नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २४ । नेकपा माओवादी केन्द्र कमान्ड १ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ को भेला तथा बैंठक मंगलवार सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र वडा नम्बर ५ का अध्यक्ष कल्पना शर्माको अध्यक्षतामा सम्पन्न भएको भेला र बैठकबाट वाइसियल वडा कमिटि, अनेमसंघ क्रानितकारी वडा समिति र मुस्लिम मुक्ति मोर्चाको वडा समिति समेत गठन गरिएको छ ।
१२० जना भन्दा बढी स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको सो भेलाले असगर अलि अन्सारीको अध्यक्षतामा १७ सदस्यीय वाइसीयल नेपाल वडा कमिटी, मुन्नी फारुकिको अध्यक्षताम १३ सदस्यीय अनेमसंघ क्रान्तिकारी वडा कमिटी र ल्याकत अन्सारीको अध्यक्षतामा मुस्लिम मुक्ती मोर्चा वडा कमिटी गठन गरिएको वडाका अध्यक्ष कल्पना शर्माले बताउनुभयो ।
सो भेलाको प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य अतहर हुसेन फारुकी रहनु भएको थियो भने अतिथिमा प्रदेश कमिटिका सदस्य नविन शर्मा, नगर कमिटिका अध्यक्ष रतन शाही, कमाण्ड प्रमुख बसन्त मल्ल, नगर कमिटिका कोषाध्यक्ष कश्मिरा खातुन र खेम कुमारी रहनु भएको थियो ।
प्रमुख अतिथि लगायत अतिथिहरुले सो अवसरमा बोल्दै स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर शुरु गरिएको संगठन विस्तार, सुदृढ र सक्षम बनाउने अभियानमा राम्रो सफलता मिलिरहेको बताउनु भएको थियो ।