१० बैशाख २०८३, बिहीबार

अर्थ

भारतबाट हुने अवैध आयात निरन्तर जारी, फेरी १३ लाखको सामान बरामद

भारतबाट हुने अवैध आयात निरन्तर जारी, फेरी १३ लाखको सामान बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर २७ । भारतबाट हुँदै आएको अवैध आयात र चोरी तस्करी निरन्तर जारी रहेको छ । सोही क्रममा सशस्त्र प्रहरीको टोलीले बाँकेबाट एउटा भ्यानसहित ठुलो परिमाणमा भारतबाट अवैध रपमा भित्रयाईएको लेडिज ब्रा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भुपेन्द्र रोकायको कमान्डमा खटिएको टोलीले बाँकेको जानकी गाउँपालिकास्थित खजुरा खुर्दबाट सोमवार बिहान ४ बजे भे १ च २६३९ नम्बरको भ्यानसहित १६६९ दर्जन लेडिज ब्रा बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले बताउनुभयो। गस्तीमा रहेको नायब निरीक्षक रोकायको टोलीले बर्दियाबाट आइरहेको उक्त भ्यान खजुरा खुर्दमा रोकिराखेको अवस्थामा चेकजाँचका क्रम ती अवैध सामाग्री फेला परेको एसपी बमले बताउनुभयो । एसपी बमका अनुसार बरामद गरिएको ब्रा को मूल्य ८ लाख १ हजार ...
धान विक्रिको कुपन लिन गएका किसानहरु कृषि ज्ञान केन्द्रको गेट फोडेर भित्र छिरे

धान विक्रिको कुपन लिन गएका किसानहरु कृषि ज्ञान केन्द्रको गेट फोडेर भित्र छिरे

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २४ मंसिर । धान बिक्रिका लागि कुपन लिन कृषि ज्ञान केन्द्र बाँकेमा पुगेका कृषकले छिटो कुपन पाउनका लागि तछाड मछाड गर्दै ज्ञान केन्द्रको मुख्य गेटको ढोका तोडफोड गरेका छन । कुपन लिन विहानै कार्यालयमा पुगेपनि ११ बजेसम्म कुपन वितरढा नगरिएपछि आक्रोशित भएका उनिहरुले ढोका तोडफोड गरेर भित्र छिरेका थिए । धान विक्रिका लागि कृषि ज्ञान केन्द्रको सिफारीस अनिवार्य गरिएपछि कुपन लिन चाहने किसानको संख्या धेरै भएकोले आफ्नो पालो नआउला भन्ने डरले अधिकांश किसानले पहिलेनै पालो खोजीरहेका छन् । खाद्य व्यवस्था कम्पनीमा धान खरिद कार्य सहज बनाउन प्राथमिक खरिद समितिको बैठकले कृषि ज्ञान केन्द्र बाँकेको सिफारीस कुपन गर्दै धान बेच्न चाहने कृषकलाई शुक्रबार देखि कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको थियो । कुपन वितरण हुने सूचना पाएका किसानहरु शुक्रबार बिहान ५ बजेदेखि कृषि ज्ञान केन्द्र बाँकेम...
एक लाख मुल्यको अवैध काठ प्रहरीद्धारा बरामद, काठ तस्कर फरार

एक लाख मुल्यको अवैध काठ प्रहरीद्धारा बरामद, काठ तस्कर फरार

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २४ मंसिर । बाँकेको डुडुवा गाउँपालिका २ स्थित जाफरपुरुवाबाट १ लाख मूल्य बराबरको अवैध सालको काठ नेपाल प्रहरी, सशस्त्र प्रहरी, झोरा सामुदायीक वन उपभोक्ता समुह र वन कर्मचारीहरुको टोलिले बरामद गरेको छ । नेपाल प्रहरी, शशस्त्र प्रहरी, झोरा सामुदायीक वनकापदाधिकारी र डिभिजन वन कार्यालय बाँकेको सयुक्त टोलीले डुडुवा गाउँपालिका २ जाफरपुरुवा बस्ने कमाल खाँको घरबाट ३१.६७ क्युविक फिट अवैध रुपमा काटी ल्याई लुकाई राखिएको सालको काठ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सो टोलिले स्थानीय व्यक्तिहरूको रोहवरमा अवैध काठ बरामद गरेको हो । अवैध रूपमा सालको काठ घरमा लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाको आधारमा सो टोलिले अपरेसन सुरु गर्ने क्रममा सालको काठ बरामद गरेको जिल्ला बव डिभिजन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले जानकारी दिनुभयो । प्रमुख कडेलका अनुसार दोषी कमाल खाँ...
विप्लव माओवादीको युवा संगठनद्धारा लाखौंको अवैध गिट्टी, बालुवा र ढुंगा कब्जा

विप्लव माओवादीको युवा संगठनद्धारा लाखौंको अवैध गिट्टी, बालुवा र ढुंगा कब्जा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर २२ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको युवा संगठन नेपालले बाँकेमा अवैध रुपमा उत्खनन गरी भण्डारण गरिएका गिट्टी, बालुवा र ढुंगालाई कब्जा गरेको घोषणा गरेको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकास्थित विभिन्न ३ स्थानमा डम्पिङ गरिएको उक्त सामाग्रीलाई विप्लव समुहको युवा संगठन नेपालले कब्जा गरेको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्वर २ को टीकुलीपुर र वडा नम्बर ६ फत्तेपुरस्थित खल्लाटेपरी, ढलैयामा डम्पिङ गरेर राखिएको करोडौं मुल्यको नदीजन्य सामाग्री सो संगठनले कब्जा गरेको जनाएको छ । अवैध रुपमा गिट्ट, बालुवा संकलन गरेर सामुदायिक वन क्षेत्रमा लुकाइ राखिएको अवस्थामा कब्जा गरिएको विप्लव निकट युवा संगठन नेपाल बाँकेले जनाएको छ । चोरी तस्करी गरेर राखिएका गिट्टी र बालुवा जनताको सम्पत्तिका रुपमा राज्यले लिनुपर्ने उक्त संगठनले जनाएको छ । विप्लव निकट अख...
नेपालगन्जमा शाइन रेसुङ्गा बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपालगन्जमा शाइन रेसुङ्गा बैंकको वित्तीय साक्षरता कार्यक्रम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर २२ । शाइन रेसुङ्गा बैंकले नेपालगञ्जमा रहेको कलेज अफ मेनेजमेण्टमा विविएसमा अध्ययनरत विद्यार्थीहरुका लागि वित्तीय एवं डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम गरेको छ । बैंकका शाखा प्रबन्धक तेज बहादुर रावलले वित्तीय साक्षरताको आवश्यता, महत्व एवं वित्तीय समावेशीकरण, बैंकिङ्ग विकास र शाइन रेसुङ्गा बैंकको संक्षिप्त जानकारीका साथै बैंकले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा विद्यार्थिहरुलाई जानकारी गराउनु भएको थियो । करीब ५० जना भन्दा बढी विद्यार्थीहरु रहेको सो साषरता कार्यक्रममा कलेजका प्राध्यापकसहित अध्यापकहरको समेत सहभागिता रहेको थियो ।...
भारतबाट तस्करी गरेर ल्याएको दुई लाख बढीको सामान प्रहरीले फेरी समात्यो

भारतबाट तस्करी गरेर ल्याएको दुई लाख बढीको सामान प्रहरीले फेरी समात्यो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २१ । भारतबाट नेपालतर्फ तस्करी गरेर ल्याईएको दुई लाख बढीको विभिन्न सामान प्रहरीले फेरी बरामद गरेको छ । भारतबाट हुँदै आएको चोरी तस्करी निरन्तर जारी रहेको कुरा यो सामान बरामदबाट फेरी पनि पुष्टि भएको छ । राजस्व छलेर लाखौं लाखका विभिन्न सामानहरु नेपाल भित्रयाउनेहरु नाकामा सक्रिय रहेका छन् । यो कार्य नरोकिंदा बर्सेनी करोडौंको राजस्व छलि हुने गरेको पाईएको छ । तर, यसको रोकथामका लागि न त सरकारले नै कुनै विशेष योजना र कार्यक्रम बनाएको छ न त स्थानीयस्तरमा प्रहरी प्रशासनले नै कुनै योजना र कार्यक्रम बनाएको पाईएको छ । प्रहरीले त सामान मात्रै नियन्त्रणमा लिने तथा तस्करलाई भाग्न सहयोग गर्ने गरेको गुनासो पटक पटक स्थानीयले उठाउँदै आएका छन् । तर, प्रहरीले त्यस्तो हुने नगरेको सफाई दिंदै आएको छ । पछिल्लो पटक प्रहरीले नेपालगंज उपमहानगर १० बाट भन्सार छली चोरी पैठारी...
विद्युत प्राधिकरण कोहलपुरद्धारा अनलाइन महसुल तिर्न उपभोक्तालाई आग्रह

विद्युत प्राधिकरण कोहलपुरद्धारा अनलाइन महसुल तिर्न उपभोक्तालाई आग्रह

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २१ । नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले आफ्ना उपभोक्ताहरुलाई अनलाइन माध्यमबाट महसुल बुझाएर विभिन्न झन्झटबाट जोगिन आग्रह गरेको छ । त्यसका लागि केन्द्रले उपभोक्तालाई सुचनामुलक पम्पलेट वितरण गरिरहेको छ । अनलाइन सुविधा हुँदा पनि घन्टौं लाइनमा बसेर भुक्तानी गर्न आउने विद्युत उपभोक्ताहरूलाई अनलाइन विद्युत भुक्तानी लगायतका विषयमा थप चेतना फैलाउन कोहलपुर वितरण केन्द्रले सुचनामुलक पम्पलेट वितरण गरिरहेको केन्द्रका प्रमुुख सुरज रेग्मीले बताउनुभयो । कतिपय सेवाग्राही जानकार भएर पनि अनलाइन भुक्तानी गर्न अलमल हुने, प्रक्रियाबारे स्पष्ट हुन नसकेर घन्टौंसम्म लाइनमा कुरेर महसुल भुक्तानी गर्ने हुँदा त्यस्ता सेवाग्राहीलाई थप स्पष्ट पार्न दक्ष जनशक्तिबाट अन्य अत्यावश्यक विभिन्न सुचना समेटिएको पम्पलेट प्रचारप्रसारका लागि बाड्न थालिएको केन्द्र प्रमुख रेग्मील...
बाँकेमा बेमौसमी बर्षाले करिब दुई अर्बको धान क्षति, राहातको पर्खाईमा किसान

बाँकेमा बेमौसमी बर्षाले करिब दुई अर्बको धान क्षति, राहातको पर्खाईमा किसान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
रासस बाँके, १४ मंसिर । कात्तिक पहिलो साता परेको बेमौसमी वर्षात्ले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसान राहतका पर्खाइमा बसेका छन् । उनीहरुले परालसमेत काम नलाग्ने भएपछि अहिले खेतमै जलाईदिएका छन् । पानीले डुबाएर धानसँगै परालसमेत गाईवस्तुले खान नमिल्ने अवस्थाको भएपछि खेतमै जलाइदिएको जानकी गाउँपालिका–५ बेलहरीका किसान रमेश बर्माले जानकारीदिनुभयो । उहाँका अनुसार कुहिएको पराल घरमा ल्याउने कष्ट नगरी खेतमै जलाइदिएपछि मल हुन्छ भन्ने बुझाइमा धेरै किसानले खेतमै परालमा आगो लगाएका छन् । बेमौसमी वर्षात्का कारण धानबालीमा क्षति भएका कारण राहतका लागि क्षतिको विवरण वडा कार्यालय हुँदै गाउँपालिका कार्यालय कृषि शाखामा किसानले बुझाएका छन् । तर अहिलेसम्म राहत नपाउँदा किसान निरास हुँदै गएका छन् । गत कात्तिक पहिलो साता केही दिनको लगातार पानीले काटेको र काट्न ठिक्क परेको धानमा ठूलो क्षति पु¥याएको थियो । किसानको...
नेपालगञ्जमा हाइजेनिक र गुणस्तरीय मासु पाइने डेली चिकेन नामक पहिलो आउटलेटको शुभारम्भ

नेपालगञ्जमा हाइजेनिक र गुणस्तरीय मासु पाइने डेली चिकेन नामक पहिलो आउटलेटको शुभारम्भ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर १३ । नेपालकै पहिलो वातानुकुलित स्वच्छ र गुणस्तरीय तरिकाले मानव स्वास्थ्यका लागि कुनै पनि किसिमले प्रतिकुल प्रभाव नहुनेगरि रजा ग्रुपद्धारा उत्पादन गरिएका कुखुराको मासुको पहिलो आउटलेट को नेपालगञ्जमा सोमवार शुभारम्भ गरिएको छ । शाहरुख इन्टर प्राइजेजले नेपालगञ्ज बसपार्क, बाईपास रोड वडा नम्बर ४ मा ‘डेली चिकेन’ को नामले सो पहिलो आउटलेटको शुभारम्भ गरेको हो । उक्त आउटलेटमा नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिबाट हाइजेनिक वातावरणमा उत्पादन गरिएका कुखुराको मासु विक्रि वितरण गर्न शुरु गरिएको शाहरुख इन्टर प्राइजेजका सञ्चालक शाहरुख रजाले बताउनुभयो । उक्त आउटलेटको शुभारम्भमा पुग्नु भएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद तथा पुर्व मन्त्री मोहम्मद ईश्तियाक राईले नेपालगञ्ज र सो वरिपरि कुखुराको मासुको माग उच्च रहेकोले मानव स्वास्थ्यलाई ध्यानमा राखेर वातानुकुलित स्व...
लकडाउनपछि बाँकेको होटल व्यावसाय फस्टाउँदै, लगानी थप्ने क्रम शुरु

लकडाउनपछि बाँकेको होटल व्यावसाय फस्टाउँदै, लगानी थप्ने क्रम शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, मङ्सिर ११ गते । कोरोना महामारीले भएको बन्दाबन्दीले दुई वर्ष ठप्प भएको बाँकेको होटल व्यावसाय फस्टाउन थालेको छ । भारतीय र तेस्रो देशका पर्यटकको आगमन ह्वात्तै बढ्न थालेपछि यहाँको होटल व्यवसाय फस्टाउन थालेको व्यावसायीहरुले बताएका छन् । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्ज होटलमा लगानी थप गर्ने र स्तरोन्नती गर्नेक्रम पनि शुरु भएको छ । नेपालगञ्जमा तारे होटलहरुको संख्या बढ्दै गएको छ । सो क्रममा होटल सिटी प्यालेसले २५ करोडको लगानी थपेर भौतिक संरचनालाई अत्याधुनिक बनाउँदै चार तारेको मान्यता पाएको छ । नेपालगञ्ज–पोखरा हवाई उडानसँगै मुगुको रारा र अन्य जिल्लाका पहाडी क्षेत्रमा पनि निजि विमान कम्पनीले उडान शुरु गर्न थालेपछि होटलको भौतिक संरचनामा सुधार गरेर गुणस्तरीय, आधुनिक सुविधायुक्त सेवा बनाइएको सञ्चालक लोकेन्द्र अर्यालले बताउनुभयो । चारतारे मान्यता पाएसँगै सिटी प्यालेसले आफ्नो...