बर्दिया युनेस्को क्लब टपराको गठनबाट स्थानीय उत्साहित
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ९ पुस । सामाजिक हित र स्थानीय वासिन्दामा चेतना ल्याउनका लागि बर्दियाको राजापुरका समाजसेवी भिमसेन चौधरीको नेतृत्वमा बर्दिया युनेस्को क्लब टपराको गठन गरिएको छ । सो क्लबको गठनबाट स्थानयि उत्साहित बनेका छन् ।
राजापुरको मानपुर टपरामा स्थानीय समाजसेवी, बुद्धिजिवी र सर्वसाधारणको एक भेलाले चौधरीको अध्यक्षतामा बर्दिया युनेस्को क्लब टपराको ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
क्लबको उक्त तदर्थ समितिको उपाध्यक्षमा कृपा शंकर चौधरी, महासचिवमा राम बहादुर चौधरी, सचिव रिता चौधरी, कोषाध्यक्ष निर्मला चौधरी र सदस्यहरुमा सन्तोष थारु, गर्भु चौधरी, युवराज चौधरी, राधेश्याम चौधरी, राज कुमार चौधरी र छोटेलाल चौधरीको चयन गरिएको छ ।
सो अवसरमा अतिथिको रुपमा रहनु भएका बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष प्रवेज अली सिद्दिकीले बर्दिया युनेस्को क्लब टपराको गठन गरिएकोमा खुशी व्यक्त ग...









