१८ बैशाख २०८१, मंगलवार

भेरी अस्पतालमा बाँके र दांगका थप दुई संक्रमितको मृत्यु

भेरी अस्पतालमा बाँके र दांगका थप दुई संक्रमितको मृत्यु

सिराज खान
नेपालगञ्ज, माघ २० गते । भेरी अस्पतालमा उपचाररत दाङ र बाँकेका दुई जना थप कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत शान्तिनगर गाउँपालिका–३ का ८० वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–८ का ८६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले दाङका सङ्क्रमितको बुधबार राति र बाँकेका सङ्क्रमितको बिहीबार विहान मृत्यु भएको बताउनुभयो ।उहाँले माघ १६ गते कोरोना पुष्टि भएका दाङका पुरुषलाई भएका त्यसैदिन भेरी अस्पतालमा भर्ना गरिएको र माघ १३ गते कोभिड पुष्टि बाँके नेपालगञ्जका सङ्क्रमित पुरुषलाई पनि सोही दिन अस्पताल भर्ना गरिएको बताउनुभयो । दुबै जनाको उपचार भइरहेकोमा स्वास्थ्यमा सुधार नआउँदा मृत्यु भएको अस्पतालले जनाएको फोकल पर्सन ओलीले बताउनुभयो ।
जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ४४२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने बाँके जिल्लाका ३४८ जनाको कोभिडबाट मृत्यु भएको छ । (गोरखापत्र अनलाइनबाट साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *