नेपालगञ्ज, १२ कात्तिक। आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो ।
श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । समूह १ को आफ्नो दोस्रो खेलमा अस्ट्रेलियाका ओपनर डेभिड वार्नर चम्किँदा श्रीलंका ७ विकेटले पराजित भयो।
वार्नरले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान आरोन फिन्चले ३७ रन जोड्दा ग्लेन म्याक्सवेल ५ रनमा आउट भए । स्टिभ स्मिथ २८ रनमा अविजित रहदा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए । श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले २ तथा डसुन शनकाले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा १५४...
बुटवल,१२ कात्तिक। लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा ‘हिमाल’ ले लुम्बिनी प्रदेशमा सञ्चार मैत्री विधेयक निर्माणका लागि सरकारले पहल गर्ने बताएका छन् । संचारलाई अंकुश लगाउने खालको बिधेयक प्रदेशसभामा पेश गर्ने कार्यसूचीमा चढिसकेपछि पनि सभामा पेश नगरि पत्रकार महासंघका नेताहरुसँग भेट गरेका मन्त्री शर्माले सञ्चारमैत्री बिधेयक बनाउन पहल गर्ने आश्वासन दिएका हुन् ।
सरकारले प्रस्ताव गरेको सञ्चार विधेयकमा रहेका सञ्चार विरोधी दफाहरुलाई हटाउन र सञ्चामैत्री बनाउन आवश्यक बुँदाहरु समावेश गर्ने सुझाव लिएर सञ्चार मन्त्रालय पुगेका महासंघको लुम्बिनी प्रदेश समितिको टोलीसँग कुरा गर्दै मन्त्री शर्माले पत्रकारहरुका हितमा विधेयक बनाउने कुरामा आफूले सहजीकरण एवं पहल गर्ने बताए ।
टोलीले विधेयकमा समावेश गर्नु पर्ने विषयका बुँदा तयार गरि सञ्चारमन्त्री शर्मालाई बुझाएको छ । महासं...
नेपालगञ्ज, ११ कात्तिक । धारा सातौं नेपालगञ्ज म्याराथनमा महानायक राजेश हमाल दौडिने भएका छन् । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा मंसीर ४ गते सातौं संस्करण हुँदैछ ।
आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले अतिथिको रुपमा उपस्थित हुने महानायक हमाल पनि दौडमा सहभागी हुने जानकारी दिए । अध्यक्ष ठकुरीले नेपालका सबै प्रमुख धावक र विदेशी धावकको समेत सहभागिता हुने नेपालगञ्ज म्याराथनमा महानायक हमालको उपस्थितिले अझ हौसला थपिएको बताए ।
नेपालगञ्ज म्याराथनमा यसपाली दश वटा इभेन्ट रहेका छन् । फूल म्याराथन, हाफ म्याराथन, १० किलोमिटर मेन्स ओपन, ५ किलोमिटर ओमेन ओपेन्स, ५ किलोमिटर स्कूल बोय, ३ किलोमिटर स्कूल गल्र्स, किड्स रन (८ देखि १२ वर्ष), २ किलोमिटर कर्पोरेट, वाकाथन र ह्वीलचियर प्रतियोगिता रहेका छन् ।
यसपालीको म्याराथनमा सात हजारलाई दौडाउने तयारी भएको छ । देशी, विदेशी धावकसँगै जिल्लाका गन्यमान्य ...
नेपालगञ्ज, ११ कात्तिक । सरकारले बाढीपहिरो र डुबानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठाभन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रवक्ता कार्कीका अनुसार ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ विघाभन्दा बढी जग्गा भएका किसानलाई २० प्रतिशत राहत दिने निर्णय भएको छ ।...
नेपालगञ्ज पाटी समाचार
नेपालगञ्ज ११ कात्तिक । हरेक महिना शिक्षाक्षेत्रमा उल्लेखनीय योगदान गरेका एक जनालाई ‘इडियुसञ्जाल महिना व्यक्तित्व’द्वारा सम्मान गर्दै आएको इडियुसञ्जालले यो महिना बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु ९कबिर० लाई सम्मान गरेको छ ।
प्रमुख थारुले स्थानीय शिक्षाको उन्ननयका लागि गरेको नविन अभ्यासलाई कदर गर्दै इडियुसञ्जालले सम्मान गरेको हो । प्रमुख थारुलाई विहिबार एक कार्यक्रमका बिच सम्मान पत्र र चिनो हस्तान्तरण गरिएको इडियुसञ्जालले जानकारी दियो ।
प्रमुख थारुले स्थानीय बजेटमा सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि ३० प्रतिशत विनियोजन, जनतासंग नगरप्रमुख कार्यक्रम अन्तर्गत प्राविधिक तर्फका तीन विषयहरु इन्जिनियरिङ, एमबीबीएस र सिएमा तीनजनालाई पालिकाको तर्फबाट पूर्ण छात्रवृत्ति, साधारण उच्च शिक्षातर्फ मुक्तकमैया ७, मुक्त कमलरी १०, आर्थिक रुपले विपन्न जेहेन्दार १४, विप...
नेपालगञ्ज पाटी समाचार
नेपालगञ्ज, कात्तिक ११ । बाँकेको पुर्वपश्चिम राजमार्गमा रहेको गाभर क्षेत्रमा एक महिना अघि मान्छे खाएर सोही क्षेत्रमा रहेका बाघ अझै नियन्त्रणमा नआउँदा
सो वरिपरिका गाउँबस्तीमा त्रास र डर कायमै रहेको छ ।
सोही त्रास र डरका कारणले गाभर लगायतका क्षेत्रका वासिन्दा घरबाट निस्कन समेत डराई रहेका छन् भने उनिहरुले दसैं जस्तो चाडपनि घरमै कैद भएर मनाएको दुखेसो सुनाएका छन् ।
बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जंगलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरेपनि अझै नियन्त्रणमा लिन सकेको छैन ।
उक्त क्षेत्रमा केही दिनअघि चार वटा पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए । अहिले ती बाघ गाभर र सौरीबीचकै जंगलमा घुमिरहेको पाईएको निकुञ्ज कार्यालयले जनाएको छ ।
बाघ नियन्त्रणमा नआउँदा गत एक महिनादेखि पशु चौपायालाई घरभ...
नेपालगञ्ज, कात्तिक ११ गते । मदरसा शिक्षालाई व्यवस्थित गरी सञ्चालन गर्न र हाल भोग्नु परेको समस्या र त्यसको निकासका लागि पहल गर्न नेपालगञ्जमा एक बृहत्त छलफलको आयोजना गरिएको छ ।
राष्ट्रिय मदरसा काउन्सिल नेपालले आयोजना गरेको सो छलफल कार्यक्रममा सहभागि विभिन्न मदरसाका सञ्चालकहरुले हाल भोग्नु परेका समस्या र सो को निकासका बारेमा आआफ्नो धारणा राखेका थिए ।
लुम्बिनी प्रदेश राष्ट्रिय मदरसा काउन्सिल नेपालका उपाध्यक्ष मुफ्ती कैफुलवरा मिसबाहीको अध्यक्षतामा सम्पन्न भएको सो छलफल र अन्तरक्रियामा बाँकेका विभिन्न मदरसाका प्राधानाध्यापक र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
छलफलमा उपाध्यक्ष मिस्बाहीले सरकारले लागु गरेको पाठ्यक्रमसँगै इस्लामिक ज्ञान दिइने मदरसा सञ्चालनका लागि आर्थिक स्रोत र साधनको कमी प्रमुख समस्या भएको कुरा अधिकांशले उठाएको बताउनुभयो ।
उहाँले मदरसा सञ्चालनमा आर्थिक समस्यानै सबैभन्दा प्रम...
मोहना अन्सारी, अधिवक्ता
दुई दिन म पनि सर्वोच्च अदालतमा गएर पालो आउँदैछ भनेर कुरेर बसेँ । आइतबारको दिन सर्वोच्च अदालतमा पेसीको लिस्ट प्रकाशित हुँदा त्यो नोटिस बोर्ड हेर्न मान्छेको भीड लागेको थियो । म साढे १० मा अदालत पुगेकी थिएँ । यतिधेरै मान्छे कहाँ–कहाँबाट आएका थिए । सायद ७७ जिल्लाका मान्छे आउनुहुन्छ सर्वोच्च अदालतको नोटिस बोर्ड हेर्न ।
यो न्यायको संरक्षण गर्ने निकाय हो । त्यो नोटिस बोर्ड हेरिसकेपछि साढे १२ पछि त मान्छे नै छैनन् । बस्दै बसेनन् । के सुन्ने हामीले भर्याङ उक्लिँदैछौँ, मान्छेले सोध्छन्, ‘तपाईंको मुद्दा कति नम्बरमा हो बेन्च नै नबसेपछि के हो, के हो भनेँ । सेवाग्राहीको त्यो किसिमको छटपटी न्यायालयमा देखियो ।
यो तपाईं–हामीलाई सामान्य लाग्ला । हामीले हेर्दाखेरि गाडी चढेर, भाडा तिरेर आए भन्ने लाग्ला । तर, उनीहरु सर्वोच्चसम्म आइपुग्दा कतिवटा तहहरू पार गरेर आए होला आम नागरिकको...
हेटाैंडा,कात्तिक ११ गते । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेता राजेन्द्र पाण्डे नियुक्त हुनुभएको छ । उहाँ नेकपा एकीकृत समाजवादी पार्टी बाग्मती प्रदेश संसदीय दलका नेता हुनुहुन्छ ।
बिहीबार दिउँसो प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री पाण्डेको हेटौडा १० स्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गर्नुभएकाे छ ।
गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, काँग्रेस उपनेता कृष्णलाल भँडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिनु भएकाे छ ।अान्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद खनाल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान र भाैतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल रहनु भएकाे छ ।...
काठमाडौँ, कात्तिक ११ गते । नेपाल राष्ट्र बैंकले आज रु। २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।
बैंकिङ प्रणालिमा तरलता व्यवस्थापनमा समस्या देखिँदा तरलता प्रवाह गर्न केन्द्रीय बैंकले केही समय अघिदेखि निरन्तर गर्न रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतिप्राप्त बैंक वित्तीय संस्थाले भाग लिन पाउने बैंकले जनाएको छ ।
तरलता अभावले बैंक तथा वित्तीय संस्थामा निक्षेपको चाप परेको देखिन्छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने अवस्थाका व्यवस्थापनमा समेत बैंकलाई अप्ठेरो परेको देखिन्छ । राष्ट्र बैंकको तथ्याङ्कानुसार हाल बैंकका औसत कर्जा निक्षेप अनुपात ८९ दशमलव १५ छ ।
बजारमा नयाँ निक्षेप न...