१८ बैशाख २०८१, मंगलवार

रड प्रहार गरेर पत्निलेनै गरिन् पतिको हत्या

रड प्रहार गरेर पत्निलेनै गरिन् पतिको हत्या

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २० । १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन भैरहेकै समयमा कोहलपुरमा श्रीमतीले रडले लगातार टाउकोमा प्रहार गरेर श्रीमानको हत्या गरेकी छिन ।
कोहलपुर नगरपालिका वडा नं ७ को रजगडवाका ३० वर्षिय लक्ष्मण हरिजनको उनकी श्रीमति २५ वर्षिय ओरबी हरिजनले हत्या गरेको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिनु भएको छ ।
डिएसपी खनालका अनुसार, श्रीमान लक्ष्मणले सधैं मदिरा सेवन गरी श्रीमतीलाई कुटने गर्दथे । त्यही रिसको झोकमा श्रीमती ओरबीले रडले लगातार टाउकोमा प्रहार गरेर उनको हत्या गरेको खनालले बताउनुभयो ।
प्रहरीका अनुसार रडको प्रहारबाट लक्ष्मण बेहोस भएका थिए । घाइते लक्ष्मणको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । ओरबीलाई नियन्त्रणमा लिइसकेको कोहलपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *