नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १५ फागुन । दांगमा रेडपाण्डाका पाँच वटा छाला प्रहरीले नियन्त्रणमा लिएको घट्ना सेलाउन नपाउँदै इलाका प्रहरी कार्यालय कोहलपुरले चितुवाको छालासहित ३ जनालाई फेरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं.५ बस्ने बर्ष २८ को याम बहादुर बिश्वकर्मा, बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं.४ बस्ने बर्ष ३० को आकाश परियार र सोही ठाउँको वडा नं.९ बस्ने बस्ने बर्ष ५४ को लाल बहादुर बि.क.रहेका छन ।
बाँके बैजनाथ गाउँपालिका वडा नं.५ गायत्री टोलस्थित भित्री सडक बाटोमा दुर्लभ बन्यजन्तु चितुवाको छाला ल्याईरहेका छन भन्ने बिशेष सूचनाको आधारमा इप्रका कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार, पैदल हिडिरहेको बेला फेला परि उनीहरुको खानतलासी गर्दा बोकी ल्याएको सेतो पलास्टिकको बोरामा चितुवाको छाला थान–१ (एक) बरामद गरी पक्राउ गरेको हो ।
उक्त विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।