१० माघ २०८१, बिहीबार

समाजवादी दलित मुक्ति संगठन बाँकेको अध्यक्षमा ढेकेन्द्र सुनार निर्वाचित

समाजवादी दलित मुक्ति संगठन बाँकेको अध्यक्षमा ढेकेन्द्र सुनार निर्वाचित

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १२ । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी दलित मुक्ति संगठन बांकेले ढकेन्द्र सुनारको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरिएको छ।
संगठनको उपाध्यक्षमा सुमिरन हरिजन, नरेश हरिजन, सचिवमा सियाराम धोबी र कोषाध्यक्ष गीता हरिजनको चयन गरिएको छ ।


गठन कार्यक्रमका प्रमुख अतिथि समाजवादी दलित मुक्ति संगठनको लुम्बिनी प्रदेश अध्यक्ष साबित्रा बि क, बिशिष्ट अतिथि जसपा केन्द्रीय सदस्य हिक्मत बिश्वकर्मा, जसपा बांके जिल्ला अध्यक्ष कमरुद्दीन राई अतिथि शिल्पी बिशेष प्रदेशका केन्द्रिय उपाध्यक्ष कौशल कुमार धोबी तथा जसपा प्रदेश सचिव केशव नेपाली लगायत रहनु भएको थियो ।
सो अवसरमा प्रमुख अतिथि र विशिष्ठ अतिथि लगायतले दलितहरुको उत्थान र विकासका लागि संगठनले राम्रो र ठोस काम गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *