१० बैशाख २०८३, बिहीबार

अर्थ

नेपालगञ्ज विमानस्थलमा विमानमा स्याल ठोक्कियो, यात्रु सुरक्षित, जहाजको नोजल गेयरमा क्षति

नेपालगञ्ज विमानस्थलमा विमानमा स्याल ठोक्कियो, यात्रु सुरक्षित, जहाजको नोजल गेयरमा क्षति

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, मङ्सिर ८ गते । काठमाडौंंबाट नेपालगञ्ज आएको बुद्ध एयरको एब्रो जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा स्याल ठोक्किएको छ । बुधबार सांझ ७ बजेर ५ मिनेटमा विमान अवतरण गरिरहेको बेला धावनमार्गमा स्यालसंग ठोक्किएको नागरिक उड्यन कार्यालय नेपालगञ्जले जनाएको छ । सो कार्यालयका प्रमुख सुभाष झाले बुद्ध एअरको विमान अवतरण गरेर धावनमार्गमा दौडिरहेको बेला स्यालसंग ठोक्किएको र विमान तथा यात्रुहरु सबै सुरक्षित रहेको बताउनुभयो । उहाँले सो विमान अवतरण गरे लगत्तै श्री एअरको विमान समेत अवतरण गरेको जनाउँदै धावनमार्गमा गएर हेर्दा स्यालका शरीका भागहरु टुक्रा भएको अबस्थामा फेला परेको बताउनुभयो । स्याल ठोकिदा जहाजको नोजल गेयरमा समस्या आएकोले सो चेकजाँचका लागि काठमाण्डौबाट ईन्जिनियरहरु आइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन अधिकारीले बताउनुभयो । सो घट्ना ...
ड्युटीसमयलाई ध्यानमा राखेरनै विमानलाई नेपालगञ्जसम्मै उडाइएको हो–नेपाल एअरलाइन्स

ड्युटीसमयलाई ध्यानमा राखेरनै विमानलाई नेपालगञ्जसम्मै उडाइएको हो–नेपाल एअरलाइन्स

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, मङ्सिर ८ गते । काठमाडौंबाट रुकुमको सल्ले विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको ट्विनअटर विमानका चालक दलको ड्युटी समय सकिएपछि नेपालगञ्जमा अवतरण गराएर यो उडान निर्देशिका अनुरुप भएको बताइएको छ । नेपाल एयरलाइन्सको अपरेशन डिपार्टमेन्टका अनुसार फ्लाइट अपरेसन रिक्वायरमेन्टको क्लज नम्बर १४.६.१ का अनुसार चालक दलले १० घण्टा भन्दा बढी ड्युटी गरेमा नागरिक उड्ययन प्राधिकरणले लाइसेन्स समेत जफत गर्न सक्ने प्रावधान रहेकोले सो विमानलाई नेपालगञ्जसम्मकै लागि सो दिन पठाईएको थियो । गत आइतवार विहान ६ बजेर ३० मिनेटमा काठमाडौं नेपालगञ्ज रुकुम सेड्युल उडान मौसमका कारण स्थगित भएपछि सोही दिन दिउँसो २ बजेर ५८ मिनेटमा उक्त उडान गरिएको थियो । तर, चार बजेसम्म मात्रै सो विमानका चालक दलको ड्युटी समय रहेकोले विमानलाई नेपालगञ्जमा अवतरण गराई यात्रुलाई होटलमा राखेर अर्को दिन सोमवार विहान सोही विमान...
आकाशमा उड्दाउड्दै पाइलटको ड्युटी सकियो, रुकुम जाने यात्रु नेपालगञ्जमा झारिए

आकाशमा उड्दाउड्दै पाइलटको ड्युटी सकियो, रुकुम जाने यात्रु नेपालगञ्जमा झारिए

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज, मंसिर ७ । नेपाल एयरलाइन्सको ट्विन अटर विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुकुमको सल्ले उडान भर्ने अनुमति पाइसकेको थियो । दिउँसो ३ बजे उड्नुपूर्व यात्रु विमानमा बसिसकेका थिए । विमानका पाइलट ककपिट छिरेपछि एयरहोस्टेजको मधुर आवाज निस्कियो– अब हामी गन्तव्यतर्फ उड्दैछौं । कृपया सुरक्षाका लागि सबैले बेल्ट बाँधिदिनुहोला । ट्विन अटर विमानका आठमध्ये एक यात्रुले आफन्तलाई फोन गरे– विमानस्थलबाट प्लेन उड्नै लाग्यो । सल्ले आउँदै गर्नुहोला ।’ प्लेनले निर्धारित समयमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्यो । अनि आकाशमा एक फन्का मारेर गन्तव्य सोझ्यायो । यात्रुलाई लागेको थियो– प्लेन केही समयमा नै सल्ले विमानस्थलमा अवतरण होला र आफन्त भेटिएलान् । तर त्यसो भएन । बीच बाटोमै नेपालगञ्ज विमानस्थलमा प्लेन अवतरण भयो । धेरैलाई लाग्न सक्छ– जहाजमा कुनै प्राविधिक समस्या आएकाले...
रुख कटान नहुँदा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

रुख कटान नहुँदा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
प्रकाश अधिकारी, रासस कर्णाली, मङ्सिर ७ गते । रुख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम प्रभावित भएको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान नहुँदा टावर निर्माणको कार्य प्रभावित भएको हो । आयोजनाले बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रअन्तर्गतका १३ हजार ११९ रुख कटान गर्न प्रस्ताव गरेको छ । आयोजना प्रमुख रविकुमार चौधरीले रुख कटानसम्बन्धी प्रस्ताव स्वीकृतिमा भएको ढिलाइले निर्माण प्रभावित हुने बताउनुभयो । “आयोजना र नेपाल विद्युत् प्राधिकरणबाट सबै तयारी पूरा भइसकेको छ, मन्त्रिपरिषद्मा रुख कटानसम्बन्धी प्रस्ताव लैजाने काम वन तथा वातावरण मन्त्रालयको हो”, उहाँले भन्नुभयो । निकुञ्ज क्षेत्रका रुख कटान गर्नुपर्ने भएकाले वन मन्त्रालयलाई समय लागेको हुनसक्ने उहाँको भनाइ थियो । आयोजना र भारतीय ठेकेदार कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच ...
राप्ती नदीमा एक हजार माछाका भुरा हालियो

राप्ती नदीमा एक हजार माछाका भुरा हालियो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ६ मंसिर । बिश्व मत्स्य दिवसको अवसर पारेर बाँकेमा राप्ती नदीको अगैयामा एक हजार माछाका भुरा हालिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँके नेपालञ्जले एक कार्यक्रमको आयोजना गरी राप्ती नदीमा १ हजार माछाका भुरा छाडेको हो । जलचर संरक्षण हाम्रो प्रतिबद्धता खाद्य पोषण तथा दिगो विकासको सुनिश्चितता भन्ने नारा सहित मनाइएको विश्व मत्स्य दिवसमा रौ र नैनी जातका माछाका भुरा अगैयास्थित राँप्ती नदीमा छाडिएको विज्ञ केन्द्र नेपालञ्जका प्रमुख तथा वरिष्ठ मत्स्य बिकास अधिकृत कमला अधिकारीले जानकारी दिनुभयो । राप्ती नदीमा माछा छाड्ने कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका उप प्रमुख धनी कुमारी खत्रीले विशेष उपस्थिति रहेको विज्ञ केन्द्रले जनाएको छ । कार्यक्रममा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत बसिर अहमद, प्राबिधिक अधिकृत सुदन भट्टराई लगायतको उपस्थिति रहेको थिय...
अझै रोकिएन भारतबाट हुने तस्करी र अवैध आयात

अझै रोकिएन भारतबाट हुने तस्करी र अवैध आयात

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ६ मंसिर । यहाँस्थित सीमापारी भारतबाट नेपालतर्फ हुने अवैध आयात र तस्करी निरन्तर जारी नै रहेको छ । प्रहरीले जतिसुकै सक्रियता देखाएपनि र जतिसुकै सामान पक्राउ गरेपनि लामो समयदेखि हुँदै आएको अवैध आयात र तस्करी भने रोकिएको छैन । मुख्य नाकामा धेरै ठाउँमा चेकजाँच हुने गरेपनि तथा अन्य नाकाहरुमा समेत शसस्त्र र जनपथ प्रहरीको उल्लेख्य उपस्थिति रहँदै आएपनि कसरी दैनिक लाखौं लाख रुपियाँको अवैध सामान नेपाल भित्रिन्छ भन्ने प्रश्न चारै तिर उठीरहेको छ । भन्सार राजस्व छलेर भारतीय सामानलाई दैनिक रुपमा नेपालमा भित्रयाउने काम निरन्तर भैरहेपनि सुरक्षाकर्मीले त्यसलाई किन रोक्दैनन् वा किन देख्दैनन् भन्ने प्रश्न पनि जनमानसमा सर्वत्र उठिरहेको छ । यसरी राजस्व छलेर सामान ल्याउँदा देशलाई ठुलो नोक्सानी भएपनि यो सबै किन रोकिंदैन ? यही नै सबैभन्दा अहम प्रश्न हो । उता, प्रहरीले भने दिनद...
बाँकेमा सबैभन्दा बढी कर तिरेको भन्दै मंगल हार्ड वेयर र लक्ष्मी प्लाष्टिकलाई सम्मान

बाँकेमा सबैभन्दा बढी कर तिरेको भन्दै मंगल हार्ड वेयर र लक्ष्मी प्लाष्टिकलाई सम्मान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १ मंसिर । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले १० औं राष्ट्रिय कर दिवस को अवसरमा बाँकेमा सबैभन्दा बढी कर तिर्ने करदातालाई बुधवार नेपालगञ्जमा सम्मान गरेको छ । कर दिवस तथा कर सप्ताहको उदघाटनका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शमसेर राणा र आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत शरदचन्द्र पौडेलले बाँके जिल्ला भरिमा सबै भन्दा बढी कर दाखिला गर्ने मंगल हार्ड वेयरका मंगल अग्रवाल र विनोद अग्रवाल तथा लक्ष्मी प्लाष्टिक प्रालिका संचालक जय गोपाल श्रेष्ठ र रमेश जयसवाललाई सम्मान गर्नुभयो । सोही अवसरमा आन्तरिक राजस्व कार्यालयका नायब सुब्बा इन्द्रा सापकोटालाई उकृष्ट कर्मचारी घोषित गरेर सम्मान गरिएको थियो । सम्मानित व्यक्तिलाई दोसल्ला र फुलको माला लगाई कदर पत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा धवल समसेर राणाले...
प्रहरीद्धारा नेपालगञ्जबाट फेरी एक लाख ६३ हजार बढीको अवैध सामान बरामद

प्रहरीद्धारा नेपालगञ्जबाट फेरी एक लाख ६३ हजार बढीको अवैध सामान बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २८ कात्तिक । फेरी एक पटक बाँके प्रहरीले भारतबाट ल्याउदै गरिएको ठुलो परिमाणको अवैध सामाग्री बरामद गरेको छ। प्रहरीले नेपालगञ्जबाट १ लाख ६३ हजार भन्दा बढीको भन्सार राजस्व छलेर ल्याईएको सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको कमान्डमा गएको प्रहरी हवल्दार पुर्ण बस्नेतसहितको टोलीले नेपालगन्ज १० ट्राफिक चोकबाट शनिबार राती भन्सार छली गरेर ल्याइएको अन्दाजी ६३ हजार रुपैयाँ बराबरका लेडिज कपडा, ७ बोरा गहुँ, ७ बोरा युरिया मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। त्यस्तै टोलीले नेपालगन्ज १० गणेशमान चोकबाट भारतबाट चोरीपैठारी गरेर ल्याइएको १ लाख रुपैयाँ बराबरका ताला चावी र मोजा आइतवार विहान बरामद गरेको बाँके प्रहरीले जनाएको छ।आइतवार बिहान १० बजे र शनिबार राती बरामद गरिएका १ लाख ६३ हजार रुपैयाँ बराब...
सरकारले धान खरिदमा ढिलाई गर्दा बाँकेका किसान निकै सस्तोमा बेच्न बाध्य

सरकारले धान खरिदमा ढिलाई गर्दा बाँकेका किसान निकै सस्तोमा बेच्न बाध्य

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, २७ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा ढिलाइ गरेपछि बाँकेका किसानले बाध्य भएर निकै सस्तोमा धान विक्री गरिरहेका छन् । सरकारले समयमै धानको समर्थन मूल्य निर्धारण गरे पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयले हालसम्म धान खरिद शुरु नगर्दा बाध्य भएर व्यापारीलाई सस्तोमा धान विक्री गर्नुपरेको किसानको गुनासो छ । कम्पनीले खरिद शुरु नगर्दा व्यापारीलाई सरकारले तोकेको भन्दा प्रति क्विन्टल ६ सयदेखि ८ सयसम्म कम मूल्यमा धान विक्री गर्नुपरेको बाँके नौबस्ताका किसान राजेन्द्र चौधरीले दुःखेसो गर्नुभयो । उहाँले मोटा धान प्रतिक्विन्टल दुई हजार ७५१ रुपियाँ र मध्यम धान प्रतिक्विन्टल दुई हजार ९०२ रुपियाँमा खरिद गर्न मूल्य निर्धारण गरिए पनि व्यवसायीले मोटा धान प्रतिक्विन्टल एक हजार ५०० देखि दुई हजारसम्म र मध्यम धान प्रतिक्विन्टल दु...
नेपाल एयरलाइन्सले सात महिनापछि नेपालगञ्ज–हुम्ला हवाई उडान शुरु गरयो

नेपाल एयरलाइन्सले सात महिनापछि नेपालगञ्ज–हुम्ला हवाई उडान शुरु गरयो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २१ कात्तिक । नेपाल एयरलाइन्सले सात महिनापछि नेपालगञ्ज–हुम्ला हवाई उडान आइतवारबाट फेरी शुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आलेले केही दिन अगाडि पश्चिम नेपालका हिमाली जिल्लामा उडान भर्न निर्देशन दिएपछि सो एयरलाईन्सले नेपालगञ्ज–हुम्ला उडानशुरु गरेको हो । कोरोना कहरले बन्द भएको सात महिनापछि नेपाल एयरलाइन्सले हुम्लाका लागि सहुलियत उडान भर्न सुरु गरेको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जले जनाएको छ । यसअघि सो एयरलाइन्सलाई पटक पटक उडानका लागि हुम्लावासीले अनुरोध गर्दा उडान हुन सकेको थिएन । यो उडान शुरु गरिएपछि नेपालगञ्जबाट हुम्ला जाने र फर्किने यात्रुलाई उचित भाडादरमा यात्रा गर्न सहज भएको छ । यसअघि हप्ताको एक उडान भर्दै आएको सो एयरलाइन्सले अब नियमित उडान भर्ने जनाएको छ । नेपाल एयरलाइन्सले उडान सुरु गरेपछि सो रुटमा सहुलियत दरमा या...