१० बैशाख २०८३, बिहीबार

अर्थ

६५ करोडको लागतमा नेपालगञ्जमा अत्याधुनिक दाना उद्योग सञ्चालनमा

६५ करोडको लागतमा नेपालगञ्जमा अत्याधुनिक दाना उद्योग सञ्चालनमा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, पुस २६ गते । बाँकेमा पहिलो पटक पश्चिम नेपालकै सबैभन्दा अत्याधुनिक र ठुलो क्षमताको दाना उद्योग सोमवारबाट सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्तामा सो उद्योग सञ्चालनमा आएपछि पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा कुखुरा, माछा र पशुको दानाको अभाव नहुने दावी गरिएको छ । सोमवारबाट सञ्चालनमा ल्याईएको सो अत्याधुनिक उद्योगले एक घण्टामा सय क्वीन्टल दाना उत्पादन गर्ने जनाउँदै उद्योगका सञ्चालक कामरान राईले आवश्यक परेमा एक दिनमा हजारदेखि १२ सय क्वीन्टल भन्दा बढी विभिन्न दाना उत्पादन गरिने बताउनुभयो । उक्त उद्योगका लागि ९ हजार क्वीन्टल क्षमताको गोदाम समेत निर्माण गरिएको सञ्चालक राईले बताउनुभयो । उहाँले अब दानाका लागि यस क्षेत्रका किसानलाई चितवन वा अन्य जिल्लामा जानु पर्ने बाध्यता समेत अन्त भएको जनाउनुभयो । उद्योग सञ्चालनको पहिलो दिननै करिब ७ स...
र्सावजनिक यातायातमा बाँकेका विद्यार्थि र जेष्ठ नागरिकले पनि भाडामा छुट पाउने सहमति

र्सावजनिक यातायातमा बाँकेका विद्यार्थि र जेष्ठ नागरिकले पनि भाडामा छुट पाउने सहमति

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २५ । नेपाल सरकार, यातायात व्यवस्थाविभागले विद्यार्थि, जेष्ठ नागरिक र अपांगता भएका नागरिकलाई यातायातमा ४५ प्रतिशत भन्दा बढी भाडामा छुट दिने भनि गरेको निर्णयलाई बाँकेमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको छ । सो निर्णय कार्यान्वयनका लागि नेकपा विप्लव निकट अखिल क्रान्तिकारी तथा जसपा निकट समाजवादी विद्यार्थी युनियन बाँकेले गत केही महिनादेखि आन्दोलन गर्दै आएको थियो । सोही आन्दोलनको फलस्वरुप आइतवार बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकमा भाडामा छुट दिने निर्णय कार्यान्वयन गर्ने सहमति भएको समाजवादी बिद्यार्थी यूनियन बाँकेका सह संयोजक इमरान जरगरले बताउनुभयो । उहाँले बैठकले यातायात क्षेत्रमा पाउनुपर्ने विद्यार्थीलाई ४५ प्रतिशत र जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकका लागि ५० प्रतिशत छुट कार्यान्वयन...
डुडुवा मगन्ता टोलका सय अति विपन्न परिवारलाई सेनाद्धारा कम्बल तथा खाद्यान्न वितरण

डुडुवा मगन्ता टोलका सय अति विपन्न परिवारलाई सेनाद्धारा कम्बल तथा खाद्यान्न वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २२ । चिसोले समस्यामा परेका बाँके डुडुवा गाउँपालिका ६ मगन्ता टोलका सय विपन्न र गरिब परिवारलाई सैनिक श्रीमती संघ, श्री नम्बर ४ बाहिनी अड्डा, भैरवप्रसाद गण, रोयल नेपालगञ्ज फुटबल क्लव र वेष्टर्न हस्पिटल तथा रिसर्च सेन्टरले कम्बल तथा खाद्यान्न वितरण गरेको छ। परापुर्व कालदेखिनै अधिकांशले मागेर गुजारा चलाउँदै आएका मगन्ताटोलका वासिन्दालाई अहिलेको अत्याधिक चिसोले निकै समस्या परेकोले उनीहरुलाई परेको अप्ठेरोलाई ध्यानमा राखेर कम्बल, दुई किलो चामल र बिस्कुट वितरण गरिएको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताउनुभयो । श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, सैनिक श्रीमती संघको समारोह समितिका सहसंयोजक विमु पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की र श्रीमती प्रमिला केसी कार्की, रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष ...
नरैनापुरका करिब दस हजार घरधुरीलाई सिलिण्डर र ग्याँस चुल्हो वितरण

नरैनापुरका करिब दस हजार घरधुरीलाई सिलिण्डर र ग्याँस चुल्हो वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, पुस १९ । केही समयअघिसम्म जिल्लाकै सबैभन्दा बढी पिछिडिएको मानिने नरैनापुर गाउँपालिकामा स्थानीय सरकार निर्वाचित भएपछि अहिले सो क्षेत्रको मुहारनै परिवर्तन भएको छ । विकास निर्माणमा मात्र नभएर जनताको जिवनस्तर उकास्ने कामदेखि शिक्षा र स्वास्थ्यका क्षेत्रमा समेत उल्लेखनीय प्रगतिहरु भएको स्थानीयको भनाई छ । नरैनापुर क्षेत्रमा धार्मक रुपमा सबैभन्दा सम्मानित मियाँ साहेब परिवारका सदस्य ईश्तियाक अहमद शाहको नेतृत्वमा सरकार गठन भएपछि सो क्षेत्रका जनताले वास्तवमै सिंहदरबार गाउँमा पुगेको अनुभूति गरेको स्थानीयले बताएका छन् । संघिय सांसद तथा हालका मन्त्री महेश्वर गहतराज अथक र प्रदेश सभासद कृष्णा केसी नमुनासंगको समन्वय र सहयोगमा पहिलो पटक नरैनापुरको बघौडासम्म कालोपत्रे सडक र विद्युत पुगेसंगै छात्रालाई विद्यालयमा टिकाइ राख्न साइकल वितरणदेखि अस्पतालको स्तरोन्नती गरेको शाह नेतृत्वको सरकार...
कश्मिरा खातुनको गारमेन्टमा आगलागि हुँदा चार करोडको क्षति

कश्मिरा खातुनको गारमेन्टमा आगलागि हुँदा चार करोडको क्षति

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १७ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–२ घरबारीटोलस्थित लुम्बिनी गार्मेन्ट उद्योगमा शुक्रवार राति आगलागी हुँदा चार करोडको क्षति भएको छ । आगलागीबाट उद्योग भित्र रहेका सबै मेशिन, कच्चापदार्थ तथा तयारी कपडा जलेर नष्ट भएको उद्योग सञ्चालक कालिमिया कस्मिरा खातुनले जानकारी दिनुभयो । राती एक बजे आगलागी भएको थाहा पाएपछि तुरुन्त नेपालगन्ज उपमहानगरपालिकाको दमकलाई खबर गरेपनि एक घण्टापछि आएर आगो नियन्त्रणमा लिएको खातुनले बताउनुभयो । के कारणले आगलागी भएको हो भन्ने जानकारी नभएपनि बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने गार्मेन्ट सञ्चालक खातुनको भनाई छ । उद्योगमा सुईटर लगायतका उलनका कपडा उत्पादन हुँदै आएको थियो । आगलागीबाट सुईटर उत्पादन गर्ने पाँच वटा अटोजाईका मेशिन र एउटा सर्कुलर ईन्टरलक मेशिन लगायत कच्चापदार्थ र तयारी कपडा गरि चार करोड बढी क्षति भएको उद्योग सञ्चालक...
नेपालगञ्जमा फलामलाई सुन बताई ठगी गर्ने दुई जना ठुलो रकमसहित पक्राउ

नेपालगञ्जमा फलामलाई सुन बताई ठगी गर्ने दुई जना ठुलो रकमसहित पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १५ । बाँकेको नेपालगञ्जबाट फलामलाई सुन बताएर ठगी गर्ने कार्यमा संलग्न दुई जनालाई १ किलो लेखिएको सुन जस्तो देखिने बिस्किट, करिब तीन लाख नगद तथा ४ लाखको चेकसहित प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नंवर २० राँझा चोक नजिक सुनको कारोबार भैरहेको सुचनाको आधारमा त्यहाँ पुगेको प्रहरीको टोलीले १ किलो लेखिएको सुनको बिस्कुट, २ लाख ७७ हजार रुपियाँ नगद तथा चार लाखको चेकसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले अवैध रुपमा सुनको कारोबार भैरहेको भन्ने गोप्य सुचनाको आधारमा राँझा चोकबाट नक्कलीे सुन र नगद तथा चेकसहित जाजरकोटको बारेकोट गाउँपालिका ६ का २२ बर्षीय राजु कार्की र सोही बारेकोट गाउँपालिका वडा नं– ८ का २९ वर्षीय पुर्ण बहादुर बिकलाई पक्राउ गरिएको बताउनुभयो...
तमु लोसारको उपलक्ष्यमा मोरिङ्गा रोपियो

तमु लोसारको उपलक्ष्यमा मोरिङ्गा रोपियो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १५ । विश्व वन्यजन्तु कोषका निर्देशक डा घन श्याम गुरुङ , विश्वजन्तु कोष नेपाल कि गुड विल एम्बेस्डर वरिष्ठ गायिका आनी छोईङ डोल्मा र आठ विलियन रुखका का हरित अभियन्ता हेमन्तराज काफ्लेले संयुक्त रुपमा विहिबार सितलचिनिको बिरुवा नेपालगन्जको सोल्टी होटल परिसरमा लगाउनु भएको छ । सितलचिनिको बारेमा गायिका आनिले आफू अफ़्रिका घुम्न गएको बेला थाहा पाएको र यो स्वास्थ्यका लागि निकै फाईदा जनक एक सुपर फुड भएको बताउनु भएको थियो र त्यही मोरिङ्गाको बिरुवा लोसार जस्तो सुभ दिनमा लगाउन पाउँदा निकै खुसी भएको बताउनुभयो । विश्वजन्तु कोषका निर्देशक डा गुरुंगले रुख नै जीवन हो यो रुखले हामिलाई नेपालगन्जलाई स्मरण गराई रहने छ भन्दै संरक्षणका क्षेत्रमा हामीले सबैलाई चेतना दिन निकै जरुरी रहेकोले बिरुवा लगाउनुपर्ने बताउनुभयो । बिरुवा लगाउन जुराएकोमा नेपालगञ्जका हरित अभियन्ता हेमन्तलाई अत...
फेसबुक पेजमाफर्त ठगी गर्ने बर्दियाका रमेश थारु कोहलपुरबाट पक्राउ, काठमाण्डौ पठाईयो

फेसबुक पेजमाफर्त ठगी गर्ने बर्दियाका रमेश थारु कोहलपुरबाट पक्राउ, काठमाण्डौ पठाईयो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, पुस १३ । सामाजिक संजाल फेसबुक पेजमाफर्त अनलाईन ठगी कार्यमा संलग्न रहेका बर्दियाका रमेश थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । थारुलाई पुस १२ गते पक्राउ गरेर आज मंगलवार महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी रविन्द्र खनालले बताउनुभयो । उहाँले बिभिन्न ब्यक्तिहरुको नागरीकताको कपी फेला पारी त्यसको दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाई अनलाईन मार्फत डीएसएलआर क्यामेराको खरिद तथा बिक्री गर्न आकर्षक बिज्ञापन राखेर खरिद गर्न चाहाने ग्राहकबर्गहरुसंग एडभान्स मागेर सामान नपठाउने काम गर्दै आएका जिल्ला बर्दिया बारबर्दिया नगरपालिका वडा नं १० बस्ने बर्ष २३ का रमेश थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेसंग समन्वय गरी महानगरीय अपराध महाशाखाले पक्राउ गर्न लगाएको बताउनुभयो । थारुलाई सोमवार कोहलपुरबाट पक्राउ गरि...
पुस २१ गते नेपालगन्जमा स्लो वाईक प्रतियोगिता आयोजना गरिने

पुस २१ गते नेपालगन्जमा स्लो वाईक प्रतियोगिता आयोजना गरिने

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १२ । तिब्र गतिमा मोटरसाईकल चलाउनलाई निरुत्साहित गरि दुर्घटनाबाट जोगाउन जनचेतना मुलक स्लो वाईक प्रतियोगिता नेपालगन्जमा हुने भएको छ । बास नेपाल नेपालगन्ज, रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्ज र सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको संयुक्त आयोजनामा सो प्रतियोगिता पौष १२ गते हुने भएको छ । तिब्र गतिमा मोटरसाईकल चलाउनलाई निरुत्साहित गर्ने, ट्राफिक नियम को पालना गरि सिमित गतिमा मोटरसाईकल चलाउन प्रोत्साहित गर्ने उद्देश्यले सो प्रतियोगिता गर्न थालिएको हो । आवश्यक चेतनाको अभावमा युवाहरुले तिब्रगतिमा मोटरसाईकल चलाई दिनहुजसो दूर्घटनाका घट्ना घटिरहेको अवस्थामा जोखिम न्यूनिकरण गर्दै जनचेतना जगाउन प्रतियोगिता उपलब्धीपूर्ण विश्वास लिईएको छ । नेपालगन्जमा हुने प्रतियोगितामा सहभागिताका लागि प्रतियोगि नाम दर्ता आवेदन खुला गरेको छ । प्रतियोगितामा भाग लिन चाहनेले अनलाईन मार्...
नेपालगञ्जमा माघ १४ गतेदेखि औद्योगिक व्यापार महोत्सवको आयोजना गरिने

नेपालगञ्जमा माघ १४ गतेदेखि औद्योगिक व्यापार महोत्सवको आयोजना गरिने

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १२ । दुई वर्षपछि नेपालगन्जमा यस पटक औद्योगिक व्यापार महोत्सव आयोजना गरिने निर्णय नेपालगञ्ज उद्योग बाणिज्य संघले गरेको छ । नेपालगन्ज उद्योग बाणिज्य संघले आउने माघ १४ गतेबाट नेपालगञ्जमा औद्योगिक व्यापार मेला लगाउने औपचारिक निर्णय गरेको नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव चिरन्जीवि ओलीले बताउनुभयो । उहाँले आउने माघ १४ गतेदेखि महोत्सव लगाउने निर्णय भएको जानकारी गराउँदै सो महोत्सव माघ २५ गतेसम्म लाग्ने बताउनुभयो । कोरोना भाइरस महामारीका कारण विगत दुई वर्षदेखि नेपालगन्जमा व्यापार महोत्सव लगाईएको छैन। अब्दुल वाहिद मन्सुरीले संघको नेतृत्व लिएसँगै कोरोना महामारी फैलिएकाले संघले कुनै पनि महोत्सव र मेलाको आयोजना गर्न नसकेको हो । महोत्सव गर्ने निर्णय गरेर सो को तयारीमा जुट्नु पर्ने भएकाले संघले आफ्नो साधारणसभा समेत तत्कालका लागि स्थगित गर्दै यही पुष १७ गते स्...