१८ बैशाख २०८१, मंगलवार

ब्राउनसुगर तस्करीको जालो रुपैडियादेखि काठमाण्डौसम्म

ब्राउनसुगर तस्करीको जालो रुपैडियादेखि काठमाण्डौसम्म

सिराज खान
नेपालगञ्ज, फागुन १० । सीमाना पारी रुपैडियाबाट हुँदै आएको लागु पदार्थ ब्राउनसुगर तस्करीको जालो रुपैडियादेखि काठमाण्डौसम्म फैलिएको खुलासा भएको छ । काठमाण्डौ लैजान लागेको ४ लाख रुपियाँको ब्राउनसुगरसहित बर्दियाका एक युवकलाई मंगलवार प्रहरीले पक्राउ गर्न सफल भएपछि सो जालो को खुलासा भएको हो ।
यसअघि पनि प्रहरीले बाँके, सुर्खेत र दांग लैजान भनि भित्र्याईएको ब्राउनसुगरलाई जमुनाहा नाका र नेपालगञ्ज तथा कोहलपुरबाट पटक पटक नियन्त्रणमा लिंदै आएको थियो, तर मंगलवार काठमाण्डौ लैजान ल्याईएको ब्राउनसुगर बरामद गरिएपछि ठुलो नेटवर्कले लागु औषध तस्करी गरिरहेको आशंका उत्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले लागु औषधको ओसारपसार र तस्करी नियन्त्रणमा सक्रिय रहेको बाँके प्रहरीले काठमाण्डौं लैजाने भन्दै रुपैडियाबाट ४ लाखमा खरिद गरिएको ब्राउन सुगरसहित नेपालगञ्जबाट एक जनालाई  मंगलवार पक्राउ गरेको बताउनुभयो ।


बर्दिया बढैयाताल गाउँपालिका– १, शान्तिपुर बस्ने २४ वर्षीय प्रविन विसीले रुपैडियाबाट ४ लाखमा खरिद गरेको १५० ग्राम ब्राउनसुगरसहित उनलाई नेपालगञ्ज–१६ चौलिकाबाट मंगलवार विहान करिब साढे ५ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डिएसपी न्यौपानेका अनुसार प्रविनले भारतीय बजार रुपैडियाका लागुऔषध कारोबारीबाट ४ लाखमा खरिद गरि काठमाण्डौं लग्ने तयारीमा रहको ब्राउनसुगर नियन्त्रणमा लिईएको हो ।
प्रहरीका अनुसार लागुऔषधसहित चौलिकाबाट नेपालगञ्जतर्फ आइरहेका प्रविन शंकास्पदरुपमा हिँडीरहेका प्रविनलाई प्रहरीले रोकी चेकजाँच गर्दा उनको साथबाट ३ वटा पलास्टिकको पुडियामा १५० ग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनले लगाएको ज्याकेटको दाहिने खल्तीमा उक्त ब्राउन सुगर लुकाएका थिए । उनका साथबाट तीन हजार भारतीय रुपियाँ समेत फेला परेकोछ । पक्राउ परेका प्रविनले विगत एक वर्षदेखि लागुऔषध सेवन तथा कारोवार गर्दै आएको बयान दिएका छन् ।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी न्यौपानेले ब्राउनसुगर काठमाण्डौंसम्म लग्न र यसको कारोबारमा अन्य व्यक्तिहरुको पनि संलग्नता रहेकोले उनीहरुको खोजी कार्य अघि बढाइएको बताउनुभयो ।
उहाँले प्रहरीले लागु औषधको कारोबार गर्नेहरुमाथि विशेष निगरानी बढाएको जनाउँदै भारतबाट नेपाल आउनेहरुको चेकजाँच कडा पारिएको र शंकास्पदको खानतलाशी पनि बढाएको बताउनुभयो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *