उपमहासचिवमा प्रदीप आचार्य धेरै अगाडी

संघका पूर्व अध्यक्ष दामोदर आचार्यको विरासत सम्हाल्ने उम्मेदवार
समाचारदाता
नेपालगन्ज, भदौ ५ गते । यही भदौ ६ गते शनिवार हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा उपमहासचिव पदमा नेपालगन्जका युवा व्यवसायी प्रदीप आचार्य उम्मेदवार बन्नुभएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघलाई सबैभन्दा शसक्त नेतृत्व दिने तथा व्यवसायीको हकहितका लागि अत्यधिक संघर्ष गर्नुभएका स्वर्गिय दामोदर आचार्यका छोरा प्रदीपले उपमहासचिवमा उम्मेदवारी दिएर आफ्नो पिताको विरासतलाई अगाडी बढाउने अभियान शुरु गर्नु भएको छ ।

स्वर्गिय पिताकै पद चिन्हमा अगाडी बढीरहनुभएका उपमहासचिवका युवा उम्मेदवार आचार्यले व्यवसायीको हकहित संरक्षण, व्यवसाय प्रवद्र्धन र व्यावसायिक वातावरण बनाउने लक्ष्यका साथ उम्मेदवारी दिएको बताउनुभयो ।
बिगत १७ बर्षदेखी हिमालयन स्टेसनरी सन्चालन गर्दै आउनुभएका आचार्यले आफ्नो पक्षमा माहोल बनिसकेकोले निर्वाचनमा सफल हुने निश्चित रहेको बताउनुभयो ।

उहाँले यस पटक संघका मतदाताले फेरी पनि स्वर्गिय दामोदर आचार्यको योगदानलाई कदर गर्दै आफुलाई जिताउने वचन दिएको जनाउनुभयो ।
व्यवसायीबीच एकता कायम गर्दै संघलाई सदस्यको हितमा केन्द्रित, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा अघि बढाउने मुख्य उदेश्य लिएर निर्वाचनमा उत्रिएका आचार्यले यस पटक अवसर पाउने निश्चित रहेको अधिकांश मतदाताले जनाएका छन् ।


व्यावसायिक हित र सहजतामा सदा समर्पित रहने प्रतिवद्धताका साथ चुनावी मैदानमा रहनुभएका आचार्यको व्यक्तित्व, व्यवसायीक अनुभव र क्षमतालाई देखेर अधिकांश मतदाताले उहाँलाई बिजयी गराउने जनाएका छन् । मतदाताहरुसंग गरिएको कुराकानी र छलफलमा अधिकांशले उहाँजस्ता व्यवसायीलाई संघमा ल्याउनै पर्नेमा जोड दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *