भोटेकोशी नदीको बाढीबाट प्रभावित बर्दियाका परिवारलाई राहत तथा जीविकोपार्जन सहयोग

समाचादाता
गुलरिया, बर्दिया मंसिर ५ । भोटेकोशी नदीको रसुवामा आएको बाढीबाट प्रभावित बर्दियाका पिडित परिवारलाई राहात तथा जिविकोपार्जन सहयोग प्रदान गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा राधाकृष्ण थारू जनसेवा केन्द्र र बाँके युनेस्को क्लबद्वारा सञ्चालित बालबालिका, किशोर–किशोरी तथा युवाहरूका लागि सुरक्षित भविष्य परियोजना अन्तर्गत बाढी प्रभावित प्रायोजित बालबालिकाका परिवारलाई राहत तथा अन्य प्रायोजित बालबालिकाका परिवारलाई व्यवसाय विस्तार सहयोग प्रदान गरिएको हो ।


सहयोग हस्तान्तरण कार्यक्रममा भोटेकोशी, रसुवामा आएको बाढीबाट प्रभावित ८ प्रायोजित बालबालिकाका परिवारलाई प्रतिपरिवार १४ हजार ७९६ रुपियाँ बराबरका खाद्य तथा सरसफाई सामग्री उपलब्ध गराइएको छ । जसअनुसार परिवारलाई कुल एक लाख १८ हजार ३६८ रुपियाँ बराबरको राहत सहयोग प्रदान गरिएको हो ।
विपद्का कारण प्रभावित परिवारहरूको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै उनीहरूको कठिन परिस्थितिमा सहयोग पु¥याउनु यस सहयोगको मुख्य उद्देश्य रहेको जनाइएको छ ।


त्यसैगरी, प्रायोजित बालबालिकाका परिवारको आर्थिक अवस्था सुदृढ गर्दै आयआर्जनका अवसर विस्तार तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले थप ४ परिवारलाई व्यवसाय विस्तार सहयोग प्रदान गरिएको छ ।
यसअन्तर्गत ३ परिवारलाई किराना पसलको व्यवसाय विस्तारका लागि प्रतिपरिवार ४४ हजार १०२ रुपियाँका दरले र एक परिवारलाई साइकल पसल सञ्चालन तथा विस्तारका लागि ४५ हजार १५ रुपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ । यस शीर्षकमा कुल १ लाख ७७ हजार ३२१ रुपियाँ बराबरको सहयोग प्रदान गरिएको छ ।


सुरक्षित भविष्य परियोजनाले बालबालिका, किशोर–किशोरी तथा युवाहरूको संरक्षण, बालविवाह न्यूनीकरण, समावेशी तथा गुणस्तरीय शिक्षा र उनीहरूका लागि सुरक्षित तथा सहयोगी वातावरण निर्माणमा काम गर्दै आएको छ । साथै, बालबालिका तथा उनीहरूका परिवारको सामाजिक र आर्थिक सशक्तीकरणलाई समेत प्राथमिकता दिँदै आएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा राधाकृष्ण थारू जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, सचिव युवराज श्रेष्ठ, कोषाध्यक्ष यज्ञराज पोखरेल तथा प्लान इन्टरनेशनल नेपालकी प्रशासन सहायक सुजिता थापाको उपस्थिति रहेको थियो । उहाँहरूले लाभग्राही परिवारलाई सहयोग सामग्री तथा व्यवसाय विस्तारका लागि आवश्यक सहयोग हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमको समग्र सहजीकरण आरकेजेएसका कार्यक्रम अधिकृत राजेन्द्र चौधरीले गर्नुभएको थियो ।


यस सहयोगले बाढी प्रभावित परिवारलाई तत्कालीन राहत उपलब्ध गराउनुका साथै व्यवसाय विस्तार सहयोग प्राप्त गर्ने परिवारलाई आफ्नो व्यवसाय थप व्यवस्थित र दिगो बनाउँदै नियमित आम्दानीको स्रोत विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले परिवारको आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्दै बालबालिका तथा उनीहरूको सुरक्षित र समुन्नत भविष्य निर्माणमा समेत सकारात्मक योगदान पु¥याउने विश्वास गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *