नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ३० । सामाजिक कार्यमा सक्रिय रहेको पुर्णतारा फाउन्डेसन नेपालको तेस्रो बार्षिक साधारणसभा बिहिवार नेपालगन्जमा सम्पन्न भएको छ । फाउन्डेसनले आफ्नो कार्यालयमा विविध कार्यक्रम गरी बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
उक्त फाउन्डेसनकी अध्यक्ष तारा कुमारी खत्री रोकायले फाउन्डेसनको कार्यसमितिमा गौरी पोखरेल र शोभा गुरुङलाई सदस्यका रुपमा मनोनीत गरेको सो अवसरमा जानकारी दिनुभयो।
साथै फाउन्डेसनले केही समय अगाडि आगलागीबाट क्षतिग्रस्त भएको लुम्बिनी गार्मेन्टकी संचालिका कस्मिरा खातुनलाई पचास हजार रुपियााँ आर्थिक सहयोग पनि गरेको अध्यक्ष खत्रीले बताउनुभयो ।
सो साधारणसभा कार्यक्रममा विद्यार्थी नेता तुल्सीमणि केसी, समाजसेवी कृष्ण प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागि सबैले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै अझै बढी भन्दा बढी समाज सेवा गर्ने पे्ररणा प्राप्त होस भन्ने कामना गरेका थिए ।