नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १७ । लागु औषध नियन्त्रणमा सक्रिय रहेको बाँके प्रहरीले ठुलो परिमाणको लागूऔषध ब्राउन सुगर सहित २ जना कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट लागूऔषध नियन्त्रण व्युरोको संयुक्त टोलीले सोमवार दिउँसो सवा एक बजे नेपालगन्ज १० गणेशमान चोक नजिकबाट २ जनालाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
जिल्ला प्रहरी बाँकेका अनुसार जानकी गाउँपालिका २ का २८ बर्षीय पारसमणि बर्मा र सोही स्थानकै २६ बर्षीय ओमप्रकाश बर्मालाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । उनिहरुको साथबाट २० ग्राम ब्राउनसुगर बरामद गरिएकोले उनिहरु कारोबारी रहेको अनुमान प्रहरीले लगाएको छ ।
पक्राउ परेका दुबै जनासँग लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । केही समययता बाँकेमा प्रहरीले आफ्नो सक्रियता बढाउँदै प्राय दैनिकजसो लागु औषध ओसारपसार गर्नेहरुलाई पक्राउ गर्दै आएको छ ।