नेपालगञ्जपाटी समाचार
नरैनापुर, बाँके, असार ११ । बाँके नरैनापुर गाउँपालिका क्षेत्रबाट राप्तीसोनारी लैजाँदै गरेको ३३ बोरा युरिया मल ईलाका प्रहरी कार्यालय नरैनापुरले बरामद गरेको छ ।
गएराति १०ः३० बजेको समयमा नरैनापुर गाउँपालिका वडा नं ४ बाट भे १ त ६६८७ को ट्याक्टरबाट राप्तीसोनारी गाउँपालिका वडा नं ४ तिर लैजाँदै गरेको अवस्थामा प्रहरीले मल बरामद गरेको जनाएको छ । नरैनापुर भारतीय सिमाना संग जोडिएकोले त्यस क्षेत्रबाट मल तस्करी भइरहेको सूचनाको आधारमा कारवाही गर्दा ३३ बोरा मल बरामद भएको हो ।
मल तस्करी भइरहेको सूचनाको आधारमा कारवाही गर्दा ठूलो परिमाणमा मल बरामद भएको हो ।
बरामद भएको मल र ट्याक्टर आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
मल दिन सरकार असक्षम भए पछी उत्पन्न भएको परिस्थिती । लाचार सरकारका लाचार सुरक्षाकर्मी ।