१६ बैशाख २०८२, मंगलवार

सुपारी तस्करीमा ई रिक्साको प्रयोग बढ्यो, हुड र डिक्कीबाट दुई लाख बढीको सुपारी बरामद

सुपारी तस्करीमा ई रिक्साको प्रयोग बढ्यो, हुड र डिक्कीबाट दुई लाख बढीको सुपारी बरामद

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ६ । बाँकेमा तस्करीका लागि ई रिक्साको प्रयोग धेरै गर्न थालिएको पाईएको छ । केही दिन पहिले दुई तीन पटक ई रिक्साको हुडमा लुकाएर भारतबाट अवैध रुपमा चोरी पैठारी गरेर ल्याईएका मालसामान प्रहरीले बरामद गरेको थियो भने विहिबार ई रिक्साको हुड र डिक्कीमा लुकाएर सुपारी भारततर्फ तस्करी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज १० बाट अवैध रुपमा ई रिक्साको माथि हुड र भित्र डिक्कीमा लुकाएर भारततर्फ लैजान लागेको दुई लाख १० हजार रुपियाँको सुपारी बरामद गरेको छ ।


काटेको सुपारीलाई बोरामा भरेर हुड भित्र तथा डिक्कीमा लुकाएर भारततर्फ लैजाने क्रम बढेको गुनासोहरु प्रहरीलाई प्राप्त भएपछि रिक्साहरुमाथि निगरानी बढाउँदा बरामद गरिएको उहाँले बताउनुभयो ।
नेपालगञ्जस्थित जमुनाहा नाकाबाट देनिकजसो ठुलो परिमाणमा विभिन्न सवारी साधन र पैदल यात्रा गर्नेहरुको माध्यमबाट सुपारी भारततर्फ तस्करी भैरहेको छ । उनिहरले नै भारतबाट भन्सार छलेर अवैध रुपमा विभिन्न घरायसी प्रयोजनका सामानसहित कपडा र मोटरपार्टसहरु नेपाल भित्रयाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *