नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ९ पुस । सिभिल बैंक कोहलपुर शाखाले स्थानिय एक बिद्यालयमा अध्ययनरत छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।
कोहलपुर १ कृष्ण माध्यमिक विद्यालयमा पढ्ने स्वस्तिका बिकलाई बैकले रु ५ हजार सहयोग गरेको हो ।
बैंकको ११ औं स्थापना दिवशको अवसरमा सामाजिक कार्य अन्तरगत उक्त सहयोग गरेको बैंकका शाखा प्रबन्धक बसन्तकुमार रेग्मीले बताउनु भयो । उहाँले बैंकले सामाजिक कार्य र दायीत्व अन्तर्गत हरेक वर्ष विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जनाउँदै विभिन्न लक्षित वर्ग र समुदायलाई सहयोग गर्दै आएको बताउनुभयो ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ८ । बुझाईसकेको विद्युत महसुलमा अझै थप बुझाउनु पर्ने भनि साना उद्योगीलाई विद्युत प्राधिकरणले पत्र काटेपछि घरेलु तथा साना उद्योग महासंघ बाँकेले विद्युत प्राधिकरण नेपालगञ्जको ध्यानाकर्षण गराएको छ ।
विद्युत प्राधिकरणको प्राविधिक कमजोरीले कम बिलिंग भै रकम तिर्दै आएकोमा हाल आएर थप बक्यौता तिर्नु पर्ने भनि प्राधिकरणले पत्र पठाउँदा साना उद्योगी समस्यामा परेकोले सो सम्बन्धमा आवश्यक छलफल गरि बांकी बक्यौदा रकम छुट दिलाईदिनु हुन प्राधिकरणको लिखित ध्यानाकर्षण गराईएको हो ।
नेपाल घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अध्यक्ष मधु खड्कासहितको टोलीले विद्युत प्राधिकरण नेपालगञ्जलाई कार्यालयमै गएर बुझाएको ध्यानाकर्षण पत्रमा साना उद्योगको विद्युत मिटर दर्ता गर्दा औद्योगिक साना हुनुपर्नेमा प्राधिकरणको गलतीले औद्योगिक ग्रामिण तथा घरेलु वर्गमा गरिएकोले विल कम आएको र सोह...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ६ पुस । दाङमा ठुलो परिमाणको ब्राउनसुगरसहितसहित नेपालगञ्ज र भारत बहराइचका दुइ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा, बाँके जिल्लाको नेपालगंज उप–महानगरपालीका वडा नं १८ कारकाँदो बस्ने बर्ष ४५ की चन्द्रा राना र भारत उत्तर प्रदेश जिल्ला बहराईच मंन्सुरगंज बस्ने बर्ष १८ को समिर अंसारी पक्राउ परेका दांग प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १५०.५६ ग्राम लागु औषध ब्राउनसुगर, हेवाई र भिभो कम्पनीको स्क्रीन टच मोबाइल २ थान र भारु ४००० रकम प्रहरीले बरामद गरको छ ।
प्रहरीका अनुसार, विशेष सुचनाको आधारमा दाङ लमही नगरपालीका वडा नं ९ अमिलियास्थित प्रहरी अधिकृत सहितको प्रहरी टोली खटिगई चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा हिडडुल गरीरहेका समयमा उनीहरुको खानतलासी गर्दा रानाले लगाएको कालो रङ्गको हाईनेक भित्र घाँटी मुनीको भागमा खैरो हेरोइन लुकाई छिपाई राखेको अवस्थामा फेला परि बरामद ...
नेपालगञ्ज, पुस ६ । बाँकेको खजुरा बजारमा निमार्ण भइरहेको फोरलेन सडकको बेसमा गरिएको पीच दुई सातामै उप्किएको छ । खजुराको धनौली चौकीदेखि खजुरा १ नम्बरसम्को करिव अढाई किलो मिटर फोरलेन सडकको पीच उप्किएको हो । उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्ट्क्सनले पाएको हो । अढाई किलो मिटरको सडक पाँच वर्षदेखि निर्माणाधिनको क्रममा छ । सडक कालोपत्रे नहुँदा खजुराका स्थानीय धुलोले हैरान छन् । फोरलेन सडककको बेस दुई सातामै उपिक्एपछि स्थानीयले गुणस्तरमाथि शंका जनाउँदै सडक डिभिजन कार्यालयलाई जानकारी गराएका छन् ।
स्थानीय सतीस निरौलाले अढाई किलो मिटरको सडक बनाउन ५ वर्ष समय लगाउनु ठेकेदारको हद लापरवाही भएको बताए । उनले भने, अहिलृ सडक पीच गर्दा पनि गम्भीर लापरवाही देखिएको छ । हामी ५ वर्षदेखि धुलो खानुपर्ने बाध्यता छ ।
सडक डिभिजन कार्यालय नेपालगन्जका ईन्जिनीयर मनबहादुर विकले सडकको बेसमा गरिएको पीच उप्किएको स्वीकार ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ५ । चिसोले विपन्न र गरिब असहाय बृद्धबृद्धा समस्यामा परेपछि उनिहरुलाई लक्षित गरेर नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा कम्बल र शिरक वितरण गरिएको छ ।
प्रेस स्वतन्त्रता सेनानी राम गोपाल बैश्य स्मृति प्रतिष्ठान र कसौधन वैश्य समाजको संयुक्त आयोजनामा स्थानीय बागेश्वरी मन्दिर परिसर र सो वरिपरि मागेर गुजारा गर्दै आएका विपन्न बृद्धबृद्धालाई कम्बल र शिरक वितरण गरिएको छ ।
प्रेस स्वतन्त्रता सेनानी राम गोपाल बैश्य स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यका अनुसार आइतवारदेखि एक्कासी अत्याधिक चिसो बढेपछि बागेश्वरी मन्दिर वरिपरि मागेर जिविका चलाउने बृद्धबृद्धालाई कम्बल र शिरक वितरण गरिएको बताउनुभयो । बागेश्वरी मन्दिर परिसरमा रहेका अति विपन्न बृद्धबृद्धालाई प्रतिष्ठानका अध्यक्ष वैश्य, वरिष्ठ पत्रकार अक्षरी पोखरेल लगायतले कम्बल तथा शिरक वितरण गर्नुभयो ।
चिसो क्रमश...
सिराज खान
नेपालगञ्ज, पुस ४ गते । आइतवार विहानैदेखि यहाँ चलेको शितलहर, कुहिरो र हुस्सुले गर्दा दिउँसो १ बजेसम्म नेपालगञ्ज विमानस्थल बन्द रहेको छ ।
कुहिरो र हुस्सुले भिजीविलिटी निकै कम भएका कारण आइतवार विहानबाट दिउँसोसम्म नेपालगञ्जबाट कुनै पनि हवाई उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।
नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुभाष झाँका अनुसार मौसमका कारण विमानस्थल नखुल्दा विहान पहाडी जिल्लाहरुमा हुने सबै उडान रद्द गरिएका छन् भने संघीय राजधानीका लागि हुने उडानहरु प्नि रद्द भएका छन् ।
दिउँसोपछि मौसममा सुधार हुने अपेक्षा गरिएकोले मौसममा सुधार भयो भने मात्रै हवाई उडानहरु सुचार गरिने प्रमुख झाँले बताउनुभयो ।
नेपालगञ्जबाट विहान हुल्म्लाको सिमिकोट, मुगुको रारा, डोल्पा र जुम्लामा हवाई उडान हुने गरेका छन् भने राजधानी काठमाण्डौ र पोखराका लागि विहान, दिउँसो र बेलुका समेत...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३ पुस । अवैध सामान ओसारपसार र चोरी तस्करी विरुद्ध सक्रिय रहेको सशस्त्र प्रहरीको टोलीले बाँकेको डुडुवाबाट ठुलो परिमाणमा अवैध सिसमको काठसहित दुई वटा टयाक्टर बरामद गर्न सफल भएको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले दिनु भएको जानकारी अनुसार सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको कमान्डमा खटिएको टोलीले डुडुवा गाउँपालिका ५ खजुरा गाउँस्थित गोकुल सामुदायिक बनमा दुई वटा टयाक्टरमा लोड गरिरहेको अवस्थामा १३ गोलिया जंगली सिसमसहित टयाक्टर बरामद गरिएको हो ।
गोकुल सामुदायिक बनमा अवैधरुपमा सिसमको काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक थारुको कमान्डमा गएको टोलीले शनिवार बिहान ३ बजे अवैधरुपमा तस्करीको लागि लोड गरिरेहेको अवस्थामा १...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २९ मंसिर । भारतबाट राजस्व छलेर लयाएको तीन लाख रुपियाँको लत्ता कपडा, चिनी र हाडवेयरका सामान प्रहरीले बरामद गरेको छ । प्रहरीले सक्रियता देखाउँदै दिनदिनै सामान पक्राउ गर्दै आएपनि तस्करहरुले आफ्नो काम छाडेका छैनन् ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको तीन लाख रुपियाँको लत्ता कपडा, चिनी र हाडवेयरका सामान प्रहरीले नेपालगञ्ज वडा नम्बर १६ बाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सो बारेमा थप अनुसन्धान भैरहेको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो ।
उहाँले राजस्व छलेर सामान भित्रयाउन सक्रिय तस्करलाई प्रहरीले कुनै पनि हालतमा सफल हुन नदिने जनाउँदै सीमानामा निगरानी र गस्ती दुबै बढाईएको बताउनुभयो ।
यहाँस्थित नेपाल भारत सीमानामा रहेको जमुनाह प्रहरी कार्यालय, सीमा प्रहरी कार्यालय र शसस्त्र प्रहरीका विभिन्न चेकपोष्टले तस्करी र अवै...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २९ मंसिर । बाँकेको रााप्तीसोनारी गाँउपालिका वडा नम्वर ४ माहुको श्री रामजानकी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीले मिलेर १५ लाख रुपियाँ हिनामिना गरेको आरोप सोही समुहका उपभाक्ताले लगाएका छन् ।
सिक्टाको नहर निमार्ण गर्ने क्रममा सामुदायिक वनको रुखहरु काटेर विक्रि गर्दा भएको २७ लाख आम्दानी मध्ये १२ लाखमा कार्यालय भवन निर्माण गरेको देखाइए पनि अरु १५ लाख हिनामिना गरिएको पाईएको उपभोक्ताको भनाई छ ।
उपभोक्ता समुहकी अध्यक्ष कृष्णि चौधरी, सचिव बासुु चौधरी र कोषध्यक्ष सरिता चोधरीको मिलोमतोमा सो हिनामिना भएको तिनै जनाले स्विकार गरेको जनाईएको छ ।
रुखबाट प्राप्त रकम सामुदायिक वनको सिभिल बैंकको खातामा जम्म गरिएको थियो । जस मध्य १२ लाख भवन निर्माण र बाँकी रकम अध्यक्ष, कोषध्यक्ष र सचिवले हिनामिना गरेको उपभोक्ता डिल्ली चौधरीले बताउनुभयो ।
चौधरीका अनुसार आफनो घरमा काम प...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २८ । नेपालगन्ज विमानस्थलमा देखिएकोअस्तव्यस्तता र जंगली जनावर धापनमार्गमा छिर्ने घट्नामा सुधार ल्याउन बासले विमानस्थल व्यवस्थापनलाई एक महिनाको अल्टिमेटम दिएको छ ।
एक महिनाभित्र सुधार नगरिए चरणवद्ध आन्दोलनमा जाने चेतावनी समेत बासले मंगलवार नागरिक उड्डयन कार्यालय नेपालगञ्जलाई बुझाएको ज्ञापनपत्रमा दिर्ईएको छ ।
विमानस्थलको अस्तव्यस्तता विरुद्ध मंगलवार विमानस्थलको मूल गेटमा एक घण्टा शान्तिपूर्ण प्रदर्शन गरिएको थियो। विमानस्थलको मुल गेटमा बिहान १० बजेदेखि ११ बजे सम्म विभिन्न प्लेकार्ड बोकेर जम्मा भएका बास नेपालका युवाले सो प्रदर्शन गरेको थियो ।
शान्तिपुर्ण प्रर्दशनको क्रममा नेपालगन्ज विमानस्थल भित्रका समस्याहरु लेखिएका प्लेकार्ड सहभागिहरुले टाँस गरेका थिए । एक घण्टाको शान्तिपुर्ण प्रर्दशनपछि बासले विमानस्थलका समस्याहरु समाधानका लागि नेपालगन्ज विमान स्थलका...