१६ बैशाख २०८२, मंगलवार

समाजमा लायन्स क्लबको भूमिका अतुलनीय–पुर्वमन्त्री राई

समाजमा लायन्स क्लबको भूमिका अतुलनीय–पुर्वमन्त्री राई

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर ४ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले समाजमा लायन्स क्लबहरुको भूमिका अतुलनीय रहेको बताउनु भएको छ ।
लायन्स क्लब डिस्टिक्ट ३२५ बी टु ले शनिवार नेपालगञ्जमा आयोजना गरेको विगत, वर्तमान र भविष्यमा समाजमा लायन्सको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सो कुरा बताउनु भएको हो ।
उहाँले भूकम्प, आगलागि, बढी पहिरो र दुर्घटना जस्ता आपत विपतमा लायन्स क्लबहरुले अग्रपंक्तिमा रहेर काम गर्दै आएको जनाउँदै सोही कारणले समाजमा लायन्सको महत्व बेग्लै प्रकारको रहेको बताउनुभयो ।


मानवीय र समाजसेवाको क्षेत्रमा लायन्सको योगदान सधैं अविस्मरणीय रहेको जनाउँदै कोरोना कहरमा पनि लायन्सले मानव सेवाका लागि अहम कार्य गरेको पुर्व मन्त्री राईले बताउनुभयो । स्वास्थ्य र शिक्षाको विकासका लागि लायन्स सधैं अगाडी रहने गरेको पनि उहाँले प्रष्ट पार्नुभयो ।
लायन्स क्लब डिस्टिक्ट ३२५ बी टु का एरिया चिफ होमनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सो अन्तरक्रिया कार्यक्रममा नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापामगर, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, लायन्सका पास्ट डिस्टिक गभर्नर मधुसुदन रिजाल र शेम शाक्य लगायतले लायन्स क्लबले समाजमा विगतदेखि वर्तमानसम्म खेलेको भूमिकाको चर्चा गर्दै भविष्यमा पनि यस्ता कामहरु लगायत अन्य नयाँ नयाँ प्रकारका सेवामुलक कामहरु गर्नु पर्ने सुझाव दिनु भएको थियो ।


सो कार्यक्रममा उल्लेख्य संख्यामा बौद्धिक वर्गको सहभागिता रहेको र अन्तरक्रिया निकै फलदायी रहेको लायन्स क्लब अफ नेपालगञ्ज सिटीका अध्यक्ष राजन रानामगरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *