१८ बैशाख २०८१, मंगलवार

कोरोनाबाट कोहलपुरका थप एक जनाको उपचारका क्रममा मृत्यु

कोरोनाबाट कोहलपुरका थप एक जनाको उपचारका क्रममा मृत्यु

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २० । कोरोना भाइरस संक्रमणबाट नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँकेका स्थानीय थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–८ बाँकेका ८२ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा सोमवार दिउँसो मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।
उनलाई यही ९ गते कोरोना पुष्टि भएको थियो । त्यसैदिन उनी अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार हुन नसक्दा उनको मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या बाँकेमा ३४५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप एकजनामा भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाका तीनवटा प्रयोगशालामा ६७ जनाको नमुना जाँच्दा एकजनामा संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ४ सय ६६ पुगेको पनि जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *