८ असार २०८२, आईतवार

नरैनापुरमा अध्यक्षले पदभार ग्रहण गरेलगत्तै शिक्षालाई विशेष प्राथमिकतामा राखेर पहिलो दिन पाँच निर्णय गरे

नरैनापुरमा अध्यक्षले पदभार ग्रहण गरेलगत्तै शिक्षालाई विशेष प्राथमिकतामा राखेर पहिलो दिन पाँच निर्णय गरे

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ ९ । बाँकेको नरैनापुर गाउँपालिकामा पुनः विजयी हुनु भएका अध्यक्ष र उपाध्यक्ष लगायतका जनप्रतिनिधिले सोमवार पदभार ग्रहण गर्नुभएको छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव सहित ६ वटै वडाका अध्यक्षले सोमवार पदभार ग्रहण गर्नु भएको हो ।
गाउँपालिका अध्यक्ष शाहले पदभार ग्रहण गर्दै गर्दा ५ निर्णय गराउनु भएको छ। ती निर्णयहरुमा शिक्षालाई विशेष फोकस गरिएको छ । अन्य क्षेत्रमा केही विकास र प्रगति भएपनि शिक्षाको क्षेत्रमा भने अझै धेरै काम गर्न बाँकी रहेकोले शिक्षालाई बढी फोकस गरिएको पुनः निर्वाचित अध्यक्ष शाहले बताउनुभयो । आगामी आर्थिक वर्ष २०७९ । ०८० बाट कार्यान्वयन हुने गरी अध्यक्ष शाहले ५ निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
नरैनापुर गाउँपालिकाको बाँकी रहेका स्थानमा बिधुतिकरण कार्य सम्पन्न गरी प्रत्येक वडाको चौकमा हाइमाष्ट फलड लाइट जडान गर्ने निर्णय अध्यक्ष शाहले गराउनुभएको छ ।

यस्तै नरैनापुर १ महतानियामा ३ करोडको लागतमा माध्यमिक विद्यालय निर्माण गर्ने, गाउँपालिका अध्यक्षको पारिश्रमिकबाट हरेक बर्ष एसईई मा सबै भन्दा उत्कृष्ट जीपिए ल्याउने एक बिधार्थीलाई ल्यापटप दिने, जय किसान माविलाई क्याम्पस बनाउने, हरेक माध्यमिक विद्यालयलाई एक एक वटा बस प्रदान गर्ने निर्णय पहिलो दिन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिनुभयो ।
पदभार ग्रहणका क्रममा केही अहम निर्णय गरिएको र ती निर्णय आगामी आर्थिक वर्षदेखि कार्यान्वय हुने जनाउँदै अध्यक्ष शाहले गरिएका निर्णय कार्यान्वयन गराउन विशेष ध्यान दिने पनि बताउनुभयो । उहाँले अघिल्लो कार्यकालमा पुरा गर्न नसकेका कामलाई यस पटक पुरा गर्ने र विकास निर्माण र गाउँपालिकाले दिने सेवा सुविधामा कुनेपनि भेदभाव नगरिने प्रतिवद्धता जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *