१० माघ २०८१, बिहीबार

माओवादी नेपालगञ्जले उम्मेदवार छनोटका लागि उपमहानगरमा जनमत सर्वेक्षण गर्ने

माओवादी नेपालगञ्जले उम्मेदवार छनोटका लागि उपमहानगरमा जनमत सर्वेक्षण गर्ने

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १२ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आसन्न स्थानीय निर्वाचनमा उम्मेदवार छनोट लगायत पार्टीको अवस्था बुझ्न उपमहानगरभित्रका सम्पुर्ण वडाहरुमा अध्ययन, विश्लेषण तथा जनमत सर्वेक्षण गर्ने निर्णय गरेको छ । जसकालागि शसिराम कार्की र खगेश्वर अधिकारी संयोजक रहने गरी दुईवटा समिती समेत निर्माण गरिएको छ ।
माओवादी नेपालगन्ज उपमहानगर कमिटीको विस्तारित बैठकले सो निर्णय गरेको नगर अध्यक्ष रतन शाहीले जानकारी दिनुभयो । नगरभित्र आफ्नो पार्टी तथा अन्य पार्टीको राजनैतिक अवस्था र पोजिसनका बारेमा जनमत बुझ्न तथा सोही अनुसार निर्वाचन लक्षित रणनीति तैयार पार्न यस्तो निर्णय गरिएको शाहीले बताउनुभयो ।
शाहीका अनुसार बैठकले उपमहानगरभित्रका जनबर्गिय संगठनका केन्द्रिय सदस्य, जिल्ला अध्यक्ष तथा पार्टीको उपमहानगर कमिटीका अध्यक्षसहित १११ जनाको मुल निर्वाचन परिचालन कमिटी निर्माण गर्ने निर्णय पनि गरेको छ ।


बैठकले संगठन बिस्तार, सुदृढीकरण तथा जनपरिचालन १ महिने अभियान फागुन १५ देखि संचालन गर्ने, वडा कमिटी, टोल कमिटी, ज्येष्ठ कम्युनिस्ट मन्च, सल्लाहकार कमिटी तथा जनबर्गिय संगठनहरु वाईसीएल, विद्यार्थी, महिला, दलित मुक्ती मोर्चा लगायत सम्पुर्णको बैठक गर्ने निर्णय गरिएको नगर सचिब प्रेमबहादुर शाहले बताउनुभयो ।
पार्टीको टोल भेला नभएको ठाउँमा भेला गर्ने, जनबर्गिय संगठनहरुको वडा, नगर भेला र सम्मेलन गर्ने, सामाजिक न्यायसहितको समृद्धिका बारेमा छलफल, अन्तरक्रिया तथा बहस गर्ने, सहिद तथा बेपत्ता परिवारलाई सम्मान गर्ने निर्णय समेत भएको सचिब शाहले जनाउनुभयो ।
विस्तारित बैठकले सहिद परिवार, बेपत्ता परिवार, घाइते, पुर्व जनमुक्ति सेनासङ्ग भेटघाट तथा छलफल गर्ने, प्रत्येक वडामा सम्पर्क कार्यालय संचालन गर्ने, बिशेष वडास्तरमा ५०, ५० जनाको युवाहरुको ‘युवा स्वयंसेवक टिम’ निर्माण गर्ने तथा एमसिसी बिरुद्ध टोलटोलमा भन्डाफोर अभियान संचालन गर्ने निर्णय पनि गरेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *