२६ मंसिर २०८२, बिहीबार

स्वस्थ्य

नेपालगञ्जका सातवटा वडालाई एकैसाथ बाल बिवाहमुक्त घोषणा गरियो

नेपालगञ्जका सातवटा वडालाई एकैसाथ बाल बिवाहमुक्त घोषणा गरियो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्ज, पुस १९ । नेपालगञ्ज उप–महानगरपालिकाका थप ७ वटा वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको छ । एक औपचारिक कार्यक्रम गरि एकसाथ वडा नम्बर ३,४,९,११,१८,२० र २१ लाई वाल विवाह मुक्त वडा घोषणा गरिएको नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख रामसुरेश यादव लगायतको उपस्थितीमा आयोजित कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले वडालाई बालविवाहमुक्त वडा घोषणा गर्नुभयो । सो अवसरमा उपप्रमुख थापाले यो घोषणापछि महिला र बालिकाको स्वास्थ्यसँगै समृद्ध र सुखी नेपालगञ्ज बनाउन मद्दत पुग्ने बताउनुभयो । घोषणा अन्तिम नहुने भन्दै उहाँले बाल बिवाहलाई शुन्यमा झार्न सम्पूर्ण नगरबासीको साथ र सहयोगको अपेक्षा गरिएको बताउन...
कोइला बालेर सुत्दा निसासिएका तीनै जना होसमा आए

कोइला बालेर सुत्दा निसासिएका तीनै जना होसमा आए

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १५ । नेपालगन्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखाको क्वार्टरमा निसास्सिएर बेहोस भएका तीन जना होसमा आएका छन् । तीन वर्षीय दिवश भट्टराई, २४ वर्षीया सुशीला भट्टराई र १८ वर्षीय नरेन्द्र भट्टराई होसमा आउनुभएको हो । भेरी अस्पतालमा उपचाररत उनीहरू होसमा आएको उपचारमा संलग्न डा सुवास जिसीले जानकारी दिनुभयो । सानो बच्चा र आमा होसमा हुनुहुन्छ उहाँले भन्नुभयो–‘बच्चालाई झोल खुवाउने भनिएको छ । भाइलाई भने भेन्टिलेटरमै राखिएको छ ।’ होसमा आए पनि शरीरमा कार्बनमोनोअक्साइड रहेकाले भेन्टिलेटरमा राखेर वास गर्ने काम भइरहेको उहाँको भनाइ छ । राति कोइला बालेर सुतेपछि निसास्सिएर मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी कालिकोटको खाँडाचक्र नगरपालिका–६ का २३ वर्षीयका धनप्रसाद भट्टराई, उहाँका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र दिदी ४० वर्षीया नन्द...
कर्णाली क्षेत्रीय मेडिकल स्टोरको क्वाटरमा सुतेका एकै परिवारका चारजना मृत भेटिए

कर्णाली क्षेत्रीय मेडिकल स्टोरको क्वाटरमा सुतेका एकै परिवारका चारजना मृत भेटिए

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, पुस १५ गते । भेरी अस्पतालको हाताभित्र रहेको कर्णाली क्षेत्रीय मेडिकल स्टोरको क्वाटरमा बस्दै आएका एकै परिवारका चार जना सुतेकै अवस्थामा विहिबार विहान मृत भेटिएका छन् भने तीन जना बेहोस अवस्थामा फेला परेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले दिनु भएको जानकारी अनुसार उनिहरुले आगो बालेर झ्याल ढोका बन्द गरि सुतेको देखिएकोले निसासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । उहाँले भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उहाँको ३ महिनाको छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको पाईएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकार...
चिसो बढेपछि कारगारका कैदीबन्दीलाई रेडक्रसद्धारा कम्बल वितरण

चिसो बढेपछि कारगारका कैदीबन्दीलाई रेडक्रसद्धारा कम्बल वितरण

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १४ पुस । शितलहर तथा चिसो अत्याधिक वढ्दै गएपछि नेपाल रेडक्रस सोसाईटी बाकेले जिल्ला विपद व्यवस्थापन समिति बाँकेमार्फत बाँके कारागारका कैदी बन्दीका लागि ३० थान कम्मल वितरण गरेको छ । विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी सुर्य वहादुर खत्री, जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारी र रेडक्रस बाँकेका कोषाध्यक्ष राकेश वहादुर श्रीवास्तवले संयुक्त रुपमा कारागारका जेलर राम कुमार सोनकरलाई सो कम्मल हस्तान्तरण गर्नुभयो । त्यसैगरि सोही अवसरमाकैदी बन्दीकै लागि १५ थान पि फर्म पनि हस्तान्तरण गरिएको रेडक्रस बाँकेले जनाएको छ । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले चिसोको बेला अति विपन्न र आवश्यकता महसुस भएकालाई कम्मल लगायतका न्यानो कपडा वितरण गर्न जिल्लाका सबै गैर सरकारी संघसंस्थासंग आग्रह पनि गर्नुभयो । चिसो अत्याध...
जमनाहा नाकामा दैनिकजसो लागूऔषध भित्रयाउने पक्राउ पर्दै, आज बोगटी समातिए

जमनाहा नाकामा दैनिकजसो लागूऔषध भित्रयाउने पक्राउ पर्दै, आज बोगटी समातिए

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १२ । नेपालगञ्जको सिमा नाका जमुनाहबाट लागूऔषधसहित एक जना २४ बर्षीय युवकलाई नाकामा रहेको प्रहरीले पक्राउ गरेको छ । सोमवार बिहान पौने १० बजे नेपालगञ्जको जमुनाह नाकामा लागूऔषधसहित लम्कीचुहा नगरपालिका ४ कैलालीका २४ बर्षीय कर्ण बोगटीलाई इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शंकास्पद तरिकाले रुपइडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका बोगटीलाई चेकजाँचका क्रममा लागूऔषध १० पिस नाइट्रोभेट टयावलेट, २१० पिस ट्रामाडोल र २१५ पिस फेनिरामाइन एभिल ल्याउँदै गरेको अवस्थामा जमुनाह प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको कमान्डको टोलीले पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो । उहाँले पक्राउ परेका कैलालीका बोगटीसँग थप अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले कडाई शुरु गरेपछि दैनि...
कतार च्यारेटीद्धारा लुम्बिनी प्रदेशलाई एक करोड दस लाखको स्वास्थ्य सामाग्री प्रदान

कतार च्यारेटीद्धारा लुम्बिनी प्रदेशलाई एक करोड दस लाखको स्वास्थ्य सामाग्री प्रदान

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ९ । कतार च्यारिटीले लुम्बिनी प्रदेश सरकारलाई अपरेसन थिएटर सेटअप, ३ थान आईसीयू सेट र १ पिसिआर ल्याबसहित एक करोड दश लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । च्यारिटीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलमान केसीको उपस्थितिमा नेपालका लागि कतारका राजदूत महामहिम युसुफ मोहम्मद अल हैलले प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुलाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताउनुभयो । कोरोना नियन्त्रण लगायत अन्य विभिन्न स्वास्थ्य समस्याको समाधानका लागि कतार च्यारेटीले सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको प्रेस संयोजक विकले बताउनुभयो । विकका अनुसार स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री माननीय वसिउद्दीन खान, कतार ...
बाँकेमा एक लाख ४२ हजार मानिस अझै खोपको पहुँचभन्दा बाहिर

बाँकेमा एक लाख ४२ हजार मानिस अझै खोपको पहुँचभन्दा बाहिर

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ६ । बाँकेमा अझैपनि एक लाख ४२ हजार मानिसहरु कोरोना खोपको पहुँच भन्दा बाहिर रहेका छन् । सरकारले हरेक नागरिकलाई खोप लगाउने लक्ष्यका साथ तिव्र गतिमा खोप लगाउने अभियान जारी राखेपनि पश्चिम नेपालकै सबैभन्दा सुगम र विकसित मानिएको बाँकेमा अझै धेरै ठुलो जनासम्म कोरोनाको खोप पुग्न सकेको छैन । स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोरोना खोप लगाउने लक्षित समूह १८ वर्ष उमेरमाथिका चार लाख छ हजार एक सय ६५ जना रहेकोमा ती मध्ये एक लाख ४१ हजार छ सय ७४ जना मानिसहरु कोरोना खोपको पहुँच भन्दा बाहिर रहेका छन् । एक लाख ९७ हजार पाँच सय १७ जनाले खोपको दुबै मात्रा पूरा गरेको जनाउँदै एक मात्रा पुरा गर्नेहरु दुई लाख ६४ हजार चार सय ९१ रहेको छ । जिल्लामा दुबै मात्रा पुरा गर्ने ४८ प्रतिशत रहेका छन् भने एक मात्र मात्रा लगाउने ६५ प्रतिशत रहेका छन् । खोपको पहुँच भन्दा बाहिर रहेका ठुलो संख्...
वडा प्रहरीद्धारा नौ ग्राम ब्राउनसुगरसहित तीन जना नियन्त्रणमा, प्रहरी सक्रियता बढ्यो

वडा प्रहरीद्धारा नौ ग्राम ब्राउनसुगरसहित तीन जना नियन्त्रणमा, प्रहरी सक्रियता बढ्यो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ५ । खुला सीमानाको फाइदा उठाउँदै सीमापारीबाट लागु औषधको ओसार पसार गर्नेहरु विरुद्ध बाँके प्रहरीले निगरानी बढाउनुका साथै निरन्तर कडाई जारी राखेको छ । प्रहरी निगरानीमा तिव्रता दिईएकै कारण समय समयमा जमुनाह प्रहरी, वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले लागु औषध नियन्त्रण ब्युरोको सहकार्यमा ब्राउन सुगर बरामद गर्दै आएको छ । सीमा पारी रुपैडिहामा खुला रुपमा विक्रि भैरहेको लागु औषधलाई बाँके जिल्लामा मात्र नभई पहाडी जिल्लाहरुमा समेत पठाउन थालिएपछि प्रहरीले निगरानी बढाएर कडाई शुरु गरेको हो । सोही क्रममा पछिल्लो समयमा आइतवार वडा प्रहरी कार्यालय नेपालगञजको टोलीले नेपालगञ्जबाट लागू औषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक डिल्ली खड्काका अनुसार नेपालगञ्ज उपमहानगरपालिका १० गणेशमान चोक स्...
मेडिकल कलेजको कोहलपुर अस्पताललाई नेकपा विप्लवले चेतावनीसहितको ज्ञापनपत्र बुझायो

मेडिकल कलेजको कोहलपुर अस्पताललाई नेकपा विप्लवले चेतावनीसहितको ज्ञापनपत्र बुझायो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २ । नेपालगञ्ज मेडिकल कलेजद्धारा सञ्चालित शिक्षण असपताल कोहलपुरलाई विप्लब नेतृत्वको नेकपाले अस्पताल भित्र गम्भरि किसिमका लापरवाही र बेवास्ता गरिनुका साथै विरामी तथा कुरुवालाई दुख दिने विभिन्न कामहरु भैरहेको आरोप लगाउँदै तत्काल सुधार गर्न अल्टिमेटम सहितको ज्ञापन पत्र वुझाएको छ । नेकपा विप्लवका इन्चार्ज दिपकको नेतृत्वमा गएको समुहले विभिन्न माग राख्दै अस्पताल प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ । उक्त ज्ञापन पत्रमा हाड जोर्नी तथा हात खुट्टाको उपचार गर्ने शिलशिलामा अधिकांश विरामीहरुको २ पटक ३ पटक र केहीको त ४ पटकसम्म अप्रशेन गर्नु परेकोले ध्यानकर्षण गराउँदै यस्ता घटनाहरु प्राविधिक समस्यामा नभएर पैसा कमाउने नियतले गरिएका मानवीयता विरोधि अपराधसंग जोडिएका तथ्यहरु प्राप्त भएका छन भन्दै यस्ता गतिवधिहरु तत्काल सुधार नगरे ठोस कदम चाली कारबाहीको प्रक्रिया अगाडी बढाइन...
राप्तीको खानेपानी तीन महिनामा नेपालगञ्ज पुग्ने, ८० प्रतिशत काम पुरा

राप्तीको खानेपानी तीन महिनामा नेपालगञ्ज पुग्ने, ८० प्रतिशत काम पुरा

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २ । नेपालगञ्ज उपमहानगर भित्रको खानेपानी अभावको समस्या समाधानका लागि ५ वर्षअघि शुरु गरिएको बहुप्रतिक्षित राप्ती खानेपानी आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न भएको । बाँकी रहेको २० प्रतिशत निर्माण कार्यलाई आगामी तीन महिनाभित्र पुरा गरेर राप्ती नदीबाट प्रशोधित गरेर ल्याईएको खानेपानीलाई उपभोक्ताको घरमा पुरयाइने खानेपानी संस्थान नेपालगञ्जले जनाएको छ । डुडुवाको सिधनियाघाटस्थित राप्ती नदीबाट १६ किलोमिटर पाइप विछाएर खानेपानी नेपालगञ्ज पुरयाउने सो आयोजना अन्तर्गत १३ किलोमिटर पाइप बिछाउने कार्य सम्पन्न भैसकेको र बाँकी रहेको तीन किलोमिटरको काम पनि भैरहेकोले तीन महिनाभित्र पानी पुग्ने खानेपानी संस्थान नेपालगञ्जका प्रमुख हरी कुमार श्रेष्ठले बताउनुभयो । राप्तीनदीबाट ल्याईएको पानीलाई नेपालगञ्जको कारकाँदो, बागेश्वरी टोल, जयसपुर र पुरैनामा निर्माण गरिएका ट्यांकीहरुमार...