नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १५ । नेपाल र मौरिसस बीचको दशरथ रंगशालामा जारी फुटबल हेर्न युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज रंगशाला पुग्नु भएको छ । मैत्रीपूर्ण खेल भएपनि खेलाडीको मनोबल बढाउनका लागि मन्त्री अथक फुटबल हेर्न रंगशाला पुग्नु भएको उहाँका स्वकीय सचिव दिलिप सोनीले जानकारी दिनुभयो ।
नेपाल र मौरिससको खेल हेर्न मन्त्री अथकसँगै खेलकुद सचिव डा दामोदर रेग्मी, नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमेद अल हाइल पनि सहभागि हुनभयो । कतारले नेपाली फुटबलका लागि सहयोग गर्दै आएको छ । मौरिसस विरुद्ध नेपाली टोली घरेलु मैदान र दर्शकको साथमा उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रिएको छ ।
नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चोटका कारण संघर्ष गरिरहेका केही खेलाडीहरु डिफेन्डर अनन्त तामाङलाई आराम दिएका छन् । खेलको पूर्व सन्ध्यामा नेपाली टोलीका कप्तान किरण चेम्जोङले मौरिससविरुद्ध...
नेपालगञ्जपाटी समाचार
चितवन, १३ माघ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले भरतपुरस्थित निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गर्नुभएको छ । मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित बिहिबार चितवन पुगेको मन्त्रालयको टिमले रंगशालाको स्थलगत निरिक्षण गरेको हो ।
निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सम्बन्धमा भरतपुर महानगरपालिकाद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुन चितवन पुग्नुभएका मन्त्री अथकले रंगशालाको निरिक्षण तथा अवलोकन गर्नुभएको हो ।
रंगशाला निरिक्षण पछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभएको छ । उक्त रंगशालालाई गौरबको आयोजनामा समेटी यहि आर्थिक वर्षबाट काम सुरु हुनेगरी तयारी थाल्न मन्त्री अथ...
काठमाण्डौं, माघ ३ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले अन्तराष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गर्नुभएको छ । जनवरी २० देखी ३० सम्म उजेकीस्तानको तास्कन्दमा आयोजना हुनगईरहेको बक्सिंग प्रतियोगितामा सहभागीहुने नेपाली खेलाडी तथाप्रशिक्षकलाई खेलकुदमन्त्री अथकले बिदाई गर्नुभएको हो ।
प्रतियोगिताका लागि नेपालको प्रतिनिधित्व गर्दै उजेकीस्तान जान लागेकी एक मात्र खेलाडी शुष्मा तामाङलाई बिदाई गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिनुभयो । बक्सिङको विश्ववरियतामा जुनियर तर्फ छैठौं नम्बरमा पर्न सफल तामाङबाट नेपाली खेलक्षेत्रले ठुलो आशा गरेको बताउँदै मन्त्री अथकले भन्नुभयो, “पदक लिएर फर्कनुहोस, अग्रिम शुभकामना ।”
बक्सिङका अन्तराष्ट्रिय अध्यक्षले समेत नेपालको औपचारीक भ्रमण गरीसकेको तर्फ ईगिंतगर्दै मन्त्री अथकले भन्नुभयो, “बक्सिङको अन्तराष्ट्रिय अध्यक्ष नेपाल ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २४ । उमेस रेग्मीको ह्याट्रिकको सहयोगमा बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगितामा रोयल नेपालगन्जले सहज जित निकालेको छ ।
नेपालगन्ज रंगशालमा भएको प्रतियोगिताको पहिलो खेलमा शनिवार रोयल नेपालगन्जले सिटी युथ क्लबमाथि ७–० गोलको जित निकालेको हो ।
सिटी युथ क्लबलाई जित दिलाउन उमेस रेग्मीले ह्याट्रिकको गरे । त्यस्तै संजय थापाले दुई गोल गर्दा सरोज चौधरी र नरेन्द्र ठकुरीले समान एक–एक गोल गरे ।
शनिबार नै भएको दोस्रो खेलमा नेपालगन्ज–११ ले एफसी संघारीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । निर्धारित समय गोल रहित सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो ।
जसमा एफसी संघारीमाथि नेपालगन्ज–११ ले ४–३ गोलले बाजि मार्यो । नेपालगन्ज रंगशालामा भइरहेको प्रतियोगिता पुसको २७ गते सम्म चल्नेछ । प्रतियोगितामा बाँकेका ५ क्लबले प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघका अ...
नेपालगञ्ज, मंसिर २९ । नेपाल क्रिकेट संघ क्यान ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरेको छ।
क्यानको बुधबार बसेको बोर्ड बैठकले दुवैलाई पदमुक्त गर्दै नयाँ कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको छ।
क्यानले अनुशासन उल्लंघनबारे गठन गरेको छानबिन समितिको सिफारिस अनुसार उनीहरुलाई कारबाही गरिएको क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लले जनाएका छन्।
अनुशासन उल्लंघन आरोपमा उनीहरु सहित सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्दै २०२२ को सेन्ट्रल कम्ट्रयाक्टमा ६ महिना सहभागी नगराउने निर्णय पनि क्यानले गरेको छ। (नेपाल खबर अनलाइनबाट साभार)
...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २६ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले दाङमा रहेका खेल पुर्वाधारको निरिक्षण गर्नुभएको छ । दुई दिने जिल्ला भ्रमणकालागि दाङ पुग्नुभएका मन्त्री अथकले बेलझुण्डि र रामपुरमा रहेका खेल पुर्वाधारहरूको निरिक्षण गर्नुभएको हो ।
राष्ट्रिय खेलकुद परिषदको प्रतिनिधि सहित बेलझुण्डि रंगशालाको निरिक्षणमा पुग्नुभएका मन्त्री अथकले निर्माणाधिन अवस्थामा रहेका तथा निर्माण सम्पन्न भईसकेका खेल संरचनाको संरक्षण गर्नुपर्ने बताउनुभयो । राज्यको करोडौं लगानिमा तयार भएका खेल संरचना संरक्षण अभावमा जिर्ण हुने अवस्थामा पुग्नु दुखद भएको बताउँदै मन्त्री अथकले सम्बन्धि स्थानियले नै संरक्षणकालागि अपनत्व लिनुपर्नेमा जोड दिनुभयो ।
निर्धारित समयमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्न आवश्यक तयारी सुरू भईसकेको बताउँदै मन्त्री अथकले आठौं राष्ट्रिय खेलकुद प्रतियोगि...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २३ । नेपालगञ्जमा विहिबारदेखि जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघ बाँकेको आयोजना तथा नेपाली सेनाको भैरवप्रसाद गण र कर्मचारी मिलन केन्द्र बाँकेको सह–आयोजनामा नेपालगञ्ज रंगशालाको कभर्डहलमा सो खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको नेपाली सेनाको श्री ४ नम्बर अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उदघाटन गर्नुभयो । मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो प्रतियोतिामा ६ वटा विधामा प्रतिष्पर्धा हुनेछ ।
एकल स्पर्धातर्फ महिला र पुरुष, पुरुष युगल, भेट्रान्स युगल र यु–१९ उमेर समूह अन्तर्गत पुरुष एकल र महिला एकलमा प्रतिष्पर्धा भैरहेको छ ।
प्रतियोगितामा करिब डेढ सय जना खेलाडीले भाग लिएको जिल्ला ब्याडमिन्टन संघ बाँकेले जनाएको छ ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २० । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले आफ्नो निजि ७० हजार रुपियाँ खर्च गरेर सो रकमबाट राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ स्थित जनशक्ति माध्यामिक बिद्यालयलाई खेलकुद सामग्री दिनु भएको छ ।
अध्यक्ष भण्डारीले बिद्यालयमा सोमवार आयोजित एक कार्यक्रमका बीच करिब ७० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री हस्तान्तरण गर्नुभयो। हस्तान्तरण गरिएका खेलकुद सामाग्रीहरुमा ‘मिकासा’ कम्पनीको भलिबल ४ थान, फुटबल २ थान, भलिबस नेट २ थान, फुटबल नेट २ थान, ज्याब्लिङ्ग थ्रो २ थान, सटफुट २ थान, रनिङ शिल्ड डे«स २५ सेट, लुडो १० थान, र डोरी २० थान रहेका छन् ।
सो कार्यक्रममा बोल्दै भण्डारीले आफ्नो ब्यक्तिगत खर्चबाट बिद्यालयलाई सामग्री उपलब्ध गराएको बताउनुभयो । ‘खेलकुद सामाग्रीको अभाव भएको भनि बिद्यालयले आग्रह गरेपछि मैले आफ्नो ब्यक्तिगत तर्फबाट यि सामग्री सहयोग ग...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ८ मङ्सिर । बाँके जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा सामुदायिक प्रहरी सेवा केन्द्रका दिपेन्द्र कुमार जोशी, पुरुष युगलमा प्रवेश राना र मनिष सुनारको जोडी र महिला एकलमा कुसुम बोहरा प्रथम भएकी छन् ।
लागुऔषध दुव्र्यसनी विरुद्धको सन्देश प्रवाह गर्न आयोजना गरिएको सो प्रतियोगिताको फाइनल खेलबाट उहाँहरु विजयी भएर प्रथम हुनु भएको हो ।
सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेसँगको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिता जिल्ला ब्याडमिन्टन संघले विशेषत लागुऔषध उपचार तथा पुनस्र्थापना केन्द्रमा रहेका युवाहरुलाई लक्षित गरी आयोजना गरेको थियो ।
बाँके जिल्ला ब्याडमिन्टन संघका जिल्ला अध्यक्ष सञ्जय थापाले जीवनलाई सुधार्न चाहिरहेका युवाहरुलाई खेलकुदका माध्यमबाट सुदृढ गर्दै अगाडि बढाउने प्रयास स्वरुप प्रतियोगिता गरिएको बताउनुभयो ।...
मन्त्री अथकद्धारा भव्य समारोहमा एकेडेमीको शिलान्यास
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर ५ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले आइतवार बाँकेको कोहलपुरमा ‘राष्ट्रिय क्रिकेट महिला एकेडेमी’को शिलान्यास गर्नु भएको छ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री गहतराजले महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्नु भएको हो ।
मन्त्री नियुक्त भएलगत्तै उहाँले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने निर्णय गर्नु भएको थियो ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री गहतराजले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो । एकेडेमी निर्माणकालागि फास्ट ट्रयाकमा डिपिआर तयार भईसकेको जानकारी दिदैं उहाँले केही दिनमै पुर्वाधार निर्माणको प्रक्रिया सुरु...