको थियो ।
प्रदेश सभाका सभासद कृष्णा केसी नमुनाको आग्रहमा नरैनापुर र राप्तीसोनारी गाउँपालिकाको अवलोकन भ्रमणमा जानु भएका मन्त्री हिमालले मटैहियामा निर्माण भैरहेको इलाका प्रहरी कार्यालयको भवनको समेत निरिक्षण गरेर आवश्यक निर्देशन दिनु भएको थियो ।
सो अवसरमा उहाँले नेकपा माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुलाई समेत भेटेर उनिहरुसंग छलफल गर्नु भएको र सो क्षेत्रका सर्वसाधारणका कुराहरु सुन्नु भएको नेकपा माओवादी केन्द्र नरैनापुरले जनाएको छ ।
सो अवसरमा बाँकेका प्रमुख जिल्ल...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २३ कात्तिक । अवैध रुपमा भारतबाट राजस्व छलेर सामान भित्रयाउनेहरु विरुद्ध सक्रिय रहेको बाँके प्रहरीले मंगलवार पनि नेपालगञ्जबाट अबैध रुपमा भन्सार छली गरी ल्याएका ८७ हजार रुपियाँ भन्दा बढीका कस्मेटिकका सामान बरामद गरेको छ ।
भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल ल्याउदै गरेका ८७ हजार ६ सय पन्ध्र रुपियाँ बराबरका कस्मेटिकका सामानहरु नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ बाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बरामद उक्त सामान आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाएको प्रहरीले जनाएको छ ।
प्रहरीले सक्रियता बढाएसंगै पछिल्लो समयमा दिनदिनै भारतबाट भन्सार छली गरी चोरी निकासी गरेर नेपाल ल्याउदै गरेका विभिन्न सामाग्रीहरु बरामद गर्दै आएको छ । तर, सामान ल्याउने अधिकांश तस्कर भने प्रहरीको फन्दामा पर्ने गरेका छैनन् ।
सामान बरामद हुनु तर तस्क...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २३ कात्तिक । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा खटिएका निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराई निर्वाचन गराउनका लागि नेपालगञ्ज पुग्नु भएको छ । उहाँले नेपालगञज पुगे लगत्तै काँग्रेस बाँकेको कार्यालयमा नेता कार्यकर्ताहरुसंग भेटघाट गर्नुभएको छ ।
सो अवसरमा बोल्दै उहाँले पार्टीको निर्वाचनलाई सफल पार्ने सबैको दायित्व भएको जनाउँदै कांग्रेसका सबै क्रियाशिल सदस्य, नेतृत्व वर्ग र भातृ तथा शुभेच्छुक संस्थाले सहयोग गर्नुपर्ने जिकिर गर्नुभयो ।
बाँकेमा अधिवेशन ढिलो भएपनि राम्ररी सम्पन्न गराएमा यसले देशभर राम्रो र सकारातमक सन्देश जाने निर्वाचन अधिकृत भट्टराईले बताउनुभयो ।
निर्वाचन अधिकृत भट्टराईलाई नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले खादा ओढाएर स्वागत गर्नु भएको थियो । सो क्रममा लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू(संरक्षण मन्त्र...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २३ कात्तिक । बाँकेको कोहलपुर–१४ हवल्दारपुरमा पैदल रहेका विनोद अधिकारीलाई ठक्कर दिएर फरार भएको बा ०१–०२५ च ८८–३९ नम्बरको स्कोडा कारलाई दुर्घटनाको १२ घण्टापछि प्रहरीले फेला पारेपनि सो कार चलाउने चालक भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालले दिनु भएको जानकारी अनुसार अधिकारीलाई ठक्कर दिने कारका मालिक सरोज हमाल रहनु भएको र दुर्घटनाको समयमा उक्त कारलाई उहाँको छोरा अनिश हमालले चलाउनु भएको बुझिएको बताउनुभयो ।
तर, विजय ढुंगेल भन्ने एकजनाले आफुलाई सो कारको चालक बताउँदै प्रहरी कार्यालयमा आएको जनाउँदै डीएसपी खनालले ढुंगेल नक्कली चालक रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउनुभयो । उहाँले गाडी चलाउने हमालको खोजी भैरहेको पनि बताउनुभयो ।
अधिकारीलाई ठक्कर दिएर बेपत्ता भएको कारलाई १२ घण्टाको मिहिनेतपछि राप्तीस...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २३ कात्तिक २३ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको एक श्रृंगार पसलमा रहस्यमय तरिकाले आगलागि हुँदा १८ लाख भन्दा बढीको क्षति भएको छ ।
वडा नम्बर ३ एकलैनी बजारको शिव मन्दिर नजिकै रहेको हारुन श्रृंगार पसलमा आइतवार विहान ५ बजे लागेको आगोबाट सोही पसलका चारवटा सटरमा आगलागि हुँदा कास्मेटिक र चुराहरु गरेर सबै जलेर खरानी भएको छ ।
आगो लागेको खबर पुग्ने वित्तिकै दमकल, प्रहरी र स्थानीयले घट्नास्थलमा पुगेर आगो निभाएका थिए ।
चारवटा सटरमा रहेका सबै सामान जलेर खरानी हुँदा १८ लाख भन्दा बढीको क्षति हुन पुगेको हारुन श्रृंगार पसलका सञ्चालक हारुन हलवाईले बताउनुभयो ।
उहाँले बिद्युतबाट आगलागि हुने डरले पसल बन्द गर्ने बेलामा सधैं विद्युतको एमसीबी बन्द गरेर जाने गरेकोमा आफ्नो पसलमा सर्ट सर्किट नभई कसैले आगो लगाएको आशंका व्यक्त गर्नु भएको छ ।
यसअघि पनि केही दिन पहि...
खेल समाचार
नेपालगञ्ज, २३ कात्तिक । नेपाल आइसिसी पुरुष टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटमा सीधै छनोट भएको छ । योसँगै नेपालले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नु नपर्ने भएको छ । आइसिसी टी–२० वरीयताका आधारमा नेपालले सीधै ग्लोबल छनोट खेल्न अवसर पाएको हो । अहिले नेपाल आइसिसी टी–२० को १३औँ स्थानमा छ । नेपालले जिम्बाबे, युएई, हङकङ तथा पपुवा न्युगिनीजस्ता राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
सन् २०२२ को फेब्रुअरी तथा मे महिनामा ग्लोबल छनोट हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सीधै छनोटमा परे पनि ग्लोबल छनोटको तयारी तथा पुनः विश्वकप खेल्ने सपना पूरा गर्न धेरै म्याच एक्सपोजर आवश्यकता रहेको प्रतिक्रिया दिनु भएको छ । सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा नेपाल पहिलोपटक छनोट भएको थियो । कप्तान मल्लले ग्लोबल छनोट हुँदै विश्वकप खेल्ने सपना पूरा गर्ने बताउनुभयो। यसका ल...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २२ कात्तिक । निर्मला कुर्मीको अपहरण काण्डलाई लिएर अन्तत प्रहरीले एक्सन लिएको छ । प्रहरीले सो काण्डमा संलग्न ६ जनालाई सोमवार पक्राउ गरेको जनाएको छ ।
नेपालगञ्ज–१७ परस्पुरकी निर्मला अपहरण गरी हत्या गरेको आरोपमा रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ६ जनालाई सोमबार पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो ।
उनिहरुमाथि कुर्मीलाई बेपत्ता पारी करोडौं मूल्यको जग्गा हडपेको आरोप छ । ‘अदालतले सात दिनको म्याद थप गरेकाले पक्राउ गरिएका ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्छौं,’ डीएसपी न्यौपानेले भन्नुभयो,‘सादा तारेखमा छुटेका दुई जनामाथि पनि मुद्दा परेकाले उनीहरुमाथि पनि अनुसन्धान गर्छौं ।’
आरोपीत कुवर बब्बन सिंहलाई ८० वर्ष भएकाले अदालतले उमेर हदम्यादका कारण साधारण तारेखमा छोडेको...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २२ कात्तिक । प्रहरीले भारतबाट भन्सार छलि गरेर ल्याईएको ठुलो परिमाणको माल सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपालगञज उपमहानगरपालिका १० स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ता कपडा, सुर्ती, सुपारी लगायतका विभिन्न सामानहरु गरेर एक लाख चौरासी हजार रुपैया बराबरको सामान नियन्त्रणमा लिईएको छ ।
दैनिकजसो प्रहरीले भन्सार छलेर भित्रयाएको मालसामान नियन्त्रणमा लिंदै आएको छ । नेपाल भारत नाका र सो वरिपरिका क्षेत्रमा समेत प्रहरीलाई तैनाथ गरिएपछि अवैध सामान भित्रयाउने तस्करहरुमा खैलाबैला मच्चिएको प्रहरीको दावी छ ।
बरामद गरिएका सामानलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगञ्जमा पठाईएको पनि प्रहरीले जनाएको छ ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २२ कात्तिक । नेपालगञ्जमा मधुमेह रोगको छुट्टै उपचार केन्द्र स्थापना हुने भएको छ । बाँकेमा लायन्सवाद स्थापनाका अगुवा, स्वर्गीय रामनारायण श्रेष्ठको स्मृतिमा उहाँकै परिवारको अग्रसरतामा मधुमेह रोगको छुट्टै उपचार केन्द्र स्थापना हुने भएको हो ।
रामनारायण श्रेष्ठ, लायन्स क्लब अफ नेपालगञ्जका संस्थापक हुन् । उहाँको निधन भएको प्रथम वार्षिकी पारेर छोरा राजेशनारायण श्रेष्ठले रामनारायण ममोरियल मधुमेह सेवा केन्द्र घोषणा गर्नुभएको छ। त्यसका लागि प्रारम्भिक १५ लाख रुपिया श्रेष्ठले प्रदान गर्नु भएको जानकारी दिंदै लायन्स लिडर ज्ञानेन्द्र श्रेष्ठले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ का संस्थापक गभर्नर शेमराज शाक्यको संयोजकत्वमा सेवा केन्द्रले आवश्यक काम गरिरहेको बताउनुभयो ।
लायन्स क्लब अफ नेपालगञ्जले सञ्चालन गरिरहेको लायन्स डेन्टल अस्पताल परिसरमा रामनारायण ममोरियल म...