७० वटा वडामा सम्पन्न भएको जानकारी आयो –अध्यक्ष खरेल
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर ४ । नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने मूल नाराका साथ नेकपा माओवादी केन्द्रले शनिवार बाँकेका अधिकांश वडाहरुमा वडा सम्मेलन गरेर वडा समितिहरु गठन गरेको छ । माओवादी केन्द्र बाँकेका अध्यक्ष आइपी खरेलले दिनु भएको जानकारी अनुसार जिल्लाका अधिकांश वडाहरुमा वडा सम्मेलन सम्पन्न भएको छ ।
जिल्लाका ७० वटा वडामा वडा सम्मेलन सम्पन्न भएको जानकारी आफुलाई आधिकारिक रुपमा आएको र बाँकी आउने क्रम जारी रहेको अध्यक्ष खरेलले बताउनुभयो । उहाँले कोहलपुरका १३ वटा वडामा, राप्तीसोनारी गाउँपालिकाका ७ वटा वडामा र नेपालगञ्जका २० वटा वडामा वडा सम्मेलन सम्पन्न भएको बताउनुभयो ।
नेपालगञ्जपाटीलाई प्राप्त भएको जानकारी अनुसार राप्तिसोनारी गाउँपालिका अन्तर्गतका ९ वटा वडामध्ये ७ वटा वडामा अधिवेशन सम्पन्न भएको छ भने २ वटा वडामा बाँकी रहेको छ ।
शनिवार सम्पन्न वडा अधिवेशनमा २ नम्बर वडामा अर्जुन केसीको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति, ३ नम्बरमा हरी चौधरीको नेतृत्वमा २९ सदस्यीय र ४ नम्बर वडामा मिनराज खड्काको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।
त्यसैगरी, वडा नम्बर ६ मा नरेश यादवको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति, ७ नम्बरमा जितेन्द्र जिसीको नेतृत्वमा २९ सदस्यीय, ८ नम्बरमा लोकबहादुर खत्रीको नेतृत्वमा २९ सदस्यीय र ९ नम्बरमा दलबहादुर खड्काको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएका छन ।
राप्तिसोनारीका ९ वडामध्ये, ७ वटा वडाका वडा समितिहरु आज सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएका छन । वडा नम्बर १ र ५ मा बिबिध कारणले गर्दा हुन नसकेको जनाइएको छ ।
सोही प्रकारले कोहलपुरका १३ वटा वडामा वडा सम्मेलन सम्पन्न भएको छ । कोहलपुरको वडा नम्बर १ माअ अमर चन्दको नेतृत्वमा २५ सदस्यीय, वडा नम्बर २ मा अम्मर बहादुर विकको नेतृत्वमा २६ सदस्यीय समिति, वडा नम्बर ३ मा प्रभा बुढाको नेतृत्वमा २४ सदस्यीय, वडा नम्बर ४ मा नरेश अर्यालको नेतृत्वमा, वडा नम्रब ५ मा भुपराज भण्डारीको नेतृत्वमा, वडा नम्बर ६ मा राम शरण चौधरीको नेतृत्वमा १९ सदस्यीय समिति, वडा नम्बर ९ मा ओपेन्द्रनाथ योगीको नेतृत्वमा २८ सदस्यीय समिति, वडा नम्बर १० मा भुपेन्द्र सुनारको नेतृत्वमा २१ सदस्यीय समिति, वडा नम्बर ११ मा रेशमलाल सापकोटाको नेतृत्वमा २५ सदस्यीय समिति, वडा नम्बर १२ मा निरक शाहीको नेतृत्वमा १८ सदस्यीय समिति, वडा नम्बर १३ मा मान बहादुर खड्काको नेतृत्वमा २५ सदस्यीय समिति, वडा नम्बर १४ मा बासु शर्माको नेतृत्वमा २५ सदस्यीय समिति गठन गरिएको छ ।
यसैगरि नेपालगञ्जको पनि विभिन्न वडाहरुमा वडा सम्मेलन सम्पन्न गरेर वडा समितिहरु गठन गरेको छ । सोही प्रकारले खजुराका ८ वटै वडामा, जानकीका ६ वटै वडामा, नरैनापुरका ६ वटै वडामा, डुडुवाका ३ वटा वडामा र बैजनाथको ७ वटा वडामा सम्मेलन सम्पन्न भएको माओवादी केन्द्र बाँकेले जनाएको छ ।
वडा सम्मेलनहरुमा नेकपा माओवादी केन्द्रबाट सरकारमा युवा तथा खुलकुद मन्त्री बन्नु भएका महेश्वर गहतराज अथक, पार्टीका बाँके इन्चार्ज पुर्व उपसभामुख पुर्णा सुवेदी, पार्टी अध्यक्ष आइपी खरेल लगायतका विभिन्न पालिकाका अध्यक्षहरु र प्रदेश समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।
फेरि लाल सलाम भन्ने मन लाग्यो