१६ बैशाख २०८२, मंगलवार

स्वास्थ्य सेवामा पनि फड्को मार्दै नरैनापुर, १५ शैयाको अस्पताल निर्माण शुरु

स्वास्थ्य सेवामा पनि फड्को मार्दै नरैनापुर, १५ शैयाको अस्पताल निर्माण शुरु

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत १४ । करिब ५ वर्ष अघि स्थानीय तहको निर्वाचन सम्पन्न भएयताको अवधीमा सडक, विद्युत, शिक्षा, यातायात र स्वास्थ्यमा फड्को मारेर दुर्गमबाट सुगम बन्न सफल भएको बाँकेको नरैनापुर गाउँपािलका समृद्धि र विकासको बाटोमा निरन्तर अग्रसर छ ।
शिक्षामा सबैभन्दा पछाडी मानिने सो पालिकाले सोमवारनै आफुलाई साक्षर पालिका घोषणा गरेकै दिनमा स्वास्थ्यका लागि पनि महत्वपुर्ण कार्य गर्न सफल भएको छ । स्वास्थ्य सेवाका लागि अन्य पालिका भन्दा निकै पछाडी मानिने नरैनापुरले गाउँपालिकाको वडा नम्बर ४ जयरामपुर्वामा १५ शैयाको अस्पताल निर्माण पनि सोमवारबाटै शुरु गरेको छ ।
केही वर्ष पहिलेसम्म एम्बुलेन्स समेत नभएको सो पालिकामा सामान्य उपचारका लागि सीमापारी भारतको विभिन्न ठाउँमा जानुपर्ने बाध्यता रहेकोमा अहिले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा अस्पतालका विभिन्न सेवा सुविधा थप गरेर चिकित्सकहरु समेत उपलब्ध रहेका छन् । जसका कारण उपचारका लागि स्थानीयलाई धेरै सहज भएको छ । यसैगरि विभिन्न वडामा स्वास्थ्य चौकीहरु पनि सुचारु रहेका छन् ।


सोही परिपेक्ष्यमा स्वास्थ्य सेवालाई झनै सुदृढ र बलियो बनाउन जयरामपुर्वामा सुविधा सम्पन्न १५ शैयाको अस्पताल निर्माण शुरु गरिएको छ ।
सो अस्पतालको सोमवार जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तब र गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शिलान्यास गर्नु भएको छ। सो अवसरमा दुबै जना नेताले आगामी वर्षहरुमा नरैनापुर विकास र समृद्धिमा धेरै अगाडी बढ्दै जाने बताउनुभयो ।
सो अस्पताल निर्माणको जिम्मा हनुमान कन्स्ट्रक्सन ललितपुरले पाएको जनाउँदै नरैनापुर गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले २०८० साल असोज १० गते भित्र सो अस्पतालको निर्माण सम्पन्न गरिसकिने सम्झौता भएको बताउनुभयो। अस्पताल निर्माण कार्य १६ करोड ९७ लाख ५१ हजार ३५४ रुपैयाँ ५० पैसामा सम्पन्न गर्नेगरि सम्झौता भएको पनि अधिकारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *