४ जेष्ठ २०८२, शनिबार

बाँके क्षेत्र नम्बर २ का सांसद ईश्तियाक राई तेस्रो पटक मन्त्रीमा सिफारिस, आजै सपथ ग्रहण

बाँके क्षेत्र नम्बर २ का सांसद ईश्तियाक राई तेस्रो पटक मन्त्रीमा सिफारिस, आजै सपथ ग्रहण

सिराज खान
नेपालगञ्ज, असार २० । बाँके क्षेत्र नम्बर २ का संघीय सांसद तथा विकासप्रेमी युवा नेता मोहम्मद ईश्तियाक राई एक पटक पुनः मन्त्रीका लागि सिफारिस हुनु भएको छ । जनता समाजवादी पार्टीले आफ्नो पार्टीका तीन जना मन्त्रीलाई फिर्ता बोलाएर राई लगायत तीन जनालाई मन्त्रीका लागि सिफारिस गरेको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतवार प्रधानमन्त्री शेर बहादुर देउवासंग भेट गरि मन्त्री हेरफेर गर्ने बारे छलफल गरेर फर्किए लगत्तै तीन जना मन्त्रीको नाम लिस्ट लिएर बाँकेका सांसद राईले नै प्रधानमन्त्रीलाई बुझाएर आउनु भएको थियो । यसअघि दुई पटक मन्त्री भैसक्नु भएका राईले श्रम तथा यातायात र सहरी विकास मन्त्रालय चलाई सक्नु भएको छ । यस पटक उहाँलाई अतिनै महत्वपुर्ण मानिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गरिएको छ ।


यसैगरि सांसदहरु प्रदिप यादव र मृगेन्द्रसिंह यादवलाई पनि मन्त्रीमा सिफरिस गरिएको जसपाले जनाएको छ । सोमवार विहान राष्टपति कार्यालयमा सिफारिस गरिएका मन्त्रीहरुलाई बोलाईएको जानकारी सरकार सम्बद्ध उच्च श्रोतले दिएको छ । उक्त श्रोतका अनुसार सम्भवतः सोमवार विहानै नत्र दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको सपथ ग्रहण हुनेछ ।
पुर्व श्रम तथा सहरी विकास मन्त्री राई यस पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा सिफारिस हुनु भएकोले उहाँको कार्यकालमा बाँके जिल्ला मात्र नभई देशले नै विकासमा प्रगति गर्ने निश्चित रहेको अधिकांश बाँकेवासीको धारणा छ ।
बाँके जिल्लाले फेरी एक पटक मन्त्री पाएकोमा विशेषगरि क्षेत्र नम्बर २ का विकास निर्माण अतिनै तिव्र गतिमा हुने सम्भावना बढेको छ । हाल नेकपा माओवादी केन्द्रबाट महेश्वर गहतराज अथक खेलकुद तथा युवा मन्त्री हुनुहुन्छ भने राईले सपथ लिएपछि जिल्लाले केन्द्र सरकारमा दुई जना मन्त्री पाउने छ । नेपाली काँग्रेसका युवा नेता सुरेन्द्र बहादुर हमाल लुम्बिनी प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
4
+1
1
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *