१८ बैशाख २०८१, मंगलवार

प्रहरी इन्स्पेक्टर सुरज खत्री रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित

प्रहरी इन्स्पेक्टर सुरज खत्री रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, माघ १० । ईलाका प्रहरी कार्यालय मझगावा रुपन्देहीमा कार्यरत प्रहरी इन्स्पेक्टर सुरज खत्री पुस महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित हुनु भएको छ । उहाँ केही समय अगाडी जिल्ला प्रहरी कार्यालय बाँकेमा समेत कार्यरत रहनु भएको थियो । बाँकेमा रहँदा समेत उहाँले उत्कृष्ट कार्य गर्नु भएको थियो ।
सुचना प्रवाहसंगै जनसम्पर्क र अपराध अनुसन्धान र नियनत्रणमा उहाँले बाँकेका उत्कृष्ट कार्य गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इन्स्पेक्टर खत्रीसहित तीन जना प्रहरीलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरेको छ । उहाँहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले नगद पुरस्कारसहित सम्मान गर्नु भएको हो ।
इन्स्पेक्टर खत्रीसहित तीनै जनाले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगबाट सम्पादन गर्दै उनीहरुले फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागूऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च इन्टेग्रिटी स्कोर प्राप्त गरेकाले उनीहरुलाई पुरस्कृत गरिएको एसपी केसीले जानकारी दिनुभयो ।
उत्कृष्ट कार्य गरेर रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित हुनु भएकोमा इन्स्पेक्टर खत्रीको सर्वत्र प्रंशसा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *