नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक १४ । नेकपा माओवादी केन्द्रका नतो तथा प्रतिनिधिसभाका पुर्व सभामुख कृष्ण बहादुर महराले एमसिसि पास गर्न नपाएको झोकमा एमालेका अध्यक्ष केपी वलीले नेकपा बिभाजन गराएको बताउनु भएको छ ।
आईतवार कोहलपुरमा वाईसिएल नेपालद्धारा आयोजीत शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै महराले वलीले नेकपा बिभाजन गरेर भएपनि एमसिसि पास गराउन खोजेको आरोप लगाउनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अडानका कारण एमसिसि पास हुन नसकेको बताउँदै पुर्व सभामुख महराले माओवादी पार्टीले कहिल्यै राष्ट्रघात गर्न नसक्ने दाबि गर्नुभयो । उहाँले सहिदका सपना र रगतका कारण आफ्नो पार्टीले राष्ट्रघात नगर्ने बताउनुभयो ।
एमसिसि पास गर्न नदिएका कारण अगामी निर्बाचनमा माओवादीलाई हराउन देशी बिदेशी प्रतिक्रियावादिको चलखेल हुनसक्ने नेता महराको भनाई छ ।
उहाँले आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन बलियो रुपमा रहने जनाउँदै निर्वाचनका लागि पनि विभिन्न दलको गठबन्धन बन्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै माओवादी युवा संगठन वाईसिएल नेपालका सहसंयोजक सुबोध राज सेर्पाइलीले माओवादी एजेडा र माओवादीले हाल सम्म गरेका कामहरु लिएर जनतामाझ जान वाईसिएल नेता कार्यक्रर्ता लाई निर्देशन दिनुभयो ।
उहाँले देशमा सञ्चारको बिकास गरी हात हातमा मोवाईल लिने अवस्था सृजना गर्न, लोडसेडिङ अन्त्य र तिब्र आर्थिक बिकास गर्न माओवादीको योगदान रहेको स्मरण गराउनुभयो ।सुत्केरी भत्ता, आमा स्याहार कार्यक्रम, एकल महला भत्ता लागाएका लोकप्रिय कायक्रम माओवादीले नै सुरुवात गरेको पनि उहाँले बताउनुभयो ।