२८ मंसिर २०८१, शुक्रबार

प्रेसर कुकर बम राखिएको ठाउँमा सेनाको बम डिस्पोजल टोली पुग्यो, डिस्पोज गर्दै

प्रेसर कुकर बम राखिएको ठाउँमा सेनाको बम डिस्पोजल टोली पुग्यो, डिस्पोज गर्दै

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १७ । बाँकेको खजुरा गाउँपालिकाको मुख्य बजारमा प्रेसर कुकुर बम जस्तो शंकास्पद बस्तु फेला परेपछि नेपाली सेनाको टोली सो ठाउँमा पुगेर उक्त बमलाई निस्क्रिय पार्ने कार्य शुरु गरेको छ ।
मंगलवार विहान ७ बजे खजुरा वडा नम्बर ३ स्थित पृथ्वी चोक अगाडि मुख्य राजमार्गमा प्रेसर कुकुर बम जस्तो देखिने बस्तु राखिएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । स्थानीयहरुले पृथ्वी चोकमा प्रेसर कुकुर बेरिएर राखिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


सो जानकारी पाउने वित्तिकै प्रहरीले त्यहाँ पुगेर त्यस स्थानलाई घेराबन्दी गरेको थियो भने नेपालगन्जबाट नेपाली सेनाको बम डिस्पोजल टोली विहान १० बजे सो ठाउमा पुगेर बम डिस्पोज गर्ने प्रक्रियामा लागेको स्थानीयले बताएका छन् । बाँकेका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले पनि सेनाको टोली बम जस्तो वस्तु राखिएको ठाउँमा पुगिसकेको जानकारी दिनु भएको छ । प्रेसर कुकुर बेरिएर खतरा लेखेर राखिएको हुँदा त्यो बस्तु बम हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *