नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २२ कात्तिक । गत दुई वर्षदेखि फैलिएको कोरोना महामारीका कारण हालसम्म बाँके जिल्लाका ३४० जनाले ज्यान गुमाएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका– १८ कारकाँदो निवासी ६९ वर्षकी महिलाको भेरी अस्पतालमा उपचारका क्रममा आइतवार राती मृत्यु भएपछि मर्नेको संख्या ३४० पुगेको हो ।
पछिल्लो समयमा आएर जिल्लामा कोरोना भाइरस संक्रमण हुने क्रम घट्दै गएपनि हप्ता दसदिनको अन्तरालमा एक संक्रमितको मृत्यु हुने गरेको छ ।
सबैभन्दा बढी मृत्यु दोस्रो लहरको बेला भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
रुस र युरोपका केही देश लगायत चीनमा समेत फेरी संक्रमित बढ्न थालेपछि यहाँपनि चिन्ता बढ्न थालेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
तेस्रो लहर वा अन्य कुनै आपातकालिन अवस्थाको सामना गर्न बाँकेमा व्याप...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २१ कात्तिक । सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १० महिला र २ पुरुष छन् ।
सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान ११ बजे कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको थियो । बस सडकबाट २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा मृत्यु भएकामध्ये आठ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृत्यु हुनेमा सल्यान छत्रेश्चरी गाउँपालिका २ का २९ वर्षीय तिलक ओली, घोराही उपमहानगरपालिकाका ६५ वर्षीय इन्द्रा अधिकारी, दाङ बबई गाउँपालिका ६ पञ्चकुलेका ७० वर्षीया कलावती बुढाथोकी छन् ।
त्यस्तै शारदा नगरपालिका– की ५३ वर्षीया प्रभा चलाउने, सोही गरपालिका– २ की ६१ वर्षीया मिना डाँगी, ३ नं वडाकी ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी–१ की २४ वर्षीया मिना शाही र बबई–४ की ६० वर्षी...
सिराज खान
नेपालगञ्ज, २१ कात्तिक । कोरोना महामारीका कारण करिब दुई वर्षदेखि बन्द रहेको र खुलेपछि पनि सुनसान रहेको नेपालगञ्जको बागेश्वरी क्युएफएक्स सिनेमा हलमा अहिले प्राय हरेक शो हाउसफुल चलिरहेको छ ।
कोरोनाले थलिएको नेपालगञ्जको सो सिनेमा हललाई बलिउड चलचित्र ‘सूर्यवंशी’ ले चलायमान मात्र बनाएन, हाउसफुलसम्म पुरयाएको छ । लामो समयपछि सिनेमा हल हाउसफुल भएपछि क्युएफएक्स को व्यवस्थापन उत्साहित देखिएको छ ।
कोरोनाको दोस्रो लहरपछि गत असोज महिनाको अन्तिमबाट सिनेमाहल सञ्चालनमा आएपनि दर्शकहरु हलसम्म पुगेका थिएनन् ।
तर गत शुक्रबारबाट ‘सूर्यवंशी’ चलचित्र प्रदर्शनमा आएपछि हलमा चलचित्र हेर्ने दर्शकको उपस्थिति अतिनै राम्रो र उत्साहजनक देखिएको बागेश्वरी क्युएफएक्सका शाक्यले बताउनुभयो ।
उहाँले शुक्रवारदेखिनै हलमा दर्शकको चाप देखिएकोले प्रायजसो सबै शो हाउसफुल गएको बताउनुभयो । यो सिनेमाले दर्शकलाई तान...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २१ कात्तिक । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको हो।
दुर्घटनामा ५ जनाको घटनास्थलमै र ३ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन। बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ।
बस सडकदेखि २०० मिटर तल खोलामा खसेको हो। अहिले प्रहरी टोली घटनास्थल पुगेर उद्दार गरिरहेको बताइएको छ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २१ कात्तिक । नेपाल एयरलाइन्सले सात महिनापछि नेपालगञ्ज–हुम्ला हवाई उडान आइतवारबाट फेरी शुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आलेले केही दिन अगाडि पश्चिम नेपालका हिमाली जिल्लामा उडान भर्न निर्देशन दिएपछि सो एयरलाईन्सले नेपालगञ्ज–हुम्ला उडानशुरु गरेको हो ।
कोरोना कहरले बन्द भएको सात महिनापछि नेपाल एयरलाइन्सले हुम्लाका लागि सहुलियत उडान भर्न सुरु गरेको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जले जनाएको छ । यसअघि सो एयरलाइन्सलाई पटक पटक उडानका लागि हुम्लावासीले अनुरोध गर्दा उडान हुन सकेको थिएन ।
यो उडान शुरु गरिएपछि नेपालगञ्जबाट हुम्ला जाने र फर्किने यात्रुलाई उचित भाडादरमा यात्रा गर्न सहज भएको छ । यसअघि हप्ताको एक उडान भर्दै आएको सो एयरलाइन्सले अब नियमित उडान भर्ने जनाएको छ । नेपाल एयरलाइन्सले उडान सुरु गरेपछि सो रुटमा सहुलियत दरमा या...
नरेन्द्रसिंह कार्की, रासस
दार्चुला, २१ कात्तिक । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायालेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ ।
स्थानीयवासी बसाइँ नसरी प्रहरी चिसो छल्न छांगरु झरेको हो । कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै तिंकरको छायालेकस्थित प्रहरीहरू छांगरु झरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।
हिमपातका कारण अत्यधिक जाडो बढेर पानीसमेत खान नसकिने अवस्था भएपछि प्रहरी अहिले छांगरुमा बसेको जनाइएको छ । अहिले छांगरु र तिंकर प्रहरी नीतिकुण्डमै बसेका छन् । त्यहाँका स्थानीयवासी आगामी मङ्सिर पहिलो सातामात्रै सदरमुकाम खलङ्गा बसाइसराइ ९कुञ्चा०सर्ने तयारी भएको व्याँस गाउँपालिका(१ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए । “बढी हिमपात भयो भने यो महिनाभित्रै कुञ्चा ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २१ कात्तिक । कोहलपुर नगरपालिका वडा नं १४ मा रहेका युवाले समाज सेवा संस्था नेपाल मार्फत एम्बुलेन्स खरिदका लागि खेलेको देउसी र भैलोबाट हालसम्म साढे सात लाख रुपियाँ संकलन भएको छ ।
समाज सेवा संस्था नेपालले आफनो नेपाली संस्कृति जर्गेणा गर्दै एम्बुलेन्सको लागि यस पटक देउसी भैलो खेलेको छ । एम्बुुलेन्स खरिदका लागि खेलेको भैलो टिमले तीन दिनमै ७ लाख ५४ हजार ८९५ रुपियाँ संकलन गरिसकेको छ । विभिन्न व्यवसायीक तथा औद्योगिक प्रतिष्ठानहरुले त्यसका लागि ठुलो सहयोग गर्नु भएको संस्थाले जनाएको छ ।
देउसी भैलो खेलेर पिकनिक मनाउने तथा अन्य रमाइलो काममा खर्च गर्ने परम्परालाई तोडेर सो संस्थाले मानवीय सेवाका लागि देउसी भैलो खेलेको जनाईएको छ ।
संस्थाको पाचौ अधिवेशनमा घाटिको क्यान्सर पीडित मोतिलाल परियारलाई सो संस्थाले ६० हजार बढी आर्थिक सहयोग हस्तान्तरण पनि गरि सकेको छ । त्यसै गरि ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २१ कात्तिक । नेपाली काँग्रेस बाँकेका पुराना नेता ओम जङ राणाको आइतवार विहान निधन भएको छ । नेपालगन्ज २२ पुरैनी निवासी ७६ वर्षिय राणाको निधन काठमाण्डौमा भएको नेपाली काँग्रेस बाँकेले जनाएको छ ।
जिल्ला बिकास समिति बाकेका पुर्ब सभापति रहनु भएका काङ्ग्रेस नेता राणाले प्रजातन्त्रका लागि भएका विभिन्न आन्दोलनमा सक्रिय सहभागिता देखाउनु भएको थियो ।
जिल्लाको भूगोल लगायत समग्र अवस्था बारे राम्रो दखल राख्ने राणा असल, बिकासप्रेमी नेताका रुपमा परिचित हुनु हुन्थ्यो ।
उहाँको निधनमा विभिन्न व्यक्ति र संघसंस्थाले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपालगञ्जपाटी परिवार पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
...
राजेन्द्र नाथ
टोली नेता दीपक थियो । अहिले उसलाई नेपाली समाजले पत्रकार दीपक खरेल भनेर चिन्छ । ‘अपराध बीट’ मा काम गर्ने पत्रकार भनेर अझ कतिपय ऊसँग थर्किन्छन होला । दीपकहरु अपराध बीट भन्दा नाक खुम्च्याउँछन, हामी बीट बिहीनहरुसँग । उनीहरुको सल्लाह हुन्छ, ‘सुरक्षा बीट’ भनौ न साथी । दीपकले धेरै ठाउँ चाहार्यो । जीवन संर्घषका लागि होइन्, इमानको पत्रकारिता गर्न । पछिल्लो पटक ‘नागरिक दैनिक’, ‘नेपाल खबर’ हुँदै ‘पर्दाफास’ मा पुगेको छ । पर्दाफास अनलाइन उसले आफै सुरु गर्यो । अरुमा ‘जागिर’ खान्थ्यो । ‘सत्यसँग साक्षात्कार’ उसको नारा छ ।
०००
म उसको ‘बायोग्राफी’ लेखिरहेको छैन । ऊ बिना यो स्मरण अधुरो हुने भएकाले थोरै प्रसंग उल्लेख मात्र गरेको हु । तिहारमा म उसलाई सम्झिन्छु , त्यो भन्दा बढी नेपालगन्जलाई । त्रिभुवन चोकबाट थोरै पूर्ब हिन्दा रानितलाव आउँछ । अहिले सफासुग्घर होला । त्यो बेला निकै गन्हाउथ्यो । ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २० कात्तिक । धार्मिक सदभावको नमुनाको रुपमा स्थापित भएको बाँके जिल्लामा हिन्दु मुस्लिम धर्मावलम्बीहरु विचको एकता र सदभाव फेरी एक पटक उजागर भएको छ ।
बाँके जिल्लाको डुडुवा गाउँपालिका ३ रमपुर्वामा आयोजित श्री लक्ष्मी गणेश पुजन एंव गायत्री महायज्ञ संगीत प्रवचन कार्यक्रममा आयोजकले पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईलाई प्रमुख अतिथि बनाएर धार्मिक सदभाव र एकताको परिचय दिए ।
श्री लक्ष्मी गणेश पुजन एंव गायत्री महायज्ञ संगीत प्रवचन कार्यक्रममा प्रमुख अतिथि बनाइनु भएका पुर्वमन्त्री राईले हाम्रा चाडपर्वहरु एक आपसमा प्रेम, सदभाव र सौहर्द बढाउने माध्यम भएको बताउनुभयो ।
उहाँले बाँकेमा सबै धर्म समुदायले एक अर्काको चाडपर्वमा सहभागिता जनाउने तथा आपसमा शुभकामना र बधाई साटासाट गर्ने अतिनै उत्कृष्ट मान्यता स्थापित भएको बताउनुभयो ।
प्रवचन ...