१८ बैशाख २०८१, मंगलवार

मोहर्रमको अवसरमा भेरी अस्पतालका विरामीलाई फलफुल तथा पौष्टिक सामाग्री वितरण

मोहर्रमको अवसरमा भेरी अस्पतालका विरामीलाई फलफुल तथा पौष्टिक सामाग्री वितरण

समाचारदाता
नेपालगञ्ज, साउन २५ । हिजरी सम्बत १४४४ मोहर्रमको अवसरमा मुस्लिम समुदायका युवाहरुको तर्फबाट नेपालगञजस्थित भेरी अस्पतालमा फलफुल तथा पौष्टिक सामाग्री बितरण गरिएको छ।
भेरी अस्पतालको जनरल वार्ड, जेष्ठ नागरिक वार्ड, इमर्जेन्सी र गाईनो वार्ड गरि १५० जना भन्दा बढी बिरामीलाई फलफुल, पानी, ग्लुकोज ड्राई फ्रुट, फ्रुटी लगायतका सामाग्री वितरण गरिएको वितरण गर्ने समुहका युवा शाहिल अन्सारीले बताउनुभयो।

सो बितरण कार्यक्रममा भेरी अस्पताल बिकास समितिका सद्स्य कृष्ण प्रसाद श्रेष्ठ, समाजसेवी हाजी मोहम्म्द आसिफ अन्सारी, अधिकारकर्मी रचना श्रेष्ठ, युवा नेता इरफान अलि अरसद, विद्यार्थी नेता मोहम्मद सोएब अन्सारी, ईमरान जसगढ, अभियन्ता ईबरार खान, युवा नेता मोहम्म्द साजिद खान, अभियन्ता मोहम्मद असरफ सिद्दिकी अन्ना, युवा अभियन्ता समिर अलि बेहना, साबान शाह, नईम अन्सारी लगायतको उपस्थिति रहेको पनि अन्सारीले बताउनुभयो ।
सो कार्यमा संलग्न युवाहरुले स्वस्फुर्त रुपमा आपसमै रकम संकलन गरेर १५० जना भन्दा बढी विपन्न र असहाय विरामीलाई फलफुल तथा पौष्टिक सामाग्री बितरण गरेका हुन् ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *